एन आर एन युरोपेली भेला, आयोजक देशनै जानकारि बिहिन

देबेन्द्र कार्की / स्पेन 

NRN-299x300यहि जुन ७ र आठमा स्पेनको बार्सिलोनामा एन आर एन युरोपेली क्षेत्रिय भेला हुँदै छ । तर यहि भेलमा आयोजक देशले फाईदा पाउनु, लिनुपर्ने त कता कता आयोजक देशलाईनै के के हुँदै छ भन्ने पूर्ण जानकारि छैन । आयोजकहरुले अहिलेसम्म धेरै कुरा सार्वजनिक गरेका छैनन् । त्यसैगरि यो भेलामा निम्त्याइएका मध्ये केहि ब्यक्तिका बारेमा एन आर एन स्पेनका सदस्यहरु सहमत नभएको स्रोतले बतायो । यस्ता भेलाका नाममा आफन्तहरु बोलाउने, पैसा खाएर भिसाको सिफारिस गर्ने र कार्यक्रम सक्किएपछि ति ब्यक्ति युरोपमै फरार हुने गरेका छन् । त्यसले संस्थाको बदनाम हुने गरेको गुनासो सुनिँदै आएको छ ।

एन आर एन स्पेनको स्रोतका अनुसार हालसम्म करिब तिन दर्जन ब्यक्तिहरुलाई सिफारिस गरिएको छ । ति मध्ये केहि भिसाकालागि सिफारिस छन् । केहि कार्यक्रमका लागि मात्रै हो । तर ति भिसाकालागि सिफारिस गरिएकाहरु मध्ये केहि नाम कुन संस्थाका हुन् भन्ने स्पष्ठ छैन । सिफारिस गर्दापनि कसैका परिवार समेतलाई गरिएको छ । एन आर एन स्पेनले भिसाका लागि एक्लो निर्णय गर्न पाएको थिएन । एन आर एन युरोप कमिटीले जसजसलाई सिफारिस गर्न भनेर निर्देशन दियो तिनलाई सिफारिस गरेको छ । भिसा सिफारिस गरिएका ब्यक्तिको नाम तल हेर्नुस् । ति नाम मध्ये कतिपयमा एन आर एन स्पेनको आपत्ति रहेको स्रोतले बतायो । 

एन आर एन स्पेनले भिसाको सिफारिसका लागि आएका नाममा आपत्ती जनाउँदा भिसाका लागि सिफारिस गरिएका ब्यक्तिहरु भेलामा आएर भिसाको अवधि सक्किएपछि नफर्किएमा एन आर एन स्पेन जिम्मेवार नहुने भन्दै एन आर एन युरोप कमिटीले आश्वस्त पारेको थियो । त्यसपछि एन आर एन स्पेनले युरोप कमिटीको सिफारिस अनुसार निमन्त्रणा पत्र लेखेर दिएको हो । ‘एन आर एन युरोप कमिटीले यो यो मानिसलाई सिफारिस दिनु भनेर जसजसको नाम पठाए तिनलाइ हामीले सिफारिस दियौं, केहि मानिसको बारेमा कन्फर्म नभएकाले सार्वजनिक गर्न मिल्दैन भने, हामीले सोधपुछ गर्दा’ आफ्नो नाम सार्वजनिक गर्न नचाहने एन आर एन स्पेनका एक सदस्यले भने ।

देशका मुख्य सञ्चार संस्थाहरुलाई उनीहरुले निम्ता गरेपनि हवाई भाडा तिरिदिनुपर्ने शर्त राखेपछि कान्तिपुर, राष्ट्रिय समाचार समिति, नागरिक न्युज जस्ता मेडियाको सहभागिता नहुने भएको छ । तर ठूला मेडियाले आफैंले खर्च गरेर आउँन आवश्यक नदेखेको यस भेलामा किन सानातिना एफ एम खासै प्रभाव नभएका समाचार संस्था आउन खोजे ? किन त्यस्ता मेडियालाई सिफारिस गरियो ?  स्पष्ठ छैन।

नेपाल र नेपालीसित संवन्धित स्पेनमा रहेका क्षेत्रिय, राजनितिक, जनजाति र अन्य सामाजिक संस्थाहरुको बिचमा के के समस्या छन् । तिनलाई कसरि पहिचान गरेर निराकरण गर्ने भन्ने विषयमा छलफल गर्न जनसंपर्क समिति स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाको अध्यक्षतामा एक उपसमितिनै बनेको छ । स्पेनमा रहेका अन्य संस्थाका अध्यक्षहरु सदस्य छन् त्यो उपसमितिका । यो अधिबेशनमा परराष्ट्र मन्त्री वा परराष्ट्र सचिव आउने प्रचार गरिएकाले ति समक्ष स्पेनका नेपालीका साझा समस्याहरु लिखित रुपमा राख्ने योजना उपसमितिको थियो । तर यो युरोपेली क्षेत्रिय भेलामा परराष्ट्र मन्त्री र सचिव दुबै नआउने भएपछि स्पेनबासी नेपालीहरुलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने भएको छ । समग्र एन आर एनका लागि भने यो फलदायी हुन सक्छ की ?

