बच्चा पिठ्युँमा बोकेर बाघलाई हराउने भालु

tiger-bear-fight1

सन् २०११ मा पुरस्कार जितेको तस्विर हो यो । भारतका आदित्य सिंको वाईल्डलाईफ फोटोग्राफीमा यो तस्विरले पुरस्कार जितेको थियो । भारतको रान्थाम्बोर बाघ आरक्षभित्र सन् २०११ को अप्रिल ०९ का दिन बाघ र भालुको लडाई परिरहेका बेला उनले यि दुई तस्विर लिएका थिए । यो भालुको पछिल्ल्तिर दुई वटा बच्चा थिए । राम्रोसित हेर्नुस् त पछाडी बोकिरहेको देखिन्छ ।

भालुसित जम्काभेट हुनासाथ बाघले झम्टियो । सायद बच्चा देखेर कमजोर पो ठान्यो कि बाघले । बाघ, भालु, चितुवा, हात्ती जस्ता जनावरले एक अर्को निकट पर्दा तर्किने, बाटो छोडिदिने गर्छन् । एक अर्काबिच टाढै रहन्छन् । तर यहाँ भालुका छाउरा भएकाले होला उसले बाटो छोडिन । त्यसपछि बाघले झम्टियो ।

bear-tiger-fisht-

भालुपनि के कम ? उसलेपनि आफ्नो अडान लिईरहि । अनि दुईबिच लडाई भयो । युवा अवस्थामा रहेको बाघलेपनि सायद यस अघि यस्तो आक्रमण ब्यहोरेको अनुभव थिएन कि ? करिब दुई मिनेट जति रिसाएर कराउने, गर्जिने र चिथोरचाथर गरेपछि बाघ आफैं हारेर बाटो लाग्यो । छाउरा पिठ्युँमा बोकेकी भालुले लडाई जिती । यि तस्विरले सेन्चुरी वाईल्डलाईफ फोटोग्राफी भन्ने २०११ को पुरस्कार जितेका हुन् ।

तपाइँको प्रतिक्रिया