परम्परा : केटीनै नदेखि बिहेको तामझाम

सोमना थारु / बेल्जियम

wedding-gone-wrong-photo-co_20120408095350

बाबाको ससुराली अर्थात मामा घर । सानो छँदा सबैको सबै भन्दा मनपर्ने ठाउँ नै मामा घर । सबैले माया गर्ने । मिठो मिठो पनि खान पाउने । खेल्न दौडिन पाउने । आहा मामाघर ! कसैले गाली पनि नगर्ने । नहप्काउने । कति मजाको घर । यसैले मामाघर गैरहन मनपर्थ्यो उसलाई पनि । उसको यो क्रम चलिरह्यो । जेठ असार तिर त झन कति रमाइलो कति ? तराइको गर्मिको समयमा मामा गाउँको नजिकैबाट बग्ने नारायणीको चिसो, सफा र कलकल पानीमा  पौडिँदा त उसलाई स्वर्ग नै पुगे जस्तो हुन्थ्यो अरे  ।

मामाघर जाने क्रम निरन्तर चलिरह्यो । अब त उसको उमेर पनि चन्चले र कुखुरे वैंशतिर लम्किरहेको थियो । गाउँका जमिन्दारका छोराछोरीहरुले साइकिल चढथे । त्यो इच्छा उसलाईपनि लाग्न थाल्यो । तर घरमा मुसा पनि भोकै बस्नुपर्ने अवस्था थियो । तैपनि ऊ बाबाको अगाडि रोयो  करायो । अन्तमा बाबाले ‘ल यसपाली पास भइस भने किनीदिन्छु’ भनेर आश देखायो । पास हुनेमा उसलाई पुरै आत्मविश्वास थियो । किनकी पढाईमा ऊ तिक्ष्ण थियो । परिक्षा पनि सकियो । परिक्षाको नतिजाको दिन ‘बाबालाईपनि विध्यालयमा तपाईंलाईपनि शिक्षकहरुले बोलाएका छन’ भनेर उसले निम्ता दियो । नतिजा आउँदै गर्दा ऊ कक्षामा दोस्रो भएको रहेछ । उसलाई  त पहिलो नै हुन्छु होला जस्तो लागेको थियो । तर थोरै अंकले एक जनाले उछिनेको रहेछ ।

उसले आफ्नो बाबाको शर्त पनि सय प्रतिशत भन्दा बढीले पुरा गरीदियो । फेरी बाबाको अगाडि रोइकराइ गर्यो साइकिलको लागि । अन्तमा घरमा भएको एउटा भेडा उसको  बाबाले बेच्नुभयो । त्यसबाट आएको पैसाले बाबाले गाउँकै जिम्दारको रेली भन्ने साइकिल किनीदिनु भएको थियो । अब त साइकिल पनि भएको र उमेर पनि १५-१६ को कुखुरे भएको हुँदा मामाघर जाने क्रम झन बाक्लिँदै गयो ।

यसरी मामाघर गैरहँदा एक दिन मामाले ख्याल ठट्टा गर्दै भन्नु भयो – भान्जा तपाईंको बिहा यतैबाट गर्ने है । मामाको यो भनाइबाट ऊ लजायो । र उसको मुखबाट ‘धत’ मात्रको शब्द बाहिर आयो । मामाले यसरी जिस्काए पछि मामाघर जाने क्रम अलि समय पातलियो । मामाघर जाने उसको क्रम पातलिए पनि नाता जोडने क्रममा उसका बाबाआमा र मामाहरु बाक्लिएका रहेछन ।

एक दिनको कुरा हो । जेठको महिना थियो । विद्ध्यालयमा बिहानको कक्षा थियो । बिहानको कक्षा भएको हुँदा घर चाँडै आइन्थ्यो । त्यो दिन पनि अरु दिन जस्तै चाँडै पुगियो घर । घर आउँदा त उसको घरभित्र मझघरमा (खाना खाने घर भित्रको ठाउँ) उसको मामा सहित १०-१२ जना पाहुना रहेछन । पलेटी कसेर रक्सी पिउँदै रहेछन अनेक खानाका परिकारका साथमा । उ घर आइपुग्यो भनेर हल्ला खल्ला भयो । मामाले त्यो दिनको जमघटको बारेमा उसलाई  ब्यख्या गर्नु भयो र पाहुनाहरुसँग परिचय गराउनु भयो । फलाना तपाईंको साढू दाई ! ढोग लाग्नुस । फलाना तपाईंको कान्छा ससुरो । ढोग लाग्नुस । फलाना तपाईंको ससुरा ढोग लाग्नुस । क्रमश सबैलाई नाता अनुसार सेवा सलाम र ढोग गर्यो उसले । परिचय सँगसँगै उसले सबैलाई ढोग्नुपर्ने भयो । जसो जसो बाहुन बाजे त्यसै त्यसै स्वाहा । जसो जसो उसको  मामाले भन्नु भयो उसले त्यसै त्यसै उसले गर्यो ।

