इटालीको पहाडी क्षेत्रमा नेपाली ‘डन’

Viterbo-Italy-11-Jan-2014 116रोमबाट यता भितेर्बो घुम्न सल्लाह दिए क्रिष्ण सुबेदी र शम्भु घिमिरेले । दुई साताको समय थियो । मैले शम्भु घिमिरेलाई त्यो समयको यात्रा तय गर्ने जिम्मा दिएँ । क्रिष्ण र शम्भु दुबैले भने ‘भितेर्बो जानुस् । त्यहाँ देबेन्द्र अधिकारी छन् । एकदम मज्जा, सिधा, हक्की, मनमा दाग र पाप नभएको । ज्यान दिन्छन् यार । राम्रो ठाउँ छ । पहाडी भेग हो ।’

शम्भुले फेरि भने ‘देबेन्द्र त डन हो के डन यार त्यहाँको ।’

‘हो र ?’ अचम्म लग्यो ।

देबेन्द्रसित सम्पर्क हुन थाल्यो । यस अघि मैले कहिल्यै नचिनेको । कता कता अप्ठेरो लाग्ने । उनले राम केसी दाईलाईपनि साथै आउने मेसो मिलाए । डेढ घण्टाको रेल यात्रामा हामी ओर्लिनासाथ लिन आए देबेन्द्र । उनी यो पहाडी भेगमा एक्ला नेपाली रहेछन् । घुम्न निस्किँदा म उनलाई भन्थें ‘देबेन्द्रजी तपाई डन हो रे यार । तपाईले भनेपछि यहाँ जेपनि हुन्छ रे त । के छ र असम्भव, हामीलाई जस्तो जे चाहिन्छ त्यहि अनुसार मिलाउनुस् त ।

किन डन भनेको उनलाई ? पाखुरा सिमलको रुखको थम्बा जत्रो । बटारिएको पाखुरा । झ्यापुल्ले टाउको । बटारेर हेर्ने आँखा । हान्दिमका हान्दिम लाउने बोली भएर त होइन रहेछ । सामान्य । मुसुमुसु हाँस्ने । रेला गर्ने । जिस्किने । सामान्य कदको मानिस । देबेन्द्रले आफैं भने ‘म एक्लो हो यहाँ नेपाली । त्यहि भएर मलाई डन भनेर जिस्काउँछन् ।’

बिकट जस्तो छ यो भितेर्बो भन्ने ठाउँ । गाडी नभई यहाँ बस्न सकिन्न । सार्वजनिक यातायातका भरमा हिँडेर हुन्न । यहाँ रेल छैन । बस एक दुई घण्टामा बल्लतल्ल एउटा आउँछ । अनि बजार टाढा छ । त्यसैले नेपालीहरु हत्तपत्त यहाँ बस्दैनन् । त्यसैले उनी आफ्नै गाडी चलाउँछन् । यहाँको विश्व बिध्यालयमापनि राम्रोसित चिनिएका । उनले धेरै नेपालीलाई यहाँबाट टाढापनि काम खोजिदिएका रहेछन् । भितेर्बो विश्व बिध्यालयमा पढ्न आउने बिध्यार्थीलाइपनि अल्पसमय, अल्पकालिन काम खोजि खोजि लगाइदिने रहेछन् । गज्जबको छबी रहेछ उनको यो भितेर्बो जिल्ला (कम्युन) मा । यहि प्रभावले गर्दा साथीहरु देबेन्द्रलाई ‘भितेर्बोको नेपाली डन’ भन्दै उचाल्ने, जिस्काउने गर्दा रहेछन् ।

भितेर्बोका अनेक ठाउँहरु घुमाए देबेन्द्रले । भितेर्बोबाट फेरि देबेन्द्र अधिकारीले तार्किनिया समुद्रि किनारको स्टेशनबाट रेल चढाइदिए । त्यहाँबाट म बोलोनिया आइपुग्नु थियो । त्यहाँ चितवनकै मित्र क्रिष्ण सुबेदी पर्खेर बसेका थिए । मोन्तेजे भन्ने डाँडामा बस्दा रहेछन् क्रिष्णजी, चितवनकै रमेश डल्लाकोटी र शम्भु घिमिरेसहित ।

रात पर्यो मोन्तेजे तिर लाग्दा । बाटोमा क्रिष्णजीले अनेक कहानी सुनाउँदै लगे ।

बोलोनिया भनेको त विश्वमै प्रख्यात ठाउँ पो रहेछ । पिजा बोलोनेज, लजानिया बोलोनेज भने जस्ता थुप्रै प्रसिद्द खाना छन् इटालियालीहरुका । हो त्यो खाना, सस् र अचारहरु सबै प्रादुर्भाव गर्ने ठाउँ यहि रहेछ । अनि विश्वकै पहिलो विश्व बिध्यालय स्थापन अभएको ठाउँपनि यहि हो भनेर क्रिष्णले बताए । अहिलेपनि यहाँको विश्व बिध्यालय विश्व प्रसिद्दनै रहेछ ।

मोन्तेजे सानो डाँडो । कता कता दार्जिलिङ जस्तो लाग्ने । सल्लोका रुख देखेपछि पाल्पाको श्रीनगर झैं लाग्ने । कहिलेकाहिँ इलाम जस्तोपनि देखिने । साह्रै नागबेली परेको सडक । ‘यहाँ राम्रोसित ध्यान नदिए हुत्तिन्छ खोल्सोतिर ।

krishna-subedee-shambhu-ghimire-Italy

सर्पझैं बटारिएको सडकमा गाडी हुत्याउँदै साँझ शम्भु, रमेश र क्रिष्णजीको बासमा पुगियो । यस्सो गफगाफ गर्दा पो थाह भयो । यि क्रिष्ण र शम्भुजीले धेरैलाई सहयोग गरेका रहेछन् । यो मन्तेजे पहाडी बस्तीका अर्का दुई डन भन्दापनि हुनेरहेछ यिनलाई । इटालियाली भाषामा राम्रो निपुँणता बनाएका । प्रशासनको आँखामा ‘यि नेपाली सिक्छन्, जान्दछन् । इटालीमा भिजेका छन्, मेहनती छन् । खुरुखुरु काम गर्छन् । ढाँटछल र कपट गर्दैनन् । काम र मेहनतका भरले बाँच्छन्, सरकारी भत्ता पचाएर सरकारलाई भार पार्दैनन् । यस्तो छबी बनाएका ।

नेपाललाई काम लाग्ने सिपपनि जानेका यिनले । क्रिष्णजी इटालियाली खाना बनाउन निपुँण । त्योपनि अझ यहाँको ग्रामिण भेगको खाना, संस्क्रितिमा राम्रो ज्ञान लिएका । त्यसपछि फेरि आधुनिक सुबिधा सम्पन्न निवासको भित्रि र बाहिरी सुबिधा बनाउन जानेका । हावा, पानी, बिजुलीको सुबिधा कसरि लामो समयसम्म टिकाउने, कम खर्चेर बढि सुबिधा लिने यस्ता अक्किल जानेका । शम्भुजीकोपनि यो क्षेत्रमा विशेष दख्खल भैसकेको । यिनको सिप हामीले गाउँका भवन बनाउँदा लागू गर्न पाए हुन्थ्यो भन्ने लागिरहने । तर उता नेपालमा कुन नेपालीले कस्तो सिप जानेको छ भन्ने कसले वास्ता गर्छ र ? कोहि युरोप भनेपछि स्वर्गमा बसेका छन् भन्ने सोच्छन् । कि त भाँडा माझ्ने बाहेक अरु जान्दैनन् बिदेशका नेपाली भन्ने भ्रम पाल्छन् । तर बिदेशमा गज्जबको सिप सिक्ने नेपालीपनि निकै छन् ।

स्थानिय संस्क्रितिमा भिजेको । प्रस्तुती र कला जानेका । काम आफ्नालागि त त्यति बिघ्न गाह्रो भएन । अरु नेपालीलाईपनि सानोतोनो काम लगाउन सक्ने हैशियत बनाएका । आर्थिक मन्दीले गाँजेपनि यिनको अवस्था नबिग्रिएको । देबेन्द्रलाई भितेर्बोको डन भने झैं यिपनि यता मोन्तेजेका डन जस्तै रहेछन् । यो मोन्तेजे पहाडी बस्तीमापनि यत्ति तिन जनाको परिवार छ ।

(इटालीका बिभिन्न प्रसंगहरु हेर्दै गर्नुहोला)

तपाइँको प्रतिक्रिया