“समाजसेवा र राजनितिलाई सँगसँगै लान सकिन्छ ?” सापकोटा

sita-sapkota-belgium

राजनिति र समाजसेवामा चासो राख्ने युरोपका धेरै नेपाली बिच परिचित नाम हो, बेल्जियम निवासी सीता सापकोटा । त्यसो त, नेपाली कांग्रेसका उच्च नेता कोहि युरोप आए भने सम्झिने र खोज्ने थोरै नाम मध्येपनि एक हो सीता सापकोटा । राजनिति यसैपनि कठिन काम । समाज सेवा अर्को कठिन यात्रा । तर यि दुबै कठिन कामलाई एकैसाथ लैजान सफल नारीपनि हुन् उनी । चौध वर्षकी किशोरी हुँदै कांग्रेसका विशाल सभामा तिखो स्वर र धारावाहिक प्रस्तुतीमा भाषण ठोकेर निकै प्रशंसा कमाएकि सापकोटा नेपालमै सभासद, मन्त्री बन्ने र कांग्रेसकै राजनितिमा जम्ने प्रशस्त अवशर थिए । तर अन्य धेरै नेपालीझैं उनीपनि युरोप भासिईन् । तरपनि कांग्रेसको राजनिति छोडिनन् । र चितवन ट्र्ष्ट भन्ने संस्था खोलेर सयौंलाई सामाजिक सेवा दिईरहेकि छन् । यस्ता दुबै कठिन कामलाई सफलतापूर्वक अगाडि बढाउन सक्ने कर्मठ महिलाबाट धेरैले केहि पाठ सिक्न सक्छन् । नेपालप्लसले उनीसित उनको राजनितिक धारणा, युरो कंग्रेसको बिबाद र उनको सामाजिक कामका बारेमा हाकाहाकी प्रश्न राख्दा उनीपनि त्यहि रुपमा प्रस्तुत भईन् । 

सीताजी तपाई सामाजसेवी कि राजनितिक कार्यकर्ता ?

सही मानेमा राजनीति नै समाजसेवा हो । समाजसेवामा रूची नराख्ने मानिस राजनीतिमा पनि सफल हुँदैन । मेरो सवालमा म राजनीति मार्फत समाजको सेवा गर्न चाहान्छु र मलाइ लाग्छ म त्यहि गरिरहेकी छु ।

समाज सेवामा बढि सफलता देखिएपनि किन राजनितिमा बधि सक्रियता देखिएको ?

म १४ वर्षको उमेर देखि नेपाली काँग्रेसको सिध्दान्त बोकेर विध्यार्थी राजनीतिमा होमीएकी हूँ । ०४४ सालमा म लक्ष्मी माविको नेविसँघ अध्यक्ष भएर काम गरेँ । ०४६ को जन आन्दोलनमा बर्बर यातना भोग्दै ०४८ को आम निर्वाचनमा बूथमा काँग्रेसको प्रतिनीधि हुँदै गर्दा बिपक्षीहरूबाट मरणासन्न हुने गरि कुटपीट खानुपर्यो । त्यहि वर्ष बिरेन्द्र क्याम्पसको नेविसँघ उपाध्यक्ष भएर काम गरेँ । ०५० सालमा नेविसँघ चितवनको जिल्ला सचिव भएँ । ०५४ मा तरूण दल चितवनको जिल्ला उपाध्यक्ष भएँ । ०६४ मा तरूण दल केन्द्रिय समिति महिला परिचालन समितिको उपप्रमूख रहेँ । बेल्जियममा रहँदा पनि म नेपाली काँग्रेसकै राजनीतिमा सकृय रहेको कुरा विदितै छ । राजनीतिका साथसाथै परोपकार र मानवीय सेवाको काममा पनि सक्दो रूपमा लागिरहेको छु । समाजसेवा पवित्र कार्य भएको र यसमा बिनास्वार्थ सेवामा लाग्दा त्यति बाधा अड्चन नहुने हुँदा म बढी समाजसेवी जस्तो देखिएको हूँ । मेरो सकृयता राजनीतिमा पनि उत्तिकै रूपमा छ तर राजनीतिमा बढी छलकपट र खुट्टा तानने प्रवृत्ति हुने हुँदा त्यस्तो देखिएको हुन सक्दछ ।

Sita-Sapkota-2समाजसेवीहरुले त समाजसेवा मात्रै गरे हुन्न ? राजनितिमा नलागिकन ?

