डाँडा जस्ता ईटालीका हिमाल
● महिन्दो वाईवा / ईटाली
यो इटालीको उत्तरी भागमा पर्ने भाल्ले दि ओस्ताव भन्ने क्षेत्र हो । यहाँ मोन्तेरोजा भन्ने हिमाल निकै प्रख्यात छ । बिशेष गरी स्की खेल्न यहाँ पर्यटकको घुइँचो लाग्ने गर्दछ । डिसेम्बर देखी अप्रिल सम्म यहाँ चाहल पहल निकै बाक्लो हुन्छ । हिमाल त हिमालै हो । हिउँ जमेको नेपाल वा युरोपका हिमाल उस्तै लाग्छन् । तर फरक हुन्छन् । यताका हिमाल भनिएपनि नेपालीकालागि डाँडामा हिउँ जमे जस्तो ।
हाम्रा तिर चार हजार मिटर अग्ला त डाँडानै हुन्छन् । यता भने हिमाल बन्ने रहेछन् । हाम्रा तिरक हिमालमा मनग्गे हिउँ भएपनि स्कीकालागि उति उपयुक्त नहुने । तर यताका हिमालमा स्की (हिम चिप्लेटी) खेल्न ज्यादै उपयुक्त । त्यसैले यता हिम चिप्लेटीमा रमाउने युरोपी आरोहण गर्न भने हाम्रा हिमाल जाने गर्छन् । हाम्रा अग्ला हिमालमा बानी परेका हामीले हेरौं न त ईटालीको मोन्तेरोजा हिमाल वरपरका केही द्रिश्यहरु ।















