नेपाली कला र संस्कितिकालागि नेदरल्याण्डमा विशाल कार्यक्रम

artist

भन्छन्, देश, समाज र घरबाट टढा भएपछि आँगनको छेउमा उम्रिएको गन्धे झारका फूलपनि आँखा वरिपरि नाच्छन् । लुसे बिरालो र तिखे गोरुको संझनालेपनि सताउँछ । आफ्नो संस्क्रिति, भाषा, साहित्य र कलाले त परदेशिएकाहरुलाई साह्रै पिरोल्छ, गिजोल्छ । अनि त्यस्ता परदेशीहरु आफ्नो भाषा, संस्क्रिति र कलाकालागि भौंतारिन्छन् । खोज्दै हिँड्छन् । केहि समय त्यसबाट टाढिएपछि झन त्यसको महत्व र संरक्षणको खाँचोको बोध हुन्छ । यहि बोध गर्नेहरुको सञ्जाल अन्तर् राष्ट्रिय नेपाली कलाकार समाजले नेपाली कला, संस्क्रिति र साहित्यको प्रवर्धन गर्न, बिदेशमा फैलाउन विशाल कार्यक्रम आयोजना गरेको छ । यहि मार्च २९ र ३० का दिन । नेदरल्याण्डको आम्टरडन शहरमा हुन लागेको यो कार्यक्रम युरोपमा नेपालीले आयोजना गर्ने कार्यक्रमहरु मध्ये एक विशाल हो । 

कलकार समाजले नेपाली भाषा, साहित्य र संस्क्रितिको संरक्षण तथा संवर्धन, कलाकारहरुमा भएको प्रतिभालाई कायम राख्न, थप प्रेरित गर्न र बिदेशमा अझ चिनाउन लागेको हो । नेपाली चलचित्रको उत्थानकालागि दोस्रो इन्सास फिल्म अवार्ड कार्यक्रम समेत राखेको छ । यो सँगै युरोप स्तरिय एकल न्रित्य प्रतियोगितासमेत छ । बिजयीहरुको तत्कालै एक जुरीले निर्णय गर्ने प्रचलन छ । फिल्म सन् २०१३ मा सार्वजनिक भएका फिल्म मध्ये उत्क्रिष्ठलाई आम जनसमूदायको मत र मूल्यांकन समितिको समेत मूल्यांकनका आधारमा छनौट गरिन्छ ।

नेपाली फिल्म क्षेत्रको प्रतिनिधि भएर इनास फिल्म अवार्डमा सहभागी हुन नेपालबाट  निर शाह, उद्धव पौडेल लगायतका नेपाली चलचित्र तथा कला क्षेत्रका अन्य  परिचित व्यक्तित्वहरु आउँदै छन् । युरोपमा बसोबास गर्दै आएका नरेन्द्र थापा, मनिष श्रेष्ठ, सनम बैराग, पार्वती अधिकारी, अजय शेखर प्रधान, सुशिल खड्का, वर्षा खड्का, ध्रुब दत्त, कमला दाहाल, देवु श्रेष्ठ, श्याम श्रेष्ठ लगायतका कलाकारहरु सहबहगि हुँदै छन् । इनास, नेपाली राजदूतावास बेनेलक्स, एनआरएनए क्षेत्रीय समन्वय परिषद युरोप, एनआरएनए नेदरल्यान्डस, जर्मनी लगायतका राष्ट्रिय समितिहरु, नेपाली एकता समाज फ्रान्स, सांस्कृतिक गृह फ्रान्स लगायतका संस्थाहरु आयोजक, सहाअयोजक रहेकालेपनि यसको चर्चा ब्यापक छ । आइतवार नेपाली कला र संस्क्रितिको प्रवर्धनका विषयमा ब्यापक छलफल गरिने कार्यक्रम छ ।

कार्यक्रम हुने मिति : २९-३० मार्च २०१४ 

समय तथा स्थान :

-Kruis Weg 1017, 2131 CR, Hoofddorp, Netherlands. दिनको  १:०० बजे (२९ मार्च २०१४ मा हुने इनास यूरोप क्षेत्रीय बैठक तथा नेपाली कला र सरंस्कृतिक तथा नेपाली चलचित्र प्रवर्धनकलागि चालिनुपर्ने कदमहरुका संवन्धमा अन्तकृया कार्यक्रम)

– Theater De Meerse Raadhuisplein 3, Hoofddorp. बिहान १२ बजे । (दोस्रो इनास चलचित्र अवार्ड तथा युरोपस्तरिय न्रित्य प्रतियोगिता ।)

 

 

तपाइँको प्रतिक्रिया