समाजको नेतृत्व यो वा त्यो रूपमा राजनीतिले नै गर्दछ । देशको राजनीति सुध्रियो भने सबै कुरा सुध्रिएर जान्छ । त्यसैले एकजना सचेत समाजसेवीले राजनीतिको पनि हेक्का राख्न अत्यन्त जरूरी छ । धर्म कमाउनको लागि गरिने समाजसेवाको प्रसँग बेग्लै छ ।

बिदेशमा बस्नुहुन्छ । यहि बस्नु, काम गर्नु र यहि जुध्नु छ । तर राजनिति उता नेपालको गरेर के पाउनुहुन्छ ? वा केका लागि गर्नुहुन्छ ?

मानिस चेतना र विवेकबाट सञ्चालित प्राणी हो । उ जहाँ गए पनि उसको चेतना,बिचार र निष्ठामा फरक पर्दैन । हामीले बिदेशमा कुनै पदको लोभ वा आर्थिक लाभको लागि होइन कि आफ्नो बिचार र निष्ठाको लागि राजनीति गर्ने हो । विश्वको जुनसुकै कुनामा पुगे पनि मानिसले आफ्नो निष्ठा र विस्वास त्याग्न सक्दैन । यसरी नै बुझ्नुहोस ।

बिदेशमा पनि त दुख पाएका नेपाली छन् नी । आफू बसेकै देशको राजनितिक दलमा लागेर जित्ने र उच्च ओहदामा पुगेर यहाँका नेपालीको लागि सहयोग गर्ने, नेपालको लागि सहयोग गर्न सक्ने खालको निति बनाउन जोड दिए बढि लाभदायी हुन्न र ?

बिदेशको बसाइँको क्रममा नेपालीहरूको दुखमा सामेल हुने र सहयोग गर्ने कुरामा कुनै कसर बाँकी राखेको छु जस्तो लाग्दैन । क्षमता र परिस्थितिले भ्याएसम्म नेपालीहरूको दुख सुखमा सहभागी भएकै छु ।

sita-sapkota-6

बिदेशीहरुसित प्रतिस्पर्धा गर्न सकिन्न भन्ने लागेर नेपालकै राजनितिमा लरखरिनु भएको होला नी ?

हामी नेपाल देखि नै राजनीति गरिआएका मानिसहरूको ध्ययमा नेपाल नै रहन्छ । हामीले नेपाललाइ नै केहि गर्नुपर्छ भन्ने लाग्छ । यहाँ हामीबाट त्यति ठूलो योगदान दिन सकिन्छ जस्तो लाग्दैन । केहि साथीहरू यहाँ पनि स्थानीय राजनीतिमा लाग्नु भएको छ । हामीले उहाँहरूलाइ सहयोग र समर्थन गर्नु पर्दछ ।

सामाजिक सेवा गर्ने । लोकतन्त्र, प्रजातन्त्रका लागि काम गर्ने भन्नुहुन्छ । तर बेल्जियममा त तपाईकै कांग्रेस पार्टीमा सधैं भाँडभैलो हुन्छ । त्यति थोरै नेपालीहरु भएको ठाउँमा त सुधार्न सक्नुहुन्न भने नेपालकै राजनिति सुधार्छु भन्नु कति औचित्यपूर्ण होला ?

बेल्जियममा भाँडभैलो छ भन्ने कुरा नै सत्य होइन । यहाँ खासगरि नेपाली काँग्रेसका बीचमा केहि मतभेदहरू नरहेका भने होइनन् । तर ती मतभेदले विधीसम्मत ढँगले निकास पाइसकेका छन् । निर्वाचित समिति जिम्मेवार ढँगले अगाडी बढेको देखिएको छ । यहाँ केहि प्रवृत्तिहरू छन् जो अरूलाइ सिध्याउने र एक्लै हाली मुहाली गर्ने काममा मात्र रातदिन दत्तचित्त रहन्छ । त्यहि प्रवृत्तिले बेल्जियमको समाज नै बिथोलिएको जस्तो देखिएको हो । समय क्रमसँगै त्यो प्रवृत्ति क्रमश कमजोर बन्दै गएको छ । बेल्जियमको समाजबाट धेरै राम्रा कामहरू भएका छन् । हामीले त्यो पाटोलाइ बिर्सनु हुँदैन ।

sita-sapkota-5तपाई आफैं एक खेलाडी हो भन्ने सुनिन्छ युरोपमा नेपाली कांग्रेस पार्टीको । कत्तिको खेल खेल्नुहुन्छ कांग्रेसको राजनितिमा ? 

म नेपाली काँग्रेसको सिध्दान्त र आदर्शबाट अभिप्रेरित छु । मैले काँग्रेसको सिध्दान्त, परम्परा र मूल्य मान्यतमा कसैसँग सम्झौता गर्दिन । ब्यक्ति ब्यक्ति सँग डील गरेर साध्य नहुनाले सँगठन चाहिने हो । सँगठन भन्ने बित्तिकै विधि, विधान र पददतिको कुरा अनिवार्य हुन्छ । मैले रजनीतिमा सहमति, सहअस्तित्व र सहकार्यमा विस्वास राख्दछु भने सँगठन बिधि विधान र पध्दतिमा चल्नुपर्दछ भन्ने मेरो मान्यता छ । काँग्रेस सँस्कृति र परम्परा विरूध्द एकलौटिकरणमा विस्वास राख्नेहरूले मेरो यो कुरालाइ नरूचाएका हुन सक्दछन । प्रजातान्त्रीक मूल्य र मान्यताको लागि म सकृय छु ।  तर खेलाडी भन्ने कुरा होइन ।

यो युरो कांग्रेस भनेको के हो ? केकालागि हो ? किन खोलिएको हो ? स्पष्ठसित बताइदिनुस् न ।

नेपालीहरूको बसोवास भएका देशहरूमा जनसम्पर्क समितिहरू गठन भैसके पश्चात यसको अस्तित्व स्वत समाप्त भएको हो । नेपाली काँग्रेसले त्यसै कारणले त्यो समितिलाइ विधानमा राख्न जरूरी ठानेन । तर केहि साथीहरू आफ्नो ब्यक्तिगत मनोकाँक्षा पूरा गर्नका लागि यसलाइ बारम्बार दुरूपयोग गरिरहेका छन । २००६ सालमा ६ महिनामा अधिवेशन गर्ने गरि बनाइएको तदर्थ समितिले ९ वर्ष हुँदा समेत अधिवेशन गर्ने जाँगर देखाएन । काँग्रेसले यो सँगठनलाइ चिन्दैन । युरोपमा पनि वैधानिक निरन्तरता रहेन । यस्तो अवस्थामा फेरि यसैको नाममा सकृय हुनु भनेको ब्यक्तिको कुत्सित मनोकाँक्षालाइ बल पुर्याउनु हो । विवादित अवस्था र बैधानिकताको सँकटका कारण नै नेदर्ल्याण्डमा हुने भनिएको भेलामा कुनै पनि केन्द्रिय नेताहरू उपस्थित हुन नसक्ने जानकारी प्राप्त भएको छ । नेपाली काँग्रेसको सम्वन्धित बिभाग जनसम्पर्क समन्वय विभागले त गत वर्ष नै सबै समितिहरूलाइ पत्राचार गरेर यसका कृयाकलापहरूलाइ अमान्य घोषित गरिने जनाइसकेको छ । कथँकदाचित कुनै नेता उपस्थित हुनुभयो भने जनसम्पर्क समिति होल्याण्डको साधारण सभाको लागि मात्र उपस्थित हुनुहुने छ ।

sita-sapkota-4

यो दुई थरी कांग्रेसका बिचमा भएको बिबाद के हो ?

विधि, विधान, पध्दति र मूल्य मान्यताको कुरा हो । बेल्जियममा ५ वर्षमा अधिवेशन भयो । जर्मनीमा ७ वर्षमा पहिलो अधिवेशन भएको थियो । सँगठनलाइ सबैको बनाउने भन्ने र एकलौटिकरण गर्ने बीचको द्वन्दव हो । यो धेरै समय रहँदैन । युरोपका सबैजसो देशहरूले विधिको बाटो अँगालीसकेका छन् । अब विधिको बाटो नअँगाल्ने संरचनाहरू कित खारेज हुन्छन् अथवा बिघटित हुन्छन ।

कांग्रेस एक हो, दुई थरी छैन, गूट छैन भनेपनि छ नी ! देउवा गूट र कोइराला गूट भन्ने छ होइन ? युरोपमा यि गूटबिचको भिन्नता के हो ?

