खुट्टाले सुन्छन हात्तीहरु !

asian-elephants-nepal-nepalplus-1.jpgददिराम सापकोटा

  नाकको काम के ? सुँघ्ने। कानको काम ? सुन्ने। त्यसैगरि खुट्टाको काम हिँड्ने। तर खुट्टाले सुन्ने काम गर्छ भनेर कसैले भन्यो भने तपाई पत्याउनु हुन्छ ? पत्याउनुस की नपत्याउनुस नाङ्ला भन्दा बडेमाका कान हुँदाहुँदैपनि हात्तीहरु खुट्टाले सुन्छन। कसरि सुन्छन हातीहरु खुट्टाले  हात्तीहरुले खुट्टा धसारेर जमिनमा कम्पन गराउँछन। यो कम्पन ३२ किमी टाढासम्म संचार हुन्छ। हात्तीहरुले खासगरि शत्रु नजिक पर्दा खुट्टा बजार्ने , धसार्ने गर्छन। टाढाका हात्तीले जमीनमा आएको भूइँचालो आवाज खुट्टामा स्पर्श भएर थाह पाउँछन। अर्थात ति आवाज हात्तीका खुट्टामा ठोक्किन्छन। यस्ता कम्पन हात्तीले प्रतिद्वन्दीलाई खबरदारी गर्न , एक्लोले जोडी खोज्न पानी आहारा भएको ठाउँको संकेत गर्न प्रयोग गर्छन।  

बैज्ञानीक अध्ययन अनुसार हात्तीले अर्को वथान आइपुग्नु अगाडी खुट्टाको माध्यमले जमिनमा अती ध्यान दिन्छन। asian-elephants-nepal-nepalplus-2.jpgकहिलेकाहीँ आफ्नो तौल अगाडीतिर ढल्काउने कहिलेकाहीँ जमिन माथितिर खुट्टा उचाल्ने गर्छन। हातीले खुट्टा धसारेर, कान फट्फटाएर, जमिन बजारेर निकाल्ने आवाज २० हर्जको गतीमा फैलिन्छ जुन मानव कानले सुन्न मुश्किल पर्छ। यि आवाजहरु १६ किमी टाढासम्म प्रशारित हुन सक्छन। शत्रु तर्साउन, प्रतिद्वन्दिलाई लखेट्न निकालिएका देखावटी आक्रमण (muck charge) चाहिँ ३२ किमी टाढासम्म। आकासिएर जाने आवाज चाहि उपयुक्त अवस्थामा १० किमी टाढासम्म पुग्छ (*1)    

यहि कारणले होला खासगरि वर्षायाममा जंगली मत्ता भालेहरु चितवन राष्टृय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पोथीभएको ठाउँ आइपुग्नु अगावै भाले हात्तीहरुले थाहा पाउँछन। त्यस्ता जंगली भाले प्रजनन केन्द्रमा आउनु अगाडिनै प्रजनन केन्द्रका पाल्तु भाले कराउने, असंयमित बन्ने, बाँधेको डोरी चुँडालेर फुत्किन खोज्ने गरेको पाइएको छ।  बैज्ञानिकहरुका अनुसार हात्तीको खुट्टा सुँडमा संबेदनशील दबित स्नायूहरु (pressure sensitive nerve)हुन्छन। यिनले टाढाको कम्पनलाई पत्ता लगाउँछन (*2)  

asian-elephants-nepal-nepalplus-3.jpgअनुसन्धानकर्मीहरुका अनुसार हात्तीको खुट्टामा पासिनियन (pascinian) सुँडमा मेइसनर कर्पुसेलेस (Meissner Corpuseles) भनिने विशेष खाले सचेतक ( Sensor ) हुन्छन जसले कम्पनलाई ठम्याउने काम गर्छन। पासिनियन कर्पुसिलेस एउटा प्याज जस्तो हुन्छ। जब यसको बाहिरी आवरण कम्पनको प्रतिउत्तरमा बदली हुन्छ तब यो बदलीले स्नायूलाई उच्च पार्छ। यसरि यसले दिमागमा खबर पठाउँछ। हात्तीले मात्र होइन अन्य धेरै जनावरकापनि यसरिनै शरिरको कुनै अंगले जमिनमा ठोकेर भूकम्पिय आकाशीय कम्पन उत्पन्न गराउँछन। यो सामान्य हो जनावरहरुमा।  

यो भूकम्पिय वातावरणले हात्तीको संरक्षणमा ठूलो सहयोग पुग्छ। संरक्षणवादीहरुलाई नीति नियम बनाउन यसले मद्दत गर्छ। बाटोघाटो बनाउँदा, उद्दोग धन्दाहरु खोल्दा, निकुञ्ज, प्राकृतिक आरक्षहरु स्थापना गर्दा हात्तीले कति टाढासम्म कहाँ कहाँसम्म संचार गर्छन भन्ने पहिचान गर्न सके तिनको वासस्थान जोगाउन अन्य संरक्षणका कार्य गर्न सकिन्छ। वन्यजन्तु शिकारीहरुको चहलपहल कहाँसम्म निगरनी गर्नुपर्छ भन्ने ज्ञान मिल्छ कुन समय कुन क्षेत्रमा हिडडुल गर्न हुन्न भन्ने संकेत पाइन्छ। यसो गर्न सके हातीबाट हुने मानविय क्षतीलाई कम गर्न सकिन्छ।

संदर्भ सूची: 

-(*1) ( Elephant may “talk” via vibrations, John Roach,  National Geographic News, Joly 08, 2002)  (*2) ( Elephants “Hear” warnings with their Feet, Study confirms, John, Roach, National Geographic News, February 16, 2006) )

तपाइँको प्रतिक्रिया