तगडा गित गाउने निरोगी

44529106_songsparrow13तपाई कत्तिको गाउनुहुन्छ गित ? कोइलीको जस्तो स्वर भन्छन् । त्यस्तै नभएपनि चल्छ । तर कर्कलाको पातमा सुसु गरे जस्तै छ स्वर भने त होस गरे हुन्छ-तपाई रोगी पर्नु भो रे । वैज्ञानिकहरु त्यसै भन्छन् । मानिसमा खोइ कत्तीको लागू हुन्छ कुन्नी । चराहरुमा भने बेस्सरी हुने रहेछ । वैज्ञानिकहरुको भनाईमा चराले धेरै गित गाउन सक्नु राम्रो स्वास्थ्यको संकेत हो ।

अनुसन्धानबाट पत्ता लागेअनुसार जुन भाले भँगेराले ठूलो स्वरमा गित गाउँछ उसको दिमाख ठूलो हुन्छ । रोग निरोधक क्षमता बढि तगडा हुन्छ । मधुरो स्वरमा गित गाउनेको भन्दा समग्ररुपमा शरिरको बनावटपनि राम्रोहुन्छ । भाले चराले जति धेरै थरीका गित गाउन सक्यो पोथीहरु उतिनै तिसँग आकर्षित हुन्छन् र दिर्घकालसम्म सँगै बस्छन् भनेर बैज्ञानिकहरुले धेरै पहिलेदेखिनै अनुमान गर्दै आएका हुन् । जटिल तरिकाले गित गाउने भालेहरुले प्रजनन कालमा कमजोरले भन्दा छिटो पोथी भेट्टाउँछन् भन्ने तथ्य त निकै पहिले सार्वजनिक भएको हो।

 

लामो समयसम्म भाका फेरि फेरि गित गाउने भालेहरुले पोथीहरुलाई बढि सन्तुष्ट बनाउन सक्छन् सायद । तिनले बचेराको अझ उत्क्रिष्ठ तरिकाले हेरचाह गर्न सक्छन् । वासस्थानको रेखदेख जस्ता प्रत्यक्ष फाईदा दिन सक्छन् । त्यस्ता भाले स्वस्थ हुनाले बचेरमापनि स्वस्थ जिननै स्थानान्तरण हुन्छ । बैज्ञानिकहरुले यो पत्ता लगाउन ७० वटा भाले भँगेराका ५०० जति गितको विष्लेषण गरेका थिए ।

 

तिनले गाएका गितलाई ति भालेको शारिरिक अवस्थासँग तिनको गितको जटिलता (कम्प्लेस्सिटी) सँग दाँजेर अध्ययन गरेका थिए । तिनमा भएको जिनको विविधतापनि कति छ भनेर दाँजिएको थियो । त्यसैगरि, तिनमा भएको रोग निरोधक क्षमतापनि अध्ययनका क्रममा विश्लेषण गरिएको थियो । तिनले चराको एचभिओसी भनिने चराले गित गाउँदा भूमिका खेल्ने मुख्य भागपनि नापेर हेरेका थिए जुन चाहि चराको मगज (ब्रेन) मा हुन्छ।

त्यसरि हेर्दा के पत्ता लाग्यो भने धेरै गित गाउनेको एच भीसी ठूलो हुने रहेछ । निरोधक क्षमतापनि बढि तगडा। रगतमा हुने सेता कोषहरु र राता कोषहरुको अनुपातका आधारमा । ति सेता कोषले किटाणु (बग्स) मार्ने काम गर्छन् भने राता कोषहरुले  शरिरमा प्राणवायु (अक्सिजन) सञ्चार गर्छन् । स्वस्थ चराहरुको शरिरमा सेतो कोषको मात्रा रातोको तुलनामा बढि पाइएको थियो । बैज्ञानिकहरुले के पनि पाए भने गितमा एकदम धेरै बिभिन्नता भएका भालेहरुमा जिनको विविधतापनि बढि ।

 

बैज्ञानिकहरुले के पनि पाए भने गितमा एकदम धेरै बिभिन्नता भएका भालेहरुमा जिनको विविधतापनि बढि थियो । यो अध्ययन गर्ने मध्येका एक क्यानडाको वेस्टन ओन्टारियो विश्व बिद्दालयका प्राध्यापक पे फफका अनुसार भिन्न तरिकाले गित गाउने भालेहरु प्रजनन कालमा बढि यौनिक हुने र पोथीहरुले त्यस्तै भाले बढि रुचाउने रहेछन् ।

 

मुजुरको पुच्छर एकदम लामो हुने कारणपनि त्यहि हो भन्ने तर्क उनको रहेछ । धेरै प्रजातीका पोथीले गित लामो र बिबिध तरिकाले गाउने भाले खोज्ने रहेछन् । राम्ररी आहारा खाना नपाएका बचेराहरु साना, कमजोर र तिनको मगज (ब्रेन) पनि कम विकसित हुने रहेछ । आहारा खाने, शत्रु पत्ता लगाउने र आहारा खान सिक्ने तरिकाको मुख्य अंग स्नायु कोषपनि गित लामो भाकामा गाउन सक्ने भालेहरुको उच्च कोटीको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । विकासको क्रममा समस्यामा परेका वा राम्ररी हुर्किन नपाएका भालेहरुमा भने दिमाख (ब्रेन) सायद सानो हुन्छ ।

तपाइँको प्रतिक्रिया