साधुको देश झन विश्वकै पढैया

sadhu

भारतलाई धेरै पश्चिमीहरुलेपनि साधुको देश भनेर चिन्छन् । किनभने भारतमा जति साधु अन्यत्र छैनन् । बाटोघाटो, मठमन्दिर जताजतै साधु भेटिन्छन् भारतमा । तर साधुको देश भनेर के भो ? यिनै साधुपनि मज्जाले अध्ययन गर्दा रहेछन् । पढ्दा रहेछन् । विकसित, सबै स्रोत र साधनले सम्पन्न, आर्थिक रुपमा अब्बल भनिएका मुलुकका ‘सभ्य र शिक्षित’ भनिनेलाईपनि उछिनेर साधुको देश भारत विश्वमै सबैभन्दा बढि पढैयामा पर्दो रहेछ । 

सन् २०१३ को जुन महिनामा वर्ड कल्चर इन्डेक्सले गरेको अध्ययन अनुसार भारतीयहरु विश्वमा सबैभन्दा बढि अध्ययन गर्नेमा परेका हुन् । त्यसलाई रसिया बियोन्ड र हेडलाईनले सार्वजनिक गरेको हो । भारतीयहरु साप्ताहिक रुपमा दश घण्टा ४२ मिनेट पढ्ने गर्छन् ।

त्यसो त भारतपछि पढैयाहरुको सूचीमा एशियाकै नागरिकहरु अग्र स्थानमा छन् । भारतपछि थाईल्याण्ड, चिन र फिलिपिन्स पढैयाहरुको सूचीमा छन् । यिनले साप्ताहिक सात घण्टा पढ्छन् । त्यसपछि ताईवानीहरु छन् । यि पाँच घण्टा पढ्छन् । जापानीहरु चार घण्टा, कोरियन तिन घण्टा  पढ्छन् । फ्रान्स र स्विडेलीहरु आठौं स्थानमा छन् । त्यसपछि जर्मन, इटालियाली, स्पेनिस, बेलायती, क्यानेडेलियाली र अमेरिकी छन् । पढैयाहरुको सूचीमा नेपाल कहाँ पर्छ होला ? रिपोर्टमा उल्लेख छैन । त्यसको कारण के भने नेपालीहरु अझैपनि पढ्न समय खर्चिनेमा पर्दैनन् ।

तपाइँको प्रतिक्रिया