‘हामी आयोजक देश पर्यौं। यो कार्यक्रम सफल पार्न भनेर यत्रो भेला आयोजना गर्न यहाँका संस्था, साथीहरु हामी सबै खट्छौं । हामा समस्या त समाधान हुनुपर्यो नी । कम्तिमा हाम्रा साझा समस्या लिखित रुपमा राख्ने अवशर र हामी आयोजकलाई हुनु पर्छ । तर जसले समस्या समाधान गर्न सक्छन् ति दुबै नआउने भएपछि स्पेनबासी त हिस्स हुने भैहाल्यौनीं नी’ एन आर एन स्पेनका सल्लाहकार गोपाल रेग्मीले भने ‘ नेपालका मिडियामा एन आर एन को स्पेनमा हुने क्षेत्रिय बैठकमा हुने बहसका एजेन्डा सार्बजनिक हुने तर यहाँ केके एजेन्डाहरुमा छलफल हुने भन्ने औपचारिक जानकारी पाउनबाट कार्यसमिति तथा बिभिन्न तयारी  समितिका सदस्यहरुलाइ बन्चित गराईएको छ यो भेलामा । धेरै के आशा गर्नु ?।’

यत्रो युरोप स्तरिय भेलामा नेपालका मन्त्रीले त पत्याएनन् वा भ्याएनन् होला । सचिवपनि किन उपस्थित हुन नसकेका ? एन आर एन युरोप समितिको असक्षमता हो वा सरकारले एन आर एन युरोप कमिटीलाई हेर्ने तरिकाले गर्दा ? स्पेनबासी नेपालीहरुले प्रश्न गरिरहेका छन् ।

एन आर एन स्पेनका प्रतिनिधीहरुलाईनै यो भेलामा के के हुँदै छ भन्नेमा पूर्णरुपमा जानकारि नदिनुको कारण के हो बुझ्न सकेका छैनन् । ‘केहि कुरा निर्णय नभएकोले भन्न मिल्दैन भन्छन् । यो कुरा माथिबाट आउँछ’ भनेर पन्छिएपछि हामीले के गर्ने ? एन आर एन स्पेनको कमिटिका एक सदस्यले भने । निम्ता गरिएका ब्यक्तिहरुका बारेमा एन आर एन स्पेनका पदाधिकारीहरु सन्तुस्ट हुन नसकेपछि एन आर एन युरोप संयोजक अर्जुन श्रेष्ठ सित सिधा सोधपुछ गर्ने योजना बनाएका थिए एन आर एन स्पेनका कार्यकारी सदस्यहरुले । आवश्यक विषयहरुमा कहिले छलफल हुने र कहिले स्पेन आएर तिनलाई समाधान गर्ने भन्ने निस्चित नगरि श्रेस्ठले आफू कार्यक्रम हुने अघिल्लो दिन जुन ६ मा मात्रै बार्सिलोना आइपुग्ने बताएर पछिएको ति सदस्यले आरोप लगाए । 

भाषण लेख्न पत्रकारजति बार्सिलोनामा

गैह्र आवसिय नेपालीको यूरोप स्तरिय कुम्भ मेलाको लागि गैह्र आवसिय नेताहरुले भाषण ठोक्नुपर्छ । त्यसैले अरुको भन्दा तगडा, मिठो, हुनुपर्‍यो । अरुको भन्दा झुर भए कमजोर देखिने। आफैंले लेख्न त धेरैले जान्दैनन् । अनि के गर्ने ? दाम मात्रै भएरपनि हुन्न । गफ जति हानेपनि चट्ट मिलाएर लेख्न गाह्रो। अनि भाषण लगायत ,घोषणा पत्र तयारी गर्दिन गोजिका पत्रकार बनाएका हुन्छन् । हो तिनै पत्रकारहरु सबै आजै बार्सिलोनमा पुगेको स्रोतले बताएको छ !!!!

