‘सेक्सी’ सुनाखरी

● ददि सापकोटा

Panorama

कुखुराका भाले । मत्ता हात्ती । वैंश लागेको साँढे । बोका, घोडा कामुक (सेक्सी) हुन्छन् भन्ने त जानेकै हो । देखिन्छ पनि । तर रुखविरुवा, वनस्पती पनि कामुक ? वनस्पती जगतमा धेरै हुन्छन् सेक्सी रुख विरुवाहरु । कामुक प्रजातिहरु । तर सुनाखरी चाहिँ असाध्यै कामुक हुन्छ । चरा जगतमा हामीले देख्ने गरेको भँगेरो जस्तो । तर अचम्म के भने सुनाखरी विरुवा हो । यसले आफ्नै जात अर्को कुनै विरुवालाई आकर्षित गर्नु पर्नेमा किरालाई गर्छ । यसले सेक्स आग्रह (अपिल) का आवाजहरु निकालेर किराहरु आकर्षण गर्छ ।

5660379381_2ab2f60da3_b

सुनाखरीले लैंगिक प्रतारणा र चलाखी (सेक्सुअल ट्रिकरी) गरेर किरा परागसेचनकर्ता (इन्सेक्ट पोलिनेटर) हरुलाई लोभ्याउँछ आफूतिर । अधिकांश फूल फूल्ने विरुवाहरुले परागसेचनकर्ताहरुलाई मिठो फूलको रस चखाएर पुरस्क्रितिक गरिदिन्छन् । आफूलाई भेट्न आएबापत । तर ति मध्ये धेरै सुनाखरीले चलाखी गर्छन् । त्यसरि आकर्षित भएर आउने, पोथी पाएँ भनेर दंग पर्दै आउने किराहरुलाई । केहिले यसलाइ आहारामा धोका (फुड डिसेप्सन) पनि भन्छन् । तिनले आहारा दिन्छु भनेर धोका दिए जस्तो । कसैले किराका धोकेबाज प्रेमीपनि भन्छन् । सुनाखरीहरुले आहाराको वास्ना आउने जस्तो फूल फूलाउँछन् । तर खासमा खान मिल्ने चाहिँ हुँदैन । त्यो किराहरुलाई आकर्षण गरेर झुक्याउन मात्रै हो । बाहिर अत्तर छर्केर, मुसुक्क गर्दै मुस्कान दिएर फकाउने । अनि सर्बाङ पारेर लुटेर भाग्ने महिला जस्तो ।

flying duck orchid caleana 1

त्यस्तै, अरु सुनाखरीहरुले लैंगिक धोका (सेक्सुअल डिसेप्सन) दिने बिधी प्रयोग गर्छन् । तिनले यस्तो खालको फूल फूलाउँछन् त्यो कि त पोथी किरा जस्तो देखिन्छ । कि पोथी किराको जस्तै वासना आउँछ । मूलत : माहुरी वा कमालकुट्टी (वास्प) जस्तो देखिने फूल फूलाउँछन् । त्यो देखेपछि भालेहरु न हुन् । ‘लौ सुन्दर पोथी कुरेर बसेका रहेछन्’ भन्दै लोभिन्छन् । पोथीसित संभोग गर्ने लोभले र्याल काढ्दै हाम्फाल्छन् । त्यससित संभोग गर्न खोज्छन् । यसो गर्दा के हुन्छ ? तिनले थाहानै नपाउनेगरि अन्जानमै तिनको शरिरमा फूलको पराग जुन धुलो (पोलन) हुन्छ त्यो टाँसिन्छ । अर्को सुनाखरीमा त्यस्तै पोथी खोज्दै जाँदा वा फूलको रस चुस्न जाँदा त्यो पराग खस्छ । यसरि तिनले एउटा विरुवामा पोथी खोज्दै हिँड्दा आफू त जिल्लाराम बन्छन् । तर विरुवाहरुका भाले पोथीबिच चाहिँ गर्भ बसालिदिन्छन् ।

flying duck orchid caleana 7

विकासको कोण (इभोलुस्नरी प्रस्पेक्टिभ) बाट हेर्दा लैंगिक रणनिति (सेक्सुअल स्ट्राटेजी) अलिकति छक्कपर्दो छ । रस उपलब्ध गराउने वा आहाराको प्रस्ताव गर्ने सुनाखरीले आहारा खोज्ने परागसेचनकर्ताहरु धेरै खालेलाई आकर्षण गर्न सक्छन् । माहुरी, कमालकुट्टी, झिंगा, कमिला आदि । तर लैंगिक प्रदर्शन (सेक्सुअल डिस्प्ले) चाहिँ एकमात्रै प्रजातिको भालेलाई आकर्षण गर्छ । यसको तात्पर्य के भने पोथी कमालकुट्टी (वास्प) जस्तो देखिने फूलले भाले कमालकुट्टीलाई मात्रै आकर्षित गर्छ । अरु विरुवाहरुलाई होइन ।

त्यसैले यौनाकांक्षा देखाएर डरलाग्दो, तर्साउने र भयजनक तरिकाले आकर्षित गर्न खोज्ने सुनाखरीहरुले संभावित परागसेचनकर्तालाई सिमित गर्छन् । किनभने केहि सुनाखरीले आवाजपनि निकाल्छन् । यसरि तिनले प्रजननका हिसावले घाटा जस्तो देखिन्छ । स्पष्ठ देखिने बिभिन्न खाले बेफाईदा, त्रुटीका बाबजुतपनि लैंगिक ठगी फरक फरक खाले सुनाखरीमा पटक पटक विकास भएको छ । त्यसैले त्यहाँ कुनै न कुनै छनौटपूर्ण लाभ हुनुपर्छ ।

अनुसन्धानदाताहरुले ईटाली र पश्चिमी अष्ट्रेलियामा ३१ प्रजातिका सुनाखरीको समूदायमा परागसेचन रणनितिको भिन्नताबारे अवलोकन गरे । तिनले सुनाखरीमा पाइने पराग (पोलन) को हरेक सुनाखरीबाट झिकेर नापे, जाँचे । जुन अभिष्ट गन्तब्यमा पुगेको पराग थियो त्यसकोपनि परिमाण लिए । एउटै प्रजातिको अर्को सुनाखरीको । तिनले के पाए भने लैंगिक रुपमा धोका पाएको (सेक्सुअली डिसेप्टिभ अर्किड्स) को समूहमा पराग स्थानान्तरण सबलता, सफलता धेरै परागसेचनकर्ता भएका प्रजातिको भन्दा उच्च थियो ।

orchids_mm7607_009_slide-94575b6ae4e3a198d0d393fb53df19dff53c0e41-s6-c30

अर्को शब्दमा भन्नुपर्दा उच्च प्रतिशत पराग जुन लैंगिक रुपमा छलिएका सुनाखरीबाट लिईएको हो वास्तवमा अर्को उहि प्रजातिको सुनाखरिबाट बनाईएको थियो । बहुपरागसेचनकर्ता भएका सुनाखरीको पराग तिनको फूलबाट धेरै लिईएको थियो । बहुपरागसेचनकर्ता भनेको के हो भने एउटै विरुवाको पराग (बिज वा धुलो) शरिरमा अल्झाएर अरुमा परागसेचन गर्ने धेरै किराहरु । तर त्यो पराग मध्ये धेरै हराएको थियो । कि त बाटोमा खसेको थियो । वा गलत प्रजातीको फूलमा खसाईएको थियो ।

यसरि एउटै परागसेचनकर्तासित विशिष्टीकरण हुनु र त्योसित सेक्समा भयजनक वा तर्साउने हुनु एकदेखि अर्को सुनाखरीमा सिधा सम्पर्क भएको देखिन्छ । सिधा रेखा जस्तो । एउटा सुनाखरीको फूलबाट अर्को सुनाखरीको फूलमा सर्दा कम महत्वको पराग ओसारपसारकै क्रममा हराउँछ ।

यो परिणामले के उपलब्ध गराउँछ भने फूल फूल्ने विरुवामा सामान्यिक्रितबाट विशिष्टीक्रित परागसेचन रणनितिबारे क्रमिक विकास बदलिनु (इभोलुस्नरी सिफ्ट) हुन्छ । त्यसले बिज्ञानका विषयमा नयाँ भित्रि जानकारि दिन्छ । सेक्सी सुनाखरीहरु बढि सफल हुन्छन् ।

(यो रिपोर्ट बेलायतबाट प्राकाशित हुने जनवरि महिनाको सत्यतथ्य मासिकमापनि पढ्न सकिन्छ )

तपाइँको प्रतिक्रिया