क्यामरा देख्दा त चरापनि हुरुक्कै
क्यामरा मन नपराउने मानिस कमै हुन्छन् । वालवालिका, बुढाबुढी, युवायुवती सबै । क्यामराले धेरैलाई आकर्षित बनाउँछ । हुरुक्कै पार्छ । मानिसलाई त पार्नेनै भयो । चराहरुलाईपनि मानिसका थरी थरी क्यामराले हुरुक्कै बनाउँदो रहेछ । राम्रा क्यामरा ठडिएको देखेपछि चरापनि वरिपरि झाडीमा बसेर हेर्ने, मानिसले त्यो क्यामराबाट के गर्दो रहेछ भने नियाल्ने गर्छन् ।
त्यसको कारण के हो भने चराहरुपनि मानिस भन्दा कम उत्सुक हुन्नन् । आफू वरिपरि, छरछिमेकमा के के हुँदै छ भन्ने उत्सुकता चराहरुलाईपनि हुन्छ । आफ्नो वस्तीमा को आयो ? किन आयो ? के गर्दै छ ? कता जान्छ ? यस्ता गतिबिधीको जानकारि राख्न चाहन्छन् चरापनि ।
त्यसो त केहि चरा यस्ता हुन्छन् ति मानविय गतिबिधी वरिपरिनै बस्न रुचाउँछन् । डाङ्रे, चिवे, फिस्टा, सुगा, कार्डिनल, कोकले, धोबिनी चरा मानविय क्रियाकलपा रुचाउनेमा पर्छन् । यि मध्ये केहि जंगल र वस्ति दुबैतिर बस्न रुचाउनेपनि हुन्छन् । मानिसहरुले दखल नपुर्याउने ठाउँका चरा मानिससित झ्याम्मिन्छन् । टाउकैमा चढ्छन् । कुममै ठोक्किन आइपुग्छन् ।
त्यसैले यस्ता चराले कतै क्यामरा देखे त्यहिँ चढ्न आइपुग्छन् । हातले समातेकै बेला आएर नियाल्छन् । जहाँ मानिसले लखेट्ने, मार्ने, धम्क्याउने गर्छन् त्यहाँका चरापनि मानिसबाट परै बस्ने स्वभावका हुन्छन् । कतिपय चराहरुलाई मानिसको यस्तो मनोब्रित्ति र चालचलनको ज्ञान हुन्छ । त्यसैले तिनले मानिसको क्रियाकलाप अनुसार ब्यवहार गर्छन् ।
(यि तस्विर इन्टरनेटबाट लिइएका हुन्)













