छ महिनासम्म केहि नखाइ सुतेको सुत्यै कसरि बाँच्छ भालु ?

black-bear-1

वर्षायामभरि ट्वाँट्वाँ कराउने भ्यागुता जाडोयाम लागेपछि कता दम्पट हुन्छन् कता । केहि सुइँको पाइन्न । सुलुल्ल सुलुल्ल हिँड्ने, मान्छे टोक्ने सर्पपनि जाडो लागेपछि कता बेपत्ता हुन्छन् कता । ति कहाँ जान्छन् ? हामीलाई कौतुहलता लाग्छ । वास्तबमा ति कतै गएका हुँदैनन् । हामीले देखेकै ठाउँ वरिपरि जमिनमुनि खुसुक्क पसेर हलचल नगरि बसेका हुन्छन् । ति जमिनमा लुकेर छालाबाट श्वास फेर्छन् । त्यसैलाई भनिन्छ शितनिन्द्राकाल । अंग्रेजीमा हाइबरनेशन। उभयचरहरुका बारेमा त केहि जानकारि आएकै थियो । तर स्तनधारी जिव भालुहरु छ महिनासम्म केहिपनि नकहैइ, नपि इकनै बाँच्छन्। शितनिन्द्रामा बस्छन् भन्ने तथ्य चाहिँ नौलो हो ।

भालुहरुमा उपपाचन संवन्धि प्रक्रिया वा खाध्य पदार्थबाट शरिरको कोषिकामा हुने परिवर्तन (मेटाबोलिक) दर हुन्छ । त्यो शरिरको तापक्रम भन्दापनि कम हुन्छ । त्यसले भालुहरु शितनिन्द्रामा जान्छन् भन्ने तथ्य खोल्छ । अमेरिकाको अलास्कामा असाध्यै जाडो हुन्छ । त्यसो त हाम्रा हिमाली भागमापनि निकै हुन्छ जाडो । यस्ता हिमाली भागका जन्तु असाध्यै जाडो हुँदा कहाँ जान्छन् ? जाडो कसरि काट्छन् भन्ने रहस्य थियो । तर अमेरिकामा पाइने काला भालुहरु (ब्ल्याक बेयर) तिब्र जाडो हुँदा शितनिन्द्रामा बस्छन् भन्ने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । यो अनुसन्धानले हाम्रा हिमाली क्षेत्रका जिवजन्तुको रहस्य पत्ता लगाउन थप मद्दत पुग्न सक्छ ।

अमेरिकाको अलास्कामा पाइने काला भालुहरुको शरिरको तापक्रम जाडोयाममा सालाखाला पाँच दशमलव शुन्य पाँच डिग्री सेल्सियस (नौ दशमलव नौ डिग्री फरेन्हाईट) को दरले घट्छ । शरिरको तापक्रम त्यति घट्दा के हुन्छ ? उपपाचन प्रक्रियालाई ६५ प्रतिशतका दरले घटाईदिन्छ । शितनिन्द्रामा नगइकन चलायमान रहने दरलाई । तर भालुको शक्ति संचय गर्ने क्षेत्रमा उपपाचन प्रक्रिया त्यो भन्दापनि घट्छ । सामान्यता गर्मी यामको तुलनामा २५ प्रतिशत मात्रै शक्ति संचय गर्ने क्षमता रहन्छ भालुमा ।

यति शक्ति गुमाउँदापनि बाँच्ने कुनैपनि अरु स्तनधारी जिव हालसम्म फेला परेको छैन । भालुको शितनिन्द्राले मानिसलाई के उपयोगिता दिन सक्छ भन्ने प्रश्न उठ्न सक्छ । स्तनधारी जनावरको शितनिन्द्राको ज्ञानले मानवजातिको स्वास्थ्य अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हाँसिल हुनसक्छ । त्यो शंयन्त्रले कसरि काम गर्छ भन्ने थाह पाउनु मानिसको शरिर बिज्ञाकालागि बैज्ञानिक खोजको महत्वपूर्ण पाटो हो ।

black-bear-hibernation-2

काला भालुहरुले जाडो याममा पाँच देखि सात महिना केहिपनि खाँदैनन् । न केहि पिउँछन् । प्राय पौडी खेल्ने यि जिवलाई यो समयमा पौडीको जरुरतपनि पर्दैन । तैपनि ति शितनिन्द्रामा बस्दा न त मांशपेशीको तागत घट्छ नत हड्डीको थुप्रो नै खिईन्छ । अनुसन्धान गर्दा बच्चा पाउनु अघि पोथी भालुको शरिरको तापक्रम धेरै घटेको पाइएन । शित निन्द्राको शुरुमैपनि । तर त्यस्तो चिसोमा जन्मिएका बच्चा बाँचेनन् । बच्चा पाए लगत्तै पोथीको शरिरको तापक्रम भने अन्य भाउ सरह घट्यो ।

पूर्णकालिन शितनिन्द्रामा जानु अघि जाडोले थुरथुर कामेर केहि दिन बिताउने गर्छन् भालुहरु । त्योबेला शरिरको तापक्रम केहि डिग्री घटेको हुन्छ । तर साना जिवहरुले भने हरेक केहि सातामा आफ्नो तापक्रम सामान्य अवस्थामै फर्काउने र पुन : घटाउने गर्छन् । तिनको शरिरमा यो संयन्त्र हुन्छ । प्राय: शितनिन्द्रामा जाने साना जिवहरुको यस्तो हुने गर्छ । तिनले पिसाव फेर्छन् । र पुन चिसोतिर फर्किन्छन् ।

आलास्काका काला भालुहरु शित निन्द्रामा नबसेको बेला मुटुको धड्कन प्रति मिनेट ५५ पटक हुन्छ सालाखाला । तर जाडोयाममा शितनिन्द्रामा जाँदा त्यो घटेर प्रति मिनेट १४ घड्कन हुन्छ । शितनिन्द्रामा बस्दापनि शरिर चाहिँ बेला बेला तन्काउने गर्छन् । र अनियमित चालबाट सिलसिला मिलाएर सुस्तरी चलाउँछन् । सायद यसो गर्दा शक्ति जोगिन्छ कि भन्ने अनुमान गरिएको छ ।

गर्मीयाममा ब्युँझिएपछि सामान्य अवस्थामा फर्किन भालुहरुको पदार्थबाट शरिरको कोषिकामा हुने परिवर्तन प्रक्रियालाई केहि हप्ता लाग्छ । तथ्यांकहरुले के देखाएका छन् भने आधा गतीको उपपाचन संवन्धि प्रक्रियाको दरले अझैपनि भालुको सामान्य बानी ब्यवहार देखाउँछ ।

गिज्लर्स भनिने म्रिगको जातिपनि शित निन्द्रामा जान्छ । शितनिन्द्राबाट ब्युँझिएको आधा साताजति गर्मियामको तुलनामा आधा मात्रै मुटुको धड्कनमा सक्रिय हुन्छ । तर सर्प, भ्यागुता जस्ता उभयचरहरुको शितनिन्द्रामा जाने प्रक्रिया भालुसित मिलेपनि ठ्याक्कै चाहिँ मिल्दैन ।

(ददि सापकोटाको नाममा प्रकाशित यो लेख बेलायतबाट प्रकाशित हुने सत्यतथ्य मासिकको अप्रिल अंकमापनि पढ्न सकिन्छ)

तपाइँको प्रतिक्रिया