त्यो ब्यक्तिगत सम्वन्ध र पहूँचको कुरा हो । युरोपमा यो गुट र त्यो गुट भन्ने छैन । कसै कसैले नेताहरूको निकटताको कारणले धक्कू लाउने र फाइदा लिने काम त जुन पाटीमा पनि हुन्छ । मेरो लागि सबै नेता उत्तिकै आदरणीय हुनुहुन्छ ।

नेदरल्याण्ड्समा राखिएको भनेको युरो कांग्रेस भेला के हो ? केका लागि हो ?

मैले बुझे अनुसार युरोपका सबै देशका जनसम्पर्क समितिहरू भेला भएर युरोपीयन संरचनाको बारमे नयाँ शिराबाट बिचार बिमर्ष गर्ने उद्देस्यले जनसम्पर्क समिति होल्याण्डले आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर यो कार्यक्रम राखेको थियो । हामीलाइ पहिलो जानकारी पनि त्यसै गरि आएको थियो तर पछि त्यसमा छिर्के खेल्ने काम युरोप काँग्रेसको नामबाट भएको हो । होल्याण्डले गर्न लागेको कार्यक्रमबाट हामी पनि उत्साहित थियौं । तर पछि त्यसमा पानी फेर्ने काम भयो ।

कांग्रेसलेनै राखेको भेलामा किन तपाईहरुले बिरोध गर्नु भएको ? अर्कै गूटले राख्या भनेर होइन ?

मानिस जम्मा पार्दैमा त्यो कार्यक्रम भैहाल्दैन । नेपाली काँग्रेस केन्द्रले त्यो हाम्रो कार्यक्रम हो भन्छ भने मात्र त्यो काँग्रसको कार्यक्रम हुन्छ । अन्यथा त्यो केहि ब्यक्तिहरूको जमघट हो । जम्मा हुन्छन,भा षण गर्छन सुन्छन र फर्किन्छन ।

के गर्दा सबैलाई मान्य हुन्थ्यो त ?

नँ १,  नेपाली काँग्रेस केन्द्रिय समितिले निर्णय गरेर मान्यता दिनुपर्यो ।

नँ २, सबै देशका अध्यक्षहरू पदेन सदस्य रहने गरि युरोपभरी जनसम्पर्क समिति गठन गर्नमा योगदान गरेका कार्यकर्ता छन् । उदाहरणको लागि, युरोपको पहिलो कांग्रेस कार्यकर्ता ध्रुव पौडेल जस्ता ईमान्दार ब्यक्तिमाथि अन्याय भएको छ । बाहिर राख्ने काम भएको छ । नेपालमा नेपाली काँग्रेसमा विशिष्ठ योगदान गरेका र हाल आएर युरोपमा सकृय रहेका साथीहरूलाइ समेटेर नेपाली काँग्रेस केन्द्रीय कार्यालयले अधिवेशन तैयारी समिति बनाउनुपर्यो ।

नँ ३, ६ महिनामा अधिवेशन सम्पन्न गर्ने गरि कार्यतालिका तोकिनु पर्यो ।

युरो कंग्रेसलाई केन्द्रले मान्यता दिएको छ भन्छन् कोहि । कसैले छैन भन्छन् । बास्तविकता के हो ?

मान्यता दिएको होइन । नेपाली काँग्रेसको गत महाधिवेन अगाडि देशीय जनसम्पर्क समितिका साथसाथै यो समितिलाइ पनि मान्यता दिने कि भनेर केन्द्रमा बहस भएको हो । तर लिस्वन र स्पेनमा भएको मनोमानी र अनुचित कार्यका कारण केन्द्रले यसको च्याप्टर बन्द गरेर राष्ट्रीय जनसम्पर्क समितिहरूलाइ मात्र वैधानिक व्यवस्था गरेको हो ।

राजनितिमा लागेर केहि गर्न सकेको देखिएन । हिनताबोध हुन्न कहिलेकाहिँ ?

आस्था र बिचारको लागि सकृय हुन पाएकी छु । म यसैमा सन्तुष्ट छु । म मा हीनताबोध किहल्यै आएन ।

राजनितिमा लागेर के पाउनु भो ? के गुमाउनु भो ?

निष्ठाको लागि राजनीति गर्नेलाइ पाउनु र गुमाउनुमा केहि फरक पर्दैन ।

सधैं राजनितिको झोला बोकेर, बिबाद र बहस गरेर हिँड्दा घर परिवार वाक्क भएका छैनन् ? किचलो हुन्न ?

यस मामलामा म भाग्यमानी भन्नुपर्दछ । मलाइ मेरो श्रीमान र परिवारबाट राजनीति र समाजसेवामा लाग्दा सधैँ प्रोत्साहन, समर्थन र सहयोग पाएको छु ।

किन नेपाल छोडेर बिदेशमा बसेको यस्तो राजनितिक भविष्य भएको ब्यक्ति ? 

यो औशत नेपालीको नीयति हो । देश फर्केर केहि गर्ने योजना छ । समय परिस्थितिको कुरा हो । मानिसले चाहेर मात्र नहुने रहेछ ।

मानिसहरुले आलोचना गर्छन्, महिलालाई झन बढि खेदो खन्छन् । छद्म  भेष र गोप्य रुपमा हैरानी दिन्छन् । यो सबै देख्दा आ….. राजनिति छोडौं कि भनेर हतोत्साहित बनाउन्न ? 

चिनेजानेका मानिसले खोल ओढेर नाना थरि कुरा गर्दा दुख लाग्दो रहेछ । म खुल्ला बहसमा विस्वास गर्ने ब्यक्ति हूँ । लुकी छिपी कुरा काटनेहरू मलाइ मन पर्दैन । म राजनीतिमा विश्राम लिने खालको मानिस पनि होइन । कसले के भन्छ भन्ने कुराले मेरो यत्रामा कुनै अवरोध गर्दैन ।

चितवन ट्रष्टको परिकल्पनाकार हुनुहुन्छ हैन ? यसले थुप्रै सामाजिक सेवा गरेको सुनिन्छ । चितवन ट्रस्ट कस्तो हो छोटकरिमा जानकारि दिनुस् न ।

देशको लागि दुख सुखमा काम अाउन सकियोस भनेर यो सँस्थाको गठन भएको थियो । यहाँ वसोवास गर्ने चितवनवासी सबैको चाहना र सहयोगबाट यो सँस्थाले धेरै काम गरेको छ । म सँस्थापक अध्यक्ष भएता पनि यो सँस्थालाइ यहाँ सम्म ल्याइपुर्याउन चितवनवासी साथीहरूको ठूलो योगदान छ । मैले त नेतृत्व मात्र गरेको थिएँ । अहिले अरू साथीहरू क्रमश नेतृत्वमा हुनुहुन्छ र उहाँहरूले पनि उहि स्पिरिटमा काम गरिरहनुभएको छ ।

कति रकम जम्मा गर्न सफल हुनु भो त ?

अहिले हामीसँग २७ लाख रूपैयाँको अक्षय कोष छ । त्यसबाट स्वस्थ्य क्षेत्र र असहाय बालबालिकालाइ सेवा पुर्याउँदै आएको छ ।

कति र कस्ता मानिसले सेवा पाए ?

२१७ जना मुटु, मृगौला र क्यान्सर रोगीहरूलाइ यो सँस्थाले सहयोग गरिसकेको छ । ३२ जना थालेसिमियाका बिरामीहरूलाइ अहिलेसम्म पनि यो सँस्थाले उपचार गरिरहेको छ ।

आफ्नो तर्फबाट केहि बाँकि छ भन्नु कि ?

सहअस्तित्व, सहमति, सहकार्य र एकताको पक्षमा लाग्नुहुन सबै साथीहरूमा मेरो अनुरोध छ । ब्यक्तिगत प्रभाव र स्वार्थ भन्दा पार्टी र सिद्दान्त माथी हुन्छ भन्ने कुरालाइ मनन गरिदिनुहुन म सबैमा अपील गर्दछु ।

 

तपाइँको प्रतिक्रिया