कति सुन्दर रोम !

Rome-09-JAN-2014 184

हिजो दिनभरि साथी बाबुराम खतिवडासित घुमियो । रोमका केहि ठाउँ । कोलोस्सियो, भ्यातिकन सिटी लगायतका क्षेत्र । रोम ऐतिहासिक शहर हो भन्ने नसुनेको हैन । जोपनि ‘रोम नहेरि त युरोप पुगें, देखें भन्नुको अर्थनै हुन्न’ भन्थे । प्राचिन सभ्यताको यो शहर कति सुन्दर । तर काठमाडौंका जस्ता भब्य आधुनिक भवन मन पराउनेकालागि भने यो शहर पटक्कै मन नपर्न सक्छ । किनभने आधुनिक भवन यहाँ हेर्न मन लाग्यो भनेपनि सोध्नु पर्छ, कता छन् भनेर । सार्है पुराना भवन । असाध्यै जोगाएर राखेका । सफा, चिटिक्क ।

Rome-09-JAN-2014 021

कतै हाम्रो असन टोल जस्तो लाग्ने । साँघुरा गल्ली । साना होचा होचा घर । सान्ना बार्दली । झ्याल उस्तै साना । सडक साँघुरा । गाडी दोहोरो हिँडाउँदा सडक भरिने । एउटाले अर्कोलाई उछिन्ने ठाउँनै नपुग्ने । ठोक्कियो ठोक्कियो झैं गरेर दुइतर्फी गुड्छन् गाडी बल्लतल्ल । तर हाम्रोमा जस्तो जाम हत्तपत्त हुन्न ।

Rome-09-JAN-2014 029

Rome-09-JAN-2014 127

Rome-09-JAN-2014 170

रोमको कलाको झन के कुरो गर्नु ? कतिले भन्छन् ‘युरोप जता गएपनि उस्तै हो ।’ एकदम गलत हो यो । रोमको जस्तो कला मैले हेरेका युरोपका १६, १७ देशमा अन्त देखेको छैन । छुट्टै खालको छ । मन्द रङको ।

सयौं वर्ष पुराना मक्किए जस्ता लाग्ने भवन । कतै घरका कोप्चेरा देखिने । ‘हैन यो त ढल्छ कि क्या हो ?’ मैले सोधें, बाबुरामजीसित । उनी हाँसी ‘देखिएको मात्रै त्यस्तो हो, बलियोसित जतनले राखेका छन् ।’ ढुसी लागेको, हरियो लेउ उम्रेको देखिने । काठै काठका झ्याल र ढोका । उहि प्राचिन कालकै रङपनि छोडेका रहेनछन् ।

Rome-09-JAN-2014 065

पर्यटकको त के कुरा गर्ने ? बाटो छिचोलिनसक्नु । भिडका भिड । जता गयो उस्तै । पुराना र थोत्रा सम्पत्ती जोगाउनुको फाईदा पर्यटकहरुबाट भरपुर उठाएका छन् ईटालियालीहरुले । लाख होइन, करोडौं आउँछन् पर्यटक यहाँ । मौसमले उस्तै साथे दिएको छ । युरोपका अरु देशमा ठुर्र कमाउने जाडो हुँदा यहाँ उस्तै परे टिसर्टमा ठाँटिन पाइन्छ ।

Rome-09-JAN-2014 068

 

Rome-09-JAN-2014 075

 

Rome-09-JAN-2014 083

 

Rome-09-JAN-2014 087

 

दोस्रो विश्व युद्दमा बम, गोलाबारीको भत्काएका भवनको रुप । सत्यानाशै पारेको रहेछ । तर पुराना काम नलाग्ने चिज भन्दै ईटालियालीहरुले मिल्काएनन् । अहिले यहि चिज खरौं बिदेशी मुद्राको स्रोत बनेको छ । अध्ययन र अनुसन्धानको थलो बनेको छ । कोहि यहाँ पुग्दा पूर्खा संझेर भक्कानिन्छन् । यहिँ परे हाम्रा पूर्खा, मारे भनेर । कोहि अत्यास मान्छन् । कोहि हेर्न पाइयो भन्दै रमाउँछन् ।

Rome-09-JAN-2014 092

 

कति अत्याचार । कैदी, बिरोधीहरुलाई ल्यायो । यहाँ राख्यो । अनि लडाउँदा रहेछन् राजामहाराजाहरु । ति कतिसम्म अत्याचारी रहेछन् भने बाघसित लड्न निर्देशन दिँदारहेछन् । चिथोरिएको, बाघले लुछेको, एक अर्कासित मारामार गरेर लडेको तिनले माथिबाट हेरेर आनन्द लिने रहे रहेछन् । विश्वयुद्दमा बमले छियाछिया पारेछ यो भवन । यसमा देखिएका प्वाल विश्वयुद्दमा लागेका गोली हुन् । यो हेर्नेको भिड लाग्छ । भव गोलो, रङ्गशाला जस्तो छ ।

Rome-09-JAN-2014 120

 

Rome-09-JAN-2014 114

 

Rome-09-JAN-2014 202

 

विश्वभरिका क्रिश्चियाली धर्मावलम्भीका मूल पादरी पोपको शहर भ्याटिकन सिटीको झलक । माथिल्लो तस्विरमा देखिएको सानो मञ्च त्यहि हो जहाँ पोप आइतवार आएर उभिन्छन् । हात हल्लाउँछन् । उपदेश दिन्छन् । अनि ति कुर्सी उनलाई हेर्न आउनेकालागि बस्न राखिएको हो । हजारौं छन् त्यहाँ कुर्सी । बिचको भवन भ्याटिक सिटीको झलक हो ।

Rome-09-JAN-2014 165

एशियाली दिमाख तगडा, अक्किल निकाल्न चनाखो, छरितो हुन्छ । दिनभरि हिँडेको थाकियो । भ्याटिकन सिटीको मूल भवनको कलाक्रिति हेर्न जाँदा । बस्ने ठाउँ कतै पाइएन । कसो गर्ने ? ठाउँ ठाउँमा यसरि क्रिस्चियन देवