दिलशोभाको आमा घर र नेपालमा बिदेशीको अनुभव
आमाघरकी सञ्चालिका दिलशोभाका हातबाट केहि वालवालिका प्रहरीले निकाल्यो । केके न गर्छु भन्ने सरकारले ति वालवालिका लगेर झन गए गुज्रेको संस्थाका पोल्टामा बेवारिसे झैं छोडेर पन्छिएछ । जे होस यो मुद्दाले अहिले राष्ट्रिय बहसको रुप लिएको छ । मलाई भने अलि पर गएर खोतल्न मन लाग्यो । के दिलशोभाको आमा घरमा मात्रै हो न्युनतम मापदण्ड नपुगेको ? मलाई नेपालमा काम गरेका बिदेशीको अनुभव साझेदारी गर्न मन लाग्यो । वालवालिकाकै क्षेत्रमा काम गरेका बिदेशीहरु । तिनलाई हामी एकदम जानेका, अनुभवी, शिक्षित र दिक्षित मान्छौं । त्यसो हो भने नेपालमा काम गरेका, अनुभव लिएका, नेपालीलाई सिकाएका तिनको ज्ञान र अनुभव कस्तो छ त ?
गत नोभेम्बर १८ को साँझ म फिनल्याण्डको हेलसिन्की ओर्लिएँ । भोलीपल्टै फिनल्याण्डकी तार्या इन्हुनेन सित भेटघाट भयो । उनीसित भेट गराउने मेसो मिलाएका थिए, ईटाली निवासी क्रिष्ण सुबेदीले । उनी वालवालिकाको नाममा चर्चित संस्था सिविनमा समाज सेवा गरेकि रहिछिन् । । अनाथ, असहाय, सडकमा छरिएका र बाउ आमाले पढाउन नसकेका वालवालिकालाई पढाउने, सिकाउने सिविनको आश्रयस्थलमै काम गरेकि ।
त्यो बेलाको अनुभव सुनाउँदै उनले नोभेम्बरको १९ का दिन मलाई हेल्सिन्किमा धेरै कुरा सुनाईन् । ‘त्यहाँ वालवालिकालाई अझ अपांग वालवालिकालाई हेपिने रहेछ । कर्मलाई दोष दिने, कमजोर ठान्ने गरिने रहेछ ।’ सिविन जस्तो प्रसिद्द संस्थाको हालत । त्यो सुनाउँदा म मात्रै होइन हेल्सिन्किका बिद्वान मित्र जगन्नाथ काफ्लेपनि सँगै थिए । तार्याले त्यहाँका नेपाली कामदार, कर्मचारीले त्यसरि हेप्ने गरेको सुनाईन् । वालवालिकाहरुलाई जिस्काउने, हेप्ने । हातको पारा लगाएर कर्मको फल भनेर होच्याउने । अपांग वालवालिकाहरुलाई त्यसरि हेपेको देख्दा आफूलाई दुख लागेको उनले बताईन् ‘नेपालमा काम गर्ने वाल ग्रिहहरुको अवस्था हामीले सोचे, आशा गरे अनुसारको मैले देखिन । ‘
त्यहि साँझ हेलसिन्किकै एक विश्व विध्यालयका प्राध्यापकसित भेट भयो । उनी नेपालप्रेमी थिए । नेपालका बुद्दाचार्य र स्वयम्भूको गजुरका विषयमा अनुसन्धान गरेका । त्यहाँको एक विश्व बिध्यालयमा नेपाल र एशियाका विध्यार्थीलाइ छात्रब्रित्ती दिन छानबिनको मुख्य पदमा भएका (उनले नाम नराख्न भनेकाले नराखेको हुँ) । उनलेपनि पनि त्यहाँ वालवालिकालाई हेपिने गरेको सुनाएका थिए । प्राध्यापकले सुनाउँदा त्यहाँका विध्यार्थी निराजन शिरिस (थापा) साक्षी थिए । उनीपनि सिविनमा काम गरेका ब्यक्ति थिए । अन्तर् राष्ट्रिय स्तरकोअंअनिएको बाल संस्थाको त यो हालत रहेछ । भनेपछि नेपालमा वालवालिकाको हालत कस्तो छ अन्य अनाथालयमा ?
नेपालमा असाध्य धेरै वालवालिका सडकमा नारकिय जिवन बिताइरहेको तिनले सुनाएका थिए । त्यति मात्रै होइन, काठमाडौंस्थित फ्रान्सेली सांस्क्रितिक केन्द्रमा काम गर्दा वालवालिकाको क्षेत्र हेरेकि सिल्भि सेल्भाँ स्क्राईबरले त हाकै भनेकि छन्, नेपालमा वालवालिका बेचिन्छन् । त्यो अभिभावककै मिलोमतोमा बेचिन्छन् । बालमन्दिरकै हातबाट बेचिन्छन् । सडकमा भोकभोकै बस्छन् । यौन दुराचारीका चंगुलमा फस्छन् । वालवालिका बेच्दा सरकारी अधिकारीहरुले गोजी भर्छन् । घुस खान्छन् । झन्झटिलो नहोस् भनेर धर्मपुत्रपुत्री बनाउनेलेपनि घूस दिन्छ । वालवालिका जम्मा पारेर मागि खाने बाटो बनाउँछन् । त्यस्ता झमेला, आरोप र अप्ठेरामा उनी आफैंपनि परेको मलाई दुई वर्ष अघि सुनाएकि हुन् । उनका ति अनुभव मेरो किताब ‘त्यो नेपाल’ मापनि उतारिएको छ
समाज कल्याण परिषदकै मिलोमतोमा फत्ते हुन्छ त्यो कुकाम । न्युनतम मापदण्ड पालना गर्ने अनाथालय, ब्रिद्दाश्रम नेपालमा मुश्किलले १० प्रतिशत होलान् । कारवाही गर्ने हिम्मत छ कसैको भने न्युनतम मापदण्ड पालना नगरेका कम्तिमा एक दर्जन अनाथालयको नाम म दिन सक्छु । छ कसैको हिम्मत कारवाही गर्ने ?
सरकारले दिनुपर्ने पानी, बत्ती, सडक, सुरक्षानै दिन नसकेको अवस्थामा सरकारी गैह्र जिम्मेवारीभित्र संघर्ष गरेर चलाइरहेका तिनले पालना गर्न सक्ने कुरै हुन्न । तर कागज र इजाजत पत्र, निगारनी रिपोर्टमा चटक्क पारेर मिलाइएको हुन्छ । मापदण्ड कागजमा मात्रै पुगेको हुन्छ । वालवालिकाको वास्तबिक जिवन, कार्यस्थल, ब्रिद्दाश्रममा हुन्न ।
समाज कल्याण परिषद, निगरानीमा खटिएका कर्मचारी, प्रहरी, सिडियो सापको खल्ति भरेकाको मात्रै न्युनतम मापदण्ड पुरा भएको हुन्छ । ति खल्ति गरम गरेको परिणामले टिकेका छन् । जुन दिन खल्ति गरम गरिन्न त्यो दिनबाट सिडियो सापले फाईलले रातो अक्षर कोर्न थाल्छन् । समाज कल्याण परिषदका कर्मचारी ढाका टोपी पछाडि ढल्काउँदै फाईल बोकेर आश्रममा पुग्छन् । त्यो दिन तिनका आँखाले देखे र भेटे जतिको नकारात्मक मात्रै देख्न थाल्छ । सयमा ९९ प्रतिशत नकारात्मक बुँदा टिपिन्छन् । प्रहरीले गएर दिन दिनै छापा हाल्न थाल्छ यदि प्रहरी कार्यालयका प्रमुख साहेबको खल्ति भर्न छोड्ने हो भने । अहिले नेपालका जति ब्रिद्दा श्रम र वालवालिका केन्द्रले मापदण्ड पुरा गरेको देखिएको छ त्यो कागजमा मात्रै सिमित हो । खल्ति भएकाले पुरा भएको मापदण्ड । गोजी भर्ने मापदण्ड पुरा नगरेका दिन नेपालका ९० प्रतिशत ब्रिद्दाश्रम, अनाथालय मापदण्ड बिपरित दर्ज हुन्छन् ।
दिलशोभाकी छोरी ज्वाइँ अमेरिका बस्छन् । त्यो काम तिनकी छोरीले गर्नुपर्ने हो । उमेर भएकि । जानेकि, बुझेकिले । शिक्षितपनि । तर बुढेसकालमा आर्काको परिवार हेरेर बसेकि छन् दिल शोभा । त्यसैले साह्रै धेरै खेद्दा दायाँबायाँपनि हेर्नुपर्छ । पक्कैपनि कानुनलाई धोती लगाउने जोसुकैलाई कारवाही हुनुपर्छ । त्यो दिलशोभा वा जो सुकै होस् । तर एक्ली दिल शोभा आक्रमणको तारो बन्नुहुन्न । राम्रो काम भन्दैमा कानुन मिचेको क्षम्य मान्नु हुन्न । दिलशोभाले दर्ता नगरि चलाएकोमा, उनले श्रममा खटाएकोमा जति कारवाही गर्नु पर्ने हो त्यति मात्रै भागिदार बनाइनु पर्छ । त्यसमा आफूले गल्ति गरेको स्विअकर गरिसकेकिपनि छन् उनले । तर दिल शोभाका भन्दा सयौं अत्याचार गरिएका, मापदण्ड तोडिएका घटना छन् नेपालमा । त्यो प्रहरी, अन्य प्रशासन र मेडिया हाउसकै वरिपरि सयौं भेटिन्छन् । हो तिनका गतिबिधी बाहिर नआएर, तिनलाई कारवाहीको दायरामा नल्याएर, तिनका समाचारलाई गौण ठानेर एक्लि दिलशोभामाथि किन यति बिघ्न खनिए भन्ने सर्वसाधारणको चासो, चर्चा र दिलशोभा प्रतिको सहानुभुति जायज छ ।
देशबाट टाठा बाठा बाहिर लागिरहेको छन् । पाउने भए नेपालबाट किशोर र वयस्क मात्रै होइन, लौरोले भर दिन सक्ने सम्मका बुढाबुढीको ताँती विकशित भनिएका मुलुकतिर लम्किन्थ्यो । राज्य पुरै जिम्मेवारबिहिन छ । समाजिक सेवाका क्षेत्रमा सरकारको उपस्थिति शुन्य छ । महिला, वालवालिका, ब्रिद्द ब्रिद्दा, अशकतहरुको संख्या बढिरहेको छ । तर सरकारले तिनलाई सामाजिक सुरक्षा दिन सकेको छैन । त्यसैले सडकमा नारकिय जिवन बिताउने धेरै छन् । यस्तो अवस्थामा सामाजिक क्षेत्रमा आफ्ना इच्क्षा, आफ्ना परिवार, आफ्ना खुशि, आफ्ना रमाईला त्यागेर खटिनु चानचुने कुरो होइन । दिलशोभाले आफ्ना निजि आक्षंकाहरु त्यागेर समाजसेवा गरेकि हुन् । चर्चामा आएर आर्थिक सहयोग जुट्नु अगाडिनै त्यो काम थालेकिले उनको शुद्द सामाजिक सेवा साह्रै स्वार्थपूर्ण जस्तो लाग्दैन । त्यो भावनालाई सम्मान गर्नु पर्छ ।
उनी पढेलेखेकि, जाने बुझेकि, कानुन केलाउन सक्ने र शक्तिका भरले प्रशासन खेलाउन सक्ने आमा होइनन् । त्यसैले उनले नजानेरपनि धेरै गल्ति गरेकि हुन सक्छिन् । प्रशासनको खल्ति भर्न प्रयोग गरिने भाषापनि सायद उनी जान्दिनन् । सामाजिक भावना ब्यापक भएका यस्ता समाजसेवीलाइ हतोत्साहित हैन बुझक्कि बनाउने प्रयास प्रशंसनिय हुन्छ । त्यो भावनालेनै समाज सेवामा मानिसलाई उर्जा दिन सकिन्छ । समाजको हितमा हुन्छ । आफ्नो गल्ति स्विकारिसकेकालेपनि दिलशोभाले कतिपय गल्ति कानुन नजानेकाले हुने गएको बुझिन्छ । त्यसैले साह्रै धेरै खेद्दा दायाँबायाँपनि हेर्नु पर्छ । हाम्रा मेडिया यहिँनिर चुकेका छन् ।
साह्रै कठिन र मेहनतले मात्रै कसैको ब्यक्तित्व बनेको हुन्छ । त्यो सिलशोभाकालागि मात्रै लागू हुन्न । दिल शोभा र पत्रकार दुबैकालागि लागू हुन्छ । किनभने दिल शोभाको बारेमा समाचार बनाउने पत्रकारपनि साह्रै दुख, मेहनतले ब्यक्तित्व बनाएका पत्रकार हुन् । साह्रै धेरै जोखिम, चुनौति र धाकधम्की सहेका हुन् । त्यसैले अति मेहनत र कठिन संघर्षले बनेको ब्यक्तित्व बदनाम हुनुहुन्न । त्यसमा पत्रकार स्वयं सतर्क हुनु पर्छ । पत्रकारले सार्वजनिक गरेका समाचारका अधार र विषयहरुलाईपनि मिहिन तरिकाले हेरिनु पर्छ । भावनाका भरमा होइन । गल्ति जसले गरेको होस् त्यो कारवाही दयरामा आउनु पर्छ । आफ्नो गल्ति स्विकारेर सच्चिनु पर्छ ।
प्रकाशन संस्थाले दुरुपयोग गर्यो कि मलाई भनेर पत्रकारस्वयंले ध्यान दिनु उपयुक्त हुन्छ । किनभने कतिपय प्रकाशन ग्रिहका भित्रि इच्क्षा र स्वार्थ बुझ्न नसक्दापनि पत्रकारहरु प्रयोग हुन्छन् । दुरुपयोग गराइन्छन् । दिलशोभाको मामिलामा समग्र रुपमै पत्रकारिताकै शिर पो झुक्छ कि !
नदिउँ जातियताको रंग
दिलशोभाको घटनामा केहि साथीहरुले जातिय रंग दिएको देखियो । उनी नेवार भएकाले । उनी जनजाति भएकाले लेखेको भन्दै । मलाई लाग्छ यो गलत बुझाई हो । दिल शोभाका पक्षमा सबै जाति, सबै क्षेत्रका नेपालीलाई मन दुखेको छ । उनलाई सहयोग गर्नेपनि सबै वर्ग, रंग, जाति, भाषाका थिए । अहिलेपनि छन् । लेख्नेले पनि सायद जातिय रंग दिएको होइन । त्यसैले सत्य र अस्त्य के हो त्यसमा हामी केन्द्रित हुनुपर्छ । मानिसलाई सामाजिक कर्ममा लाग्ने बनाउने प्रयत्न गर्नु पर्छ सामूहिक रुपमै । दिल शोभा वा अन्य जो कोहि होस् सामाजिक कर्म, कसुर, गल्ति र कमजोरी, अपराध भन्ने जातिय रुपमा होइन कि न्यायिक, स्वच्छ र स्वतन्त्ररुपमा हेरिनु पर्छ । अन्याय र अत्याचारलाई अजतिय रुपमा मात्रै हेरिनु हुन्न । जातिय रंग दिनाले झन बिबाद बढाउँछ । झन विषय अन्यत्रै मोडिन्छ । न्यायिक प्रसंगलाई किनारा लगाउँछ ।
यो घटनामा अब सरकार कहिं कतै भाग्न पाउन्न । भाग्न दिनुहुन्न । दिल शोभाका भन्दा धेरै धेरै मापदण्ड नाघिएका, नियम मिचिएका, अपराध क्रियाकलाप हुने, घूसले खल्ति भरेर मापदण्ड कागजमा मात्रै पुरा गर्ने । दिलशोभालाई डाह र इर्ष्याले खेद्न खोज्नेहरुलाई कारवाहीको दायरामा ल्याउने वातावरण बनाउनु पर्छ । यस्ता सामाजिक काममा लागेका, सार्वजनिक महत्वका जिम्मेवारी बहन गरेका ब्यक्ति र तिनको काममा हस्तक्षेप गर्नु अघि सच्चिन दिने, सुधार्ने समय दिने आम प्रचलन हुन्छ । सरकार, प्रशासनले त्यो दियो कि दिएन ? नदिएको भए प्रशासनिक आँखा स्वत : खोटी देखिन्छन् उनको मामिलामा । दिलशोभा कर्मशिल, दयालू, सामाजिक भावनाले प्ररित आमा हुन् । यस्ता समाजसेवी आमाहरुलाई हतोत्साहित गर्ने होइन कमजोरीहरु देखाएर समाजसेवामा उत्साहित गराउनुनु पर्छ । राज्य सामाजिक सेवाका क्षेत्रमा चुकेका बेला समाजसेवीहरु हतोत्साहित नबनुन् !
यो घटना छिटो भन्दा छिटो निमिट्यान्न हुनुपर्छ । सत्य तथ्य सार्वजनिक हुनुपर्छ । सामजसेवी दिल शोभालाई थप यात्रना र दबाबमा त राख्नु हुन्न नै । जसले यो खबर लेख्यो ति पत्रकार पटक्कै गलेका छैनन् । घटनामा देखिएको त्यो अडानलेपनि उनको विश्वशनियताको दाबीलाई अटल राख्ने आधार दिन्छ । त्यसैले लेखेका पत्रकार, मेडिया हाउस र समग्र पत्रकारहरुलाई अन्यौलमा राखिरहनु उचित छैन । यसले धेरैको मन भाँच्न सक्छ । गलत प्रयोग हुन सक्छ । यो घटनाको सत्य तथ्य जति सक्दो चाँडो बाहिर ल्याउन पहल गर्नु जरुरी छ ।




