एन आर एन युरोपेली भेलमा नेपालप्लसको बिरोध गर्नासात समर्थनमा चर्काचर्की
एन आर एनको युरोप स्तरिय भेलामा आयोजकहरुलेनै नेपाल प्लस र मेरो बिरोध गरेका रहेछन् । बिरोध गर्नेमा एन आर एन युरोपका संयोजक अर्जुन श्रेष्ठ र उपसंयोजक सोम सापकोटा थिए । त्यसमा अँ अँ गर्दै एन आर एन संरक्षक राम प्रताप थापाले समर्थन जनाएका थिए । तर थापाले केहि बोलेका थिएनन् । हिजो नेपालप्लस डट कममा प्रकाशित “एन आर एन युरोपेली भेला, आयोजक देशनै जानकारि बिहिन” शिर्षकको समाचारको बिरोध उनीहरुले गरेका थिए । समाचारमा यो भेलामा निम्ता गरिएका मध्ये भिसाकालागि सिफारिस गरिएका केहि ब्यक्तिको नाममा आपत्ती रहेको उल्लेख थियो । आपत्ती एन आर एन युरोपेली भेला आयोजक देशकै प्रतिनिधीले गरेको उल्लेख थियो । समाचार लेखन स्पेनमै रहेका नेपालपल्सका सहयोगि पत्रकारले गरेका थिए । कार्यक्रममा उपस्थितिका लागि सिफारिस गरिएकाको सूची नेपालप्लसले प्रकाशित गरेको थियो । समाचारमा ति सिफारिस मध्ये केहि भिसाका लागि र केहि कार्यक्रमकालागि भन्ने स्पष्ठ तरिकालेनै उल्लेख थियो । तर त्यसलाई तोडमोड गरेर भेलाका आयोजकले अन्य एन आर एन हस्तीलाई सिफारिस गरिएका भनेर लेखिएका सबैको नाम भिसाका लागि भन्ने समाचारमा उल्लेख छ भन्दै सुनाएका थिए । आयोजकले त्यसो भन्दा कुरै नबुझि र समाचार राम्रोसित केलाएर नपढी अँ अँ गरेका थिए एन अर एनका केहि हस्तीहरुले ।
हलमा नेपलप्लस डट कम र यसका मुख्य सञ्चालक ददि सापकोटाको बिरोध गरेपछि स्पेनका पत्रकार जगन्नाथ डाँडाकटेरीले जुरुक्क उठेर नेपालप्लस र ददि सापकोटाको समर्थन गरेका थिए । त्यसको साथै उनले हिजो प्रकाशित समाचारको समर्थन गर्दै एन आर एनले भेलामा निम्ता गरेर भिसा सिफारिस गरेका ब्यक्तिहरुको संस्था, पद र हैसियत सहित प्रस्ट पार्न आग्रह गरेका थिए ।
यो भेलामा जो जसलाई भिसा सिफारिस गरिएको थियो तिनको बिस्त्रित जानकारि दिन भेला शुरुहुनु भन्दा दुई दिन अगाडिनै अर्जुन श्रेष्ठ र सोम सापकोटालाई ईमेल मार्फत आग्रह गरेको थियो नेपालप्लस डट कमले । तर त्यसको जवाफ उनीहरुले अहिलेसम्म दिएका छैनन् । यसबाट भिसाका लागि सिफारिस गरिएकाहरुको बारेमा जानकरि दिन नचाहेको प्रस्ट हुन्छ ।
नेपालप्लसले दुई दिन अघि सूचना मागेको ईमेल
Namaste Arjunji , Somji
This is Dadi sapkota, I am requesting you to provide me the details of the invitees coming from Nepal. I was in contact with a member of NRN Spain, EU regional conference organising committee but he requested me to contact you.
I would like to have the list of the invitees and their organisation and status !!
This is to write the news.
I need it as soon as possible.
Thanks for the sopport
एन आर एन युरोपका संयोजक अर्जुन श्रेष्ठले यस अघि बेल्जियममा भएको एसेन्टा मेलाका नाममा सोझासाझा नेपालीहरुसित चर्को रकम असुलेर ल्याएको र ति नेपाली युरोपमै फरार भएका समाचारहरु आएका थिए । पछि उनले त्यसका बारेमा विश्वाशिलो खण्डन गर्न सकेका थिएनन् । त्यो समाचारलाई नेपालप्लसले प्रथमिकताकासाथ बाहिर ल्याएको थियो । त्यहि बेलादेखि उनले नेपालप्लससित दुराग्रह राख्दै आएका छन् । बेल्जियममा नेपालप्लसका सञ्चालकमाथि गुण्डाहरु लगाएर भएको आक्रमण प्रयासमापनि अर्जुन श्रेष्ठको संलग्नता रहेको आरोप सहितको समाचार बाहिर आएको थियो । ति सबै समाचारहरु यसै समाचारको अन्तमा गएर हेर्नुस् ।
आयोजकले जतिसुकै हुँकार गरेपनि नेपालप्लस त्यसबाट कत्तिपनि बिचलित हुन्न । बरु यसका अन्य पक्षहरु खोतलेर सार्वजनिक गर्ने छ । भेलाका बारेमा मागिएका सूचना र जानकारिहरु सबैका अगाडि सार्वजनिक गर्न आग्रह गर्दछ ।
एसेन्टा मेलामा कसरि पैसा भिसा सिफारिस गरियो तलका लिंक हेर्नुस्
अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार
एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)