उसको बिहे त अझै भाको थिएन । आजको यो खानपिनको दिनदेखि उसको हुनेवाली दुलहीको चयन भएको थियो । उसको हुनेवाली दुलहीलाई उसले देखेको थिएन । उसका  अभिभावकहरुले मात्र देखेका थिए । अनि उसलाई केटीको अभिभावकले देखेका र हेरेका थिए । अर्थात केटा र केटीको देखभेट भएको थिएन । अर्थात केटा र केटीलाई थाहपत्ता थिएन कि उनिहरुको विवाहको लेनदेनको सम्झौता हुँदैछ भनेर ।

यो खानपिनको दिनलाई हाम्रो समाजमा घरदेखुवा भनिन्थ्यो । यो औपचारिक खानपिन पछि लेनदेन पक्का भएको मानिन्छ । यो दिन देखि विवाह नहुन्जेलसम्म वर्षको एक पटक केटी पक्षकालाई पहुरा दिनुपर्ने चलन । पहुरा स्वरुप चिचर (अनदिको चामलको भात) पुर्याउनुपर्ने भएको हुँदा प्रत्येक वर्ष पुर्याइयो । प्रत्येक वर्ष पहुरा पुर्याउन जाँदा पनि उसले आफ्नी हुनेवाली पत्नीको अनुहार कहिल्यै देख्ने अवसर पाएको थिएन ।

यसै विचमा मामा गाउको एउटा केटाले उसलाई भन्यो – अरे यार तेरी श्रीमती त दारे छे । दाँत अलिकती बाहिर निस्केको छ यार ।  उसको साथीको त्यो भनाइ उसलाई विश्वास गर्न गार्होभयो । बाबाआमाले हेरी सकेको केटी पक्कै सुन्दरी त होलानी भनेर केटीको तस्बिर उसले आफ्नो मुटुमा सजाएर राखेको थियो । तैपनि त्यो दारे शब्दले उसलाई बेला बेला घोच्न थाल्यो । उसको मनमा लाग्यो । होइन एकचोटी त केटीको  अनुहार हेर्नै पर्छ क्यारे । अहिलेसम्म केही बिग्रेको छैन । यदी साँछिकै दारे रहेछी भने त बिहा पछि त मलाई दारे बुढा भन्लान गाउँलेले । उसको  मनमा चिसो पस्यो । ओहो के गर्ने होला ? अलिक दिन आक्कुल व्याक्कुल भयो ऊ  ।

मामाघर जाने क्रमलाई अझ बाक्लो बनायो उसले । बहाना मामाघर भए पनि भित्रि उदेश्य उसको केटीलाई देख्नु थियो । केटिलाई देख्न भनेर कैयौं पटक उसले  ससुरालीमा पनि खुट्टा टेक्यो । तर उसकी हुनेवाली पत्नी उसलाई देख्यो कि दुलो भित्र कता हो कता लुकी हाल्ने । कहिलेकाहीँ लाग्थ्यो उसलाई, हैन यो केटीले कतै अर्कै केटोसँग सम्बन्ध त गाँसेकी छैन ? उसले जतिसुकै प्रयत्न गर्दापनि केटीलाई  देख्न सकेन । बाबाआमाले नाता जोड्न सामाजिक परम्परा अनुसार समझदारी गरीसकेको कुरा उसले तोडन पनि नमिल्ने । नतोडौं मनले मानेको छैन । साँच्चिकै दारे छ कि भन्ने मनमा चिसो पसेको छ । धन्न ! त्यही वर्ष उसको  बाबाले लमी चलाऊनु भयो । लौ यस वर्ष त बिहा गर्नुपर्यो भनेर । उताबाट जवाफ आयो । यस वर्ष छोरीको उमेर अझै पाको भाको छैन भनेर । यति भएसी केटोले अर्कै सुर गर्यो  ।

(फोटो : द काठमाण्डु पोस्ट)

तपाइँको प्रतिक्रिया