बार्सिलोनामा सबै मख्ख !
● रमेश कँडेल / ब्रुग्गे, बेल्जियम
एन आर एन यसपाली चौधबुँदे निर्णय गरेर मख्ख
सातवटा दीप प्रज्वलन गरेर आयोजक मख्ख
+++++++++++++++++
पाहुना नेता समयमा सम्बिधान बनाउने भन्दै मख्ख
धनि नेताहरु दोहोरो नागरिकता चाहिने भन्दै मख्ख
+++++++++++++++++
चितवने नेताहरु छिमेकमा योजना लान पाउँदा मख्ख
बागमतीमा बँगैचा बनाउनेहरु उधारो दान बोलेर मख्ख
+++++++++++++++++
कोहि महिला आश्रयस्थल बनाउने योजनामा मख्ख
कोहि भवन निर्माण,सामुहिक लगानीको गफले मख्ख
+++++++++++++++++
कोहि युरो काँग्रेसलाई मिलाउन पाइयो भन्दै मख्ख
कोहि समुन्द्री किनारमा बियर चियर्स गरेर मख्ख
+++++++++++++++++
वेबसाइट पाँचहजारले हेरेकोमा पत्रकारहरु त्यसै मख्ख
कोहि फ्रिमा चारतारे होटेलको स्वाद लिन पाएकोमा मख्ख
+++++++++++++++++
कोहि नेताहरुसँग कुम जोडेर फोटो खिच्न पाएकोमा मख्ख
खादा ओढ्न पाएकोमा यहाँ-उहाँ सबै मख्ख
+++++++++++++++++
साधारण सदस्य नेताहरुलाई भेलामा पठाएरै मख्ख
पशुपतिको जात्रा सिध्राको ब्यापारले कोहि त्यसै मख्ख
+++++++++++++++++
एन आर एनले सबैलाई मख्खै पार्दै गर्दा ,
‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात!’ भन्दै हामीहरु पनि मख्ख ।।