एन आर एन युरोप कमिटीले सिफारिस गरेका नामावली

1. TEK BAHADUR KARKI AND FAMILY (UAE )

2. YADAV PRASAD BHATTARAI (NEPAL – REF. EKRAJ GIRI / SOM SAPKOTA )

3. HOM PRASAD LAMSAL (NEPAL- REF. SANDIP MOHAN )

4. BISHWA KANTA MAINALI ( ADVISOR- NEPAL )

5.KUSH KUMAR JOSHI ( NEPAL )

6. YANGESH RAJ PANDIT (NEPAL -REF. KUMAR PANTA )

7. BHABAN BHATTA ( JAPAN )

8. RAM PRATAP THAPA 8( GERMANY )

9. RAMILA NEUPANE ( NEPAL -REF. ARJUN SHRESTHA JI )

10- INDRA BAN ( AUSTRALIA- PATRON NRNA )

11. RANJU THAPA ( AUSTRALIA -SECRETARY NRNA

12. GOVINDA PRASAD GAUTAM  ( RUSSIA-ICC MEMBER )

13. MAHESH KUMAR KHADKA ( G.S. , NRNA RUSSIA )

14. MINISTER FOR FOREIGN AFFAIRS, NEPAL

15  PRAKASH ARYAL ( NRNA ROMANIA )

16.  DHARMA RAJ BHUSAL (NEPAL, REF. RAJESH RANA- ONLINEKHABAR.COM )

17.  PAWAN RAJ PAUDEL ( NEPAL,REF. ARJUN SHRESTHA  JI )

18.  MANIRAJ GAUTAM ( NEPAL, REF. ARJUN SHRESTHA  JI )

19. NETRA PRASAD PARAJULI  ( REF. ARJUN SHRESTHA JI )

20. NAVARAJ SHARMA (NEPAL, REF. ARJUN SHRESTHA JI )

21.MAHESH RAJ DAHAL ( NEPAL,REF. ARJUN SHRESTHA  JI )

22. KARUNA KUMARI KANDEL POKHREL ( NEPAL,REF. ARJUN SHRESTHA JI )

23. SHIVA PRASAD LAMSAL (NEPAL, REF. SOM  SAPKOTA JI- SECRETAYR GENERAL PRESS UNION )

24. KUMAR DAHAL KHATRI ( NEPALREF.SOM SAPKOTA JI – RADIO NEPAL MERO SANDESH )

25. LAXMAN HUMAGAI (NEPAL, REF..SOM SAPKOTA JI – RADIO NEPAL MERO SANDESH)

26. MINA TIWARI GHIMIRE (NEPAL, REF. SOM SAPKOTA JI SOLIDARITY NEPAL )

27. BASANTA KUMAR KARMACHARYA ( REF. ARJUN SHRESTHA JI )

28. BIRESH DAHAL (BAHAREIN, ULTO CYCLIST REF. SOM SAPKOTA )

29-  BAJINDRA MAHARA ( BAHAREIN, ULTO CYCLIST, REF. SOM SAPKOTA )

30. BARUN ADHIKARI (BAHAREIN, ULTO CYCLIST, REF. SOM SAPKOTA )

31. SHAMBHU POKHAREL ( NEPAL, REF. ARJUN SHRESTHA & DEEPAK KHAREL )

32. SAROJ DAHAL ( NEPAL , REF. ARJUN SHRESTHA )

33. EK NARAYAN CHAPAGAIN ( NRNA RUSSIA )

34. GOVINDA PRASAD ACHARYA ( NRNA RUSSIA )

35.  RAJESH RANA ( NEPAL, ED, NRNA ) 

नेपालप्लसका तर्फबाट थप

स्मरण रहोस्, यस्ता भेला र सम्मेलनमा आयोजकहरुले आफू निकटका ब्यक्तिहरुलाई भिसाको सिफारिस गरेर कार्यक्रम सकिएपछि यतै राख्ने । भिसा सिफारिस गरेर दाम कमाउने र संस्थालाई बेइज्जती गर्ने गर्दै आएका छन् । यस्ता सम्मेलन कतिपयकालागि कमाउको माध्यम बन्ने गरेका छन् । एन आर एन युरोप संयोजक अर्जुन श्रेष्ठनै प्रमुख रहेर बेल्जियममा आयोजना गरिएको एसेन्टा मेलामा त्यसैगरि थुप्रै नेपालीसित लाखौं लिएर बेल्जियम ल्याइएको थियो । त्यसपछि ति नेपाली कोहि मेलामै नगई विमानस्थलबाटै फरार भएका थिए । अहिले फेरि भिसा सिफारिस गरिएका ब्यक्तिको संस्थागत आबद्दता सार्वजनिक नगरिए त्यसै गरि नेपालीहरुसित दाम लिएर युरोप छिराएको भन्ने आरोपको जिम्मेवारी लिनुपर्ने हुन सक्छ ।

एसेन्टा मेलामा कसरि पैसा भिसा सिफारिस गरियो तलका लिंक हेर्नुस्

मानव तस्करीमा महासंघका महारथी 

अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार 

एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित) 

बेल्जियमको अन्तर्राष्ट्रिय मेलामा भ्रस्टाचार, ठगि वा मानव ओसारपसारबारे नेपालप्लसको प्रश्न र संयोजकको जवाफ 

एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास

तपाइँको प्रतिक्रिया