बत्ती मुनि प्रेम गर्न त चरालाई’नी लाजै
● ददि सापकोटा
पती पत्नी । प्रेमी र प्रेमीका ओछ्यानमा । रमाईलो गर्ने मुड चलीरहेका बेला बत्ती फ्याट्ट बल्यो भने ? दखल गरिदिन्न ? मध्य रातमा जोडीहरु यौनका अनेक क्रियाकलापमा रमाईरहेका छन् । सडक सँगै जोडिएको छ घर वा मूलढोका । भर्याङ छेउमै छ कोठा । एक्कासि उज्यालो पस्यो कोठामा भने मुडनै खराब गरिदिन्छ । वा उज्यालो बत्तीमा यौन क्रिया गर्न मानिस लज्जाउँछन् । कति त आफ्नै यौनाङ्ग हेर्नपनि लज्जाउने हुन्छन् । झन झलमल्लै उज्यालो भएका बेला नाङ्गो बन्दापनि लाजले भुतुक्कै हुन्छन् । खासगरि महिलाहरु । कसरि यौनको आनन्द लिनु ? उज्यालोमा यौन क्रिया गर्न, प्रेमका गतिबिधी मच्चाउन लाज मान्ने त मानिस मात्रै होइन जिवजन्तुपनि लजाउने गर्छन् । प्रकाशमुनि माया पिरती लाउँदा त चराहरुलाईपनि दखल पर्ने रहेछ । बत्तीको उज्यालोले त चराको यौन जिवनमापनि मुड बिगारिदिने रहेछ ।
शहरीकरण बढ्दो छ । जताततै । त्यसैले बत्ती बलिरहेको हुन्छ । त्यसले प्राक्रितिक वासस्थानमा यौन संसर्ग गर्ने चरालाई दखल पार्छ । खसगरि सङ बर्ड भनिने धेरै गित गाउने (गायक चराहरु) चराहरुको यौन क्रियाकलापलाई बढि असर पार्छ । रासायनिक (केमिकल) र ध्वनी प्रदुषणको तुलनामा प्रकाश प्रदुषण (लाईट पोलुसन) अझै तिक्ष्ण हुन्छ । तैपनि यसको प्रभावका बारेमा मानिसको ध्याननै जाँदैन ।
प्रकाश प्रदुषणले चराको प्रजनन् क्रियाकलापको समयमा प्रभाव पारेको हुन्छ । यो प्रभावले चराको संख्यामा कति असर पार्छ भन्ने यकिन भन्न सकिन्न । किनभने यसमा गहिरो अनुसन्धान हुन बाँकिनै छ । तर सडक बत्ती बल्ने छेउछाउको जंगल, बत्ती धेरै बलिरहने क्षेत्रमा बस्ने भाले चराहरुले बत्तीको प्रकाशभन्दा टाढा बस्नेले भन्दा बिहान छिटो गित गाउँछन् । पोथीहरुलेपनि छिटो फूल पार्ने रहेछन् । चिचिल्कोटे (ग्रेट टिट) भनिने चरामा गरिएको अनुसन्धानले के देखायो भने सडक बत्ती नजिक बस्ने पोथीहरुले अन्यत्र बस्ने पोथीले भन्दा सालाखाला साँढे एक दिन छिटो फुल पारे ।
जंगल छेउछाउको सडक बत्ती वरिपरि बस्ने भालेहरु पोथीलाई आकर्षण गर्न बढि सफल देखिए । तिनले एक भन्दा धेरै पोथी फकाउने गरे । त्यसको अर्थ प्रारम्भिक कालमा वा शुरुमा ओगटेको पोथी (त्यस्ता पोथीलाई सामाजिक पोथी भन्छन् । बच्चा जन्माउन र सेक्सकालागि मात्रै नभएर मूलत अधिकांश समय सँगै बस्न, रमाउनकालागि अँगालिने पोथी) बाहेक अरु पोथी सितपनि संसर्ग गर्छन् । अर्थात ब्याडको रुपमा आफ्नो बिज अरु पोथीसितपनि प्रयोग गर्छन् । तर बस्ने चाहिँ पहिलेकै पोथीसित गर्छन् । यसरि दुई तिन तिरका पोथीबाट बच्चा जन्माउँछन् केहि भालेहरु ।
यो तथ्य यस्सो हेर्दा त भालेको लागि फाइदै फाइदा । बढि काम गर्दा मिलेको बोनस जस्तो । ऊ आफ्नी पोथीको आँखा छलेर जति वटीसित लसपस गर्न भ्याउँछ उति मोज गर्छ । उतिनै बंश फैलाउँछ । तर यो समग्र त्यो जातिकै चराको लागि हितकर हो भन्न चाहिँ सकिन्न । त्यस्तो छुस्स छुस्स चहार्दै हिँड्ने भालेकानिम्तिपनि फाइदाजनक नहुन सक्छ । किनभने यो वर्षौं वर्षदेखि चल्दै आएको प्राक्रितिक बानिब्यवहार र क्रमिक विकासमा आधारित छैन । एक्कासि क्रितिम रुपमा देखा परेको स्वभावले त्यो जातिको दिर्घकालिन हित नगर्न सक्छ ।
बरु बिहानै उठेर गित गाउन आउने भालेलाई चर्को मूल्य पर्नसक्छ । बिहान सबेलै उठ्नाले त्यस्ता भाले कम सुत्छन् । ति परभक्षीको मुखमा पर्न सक्ने संभावनापनि बढि हुन्छ । किनकि हिस्रज जिव, चरा खाने जिवहरु एकाबिहानै उठेर शिकार खोज्न लागिसकेका हुन्छन् ।
पोथीहरुले भने एक भन्दा धेरै भालेहरुसित संभोग गर्ने हुनाले आफ्ना बचेराको गूण बढाउने मौका पाउँछन् । किनकि सबल भालेसित संसर्ग गर्दा तिनको गूण बचेरामा सर्छ । भालेको बिर्यले तिनलाई तागत पनि दिन्छ । धेरै भालेसित संसर्ग गर्ने हुनाले तिनले धेरै भालेकै गुण, पौष्टिक तत्व पाउने भए ।
तर यस्ता पोथीहरुले एकाबिहानै उठेर गाउने भालेहरु बढि गुणात्मक, स्तरिय, तगडा, स्वस्थ र बलिया हुन्छन् भन्ने सोच्न सक्छन् । त्यो भ्रम मात्रै पर्न सक्छ पोथीहरुमा । प्रकाश प्रदुषणका कारण पोथीले ठान्ने भालेको गूण र भालेको वास्तविक गूण र स्तरबिच फरक पर्न सक्छ । यसो हुँदा पोथीहरुले न्युन स्तरका भालेहरुसित संसर्गनै गर्न छोड्न सक्छन् । जुन भालेहरु बिहान अलि ढिलो उठेर गाउन थाल्छन् । तर त्यसको मूल्य कति पर्छ भन्ने कुरा यकिन गर्न सजिलो छैन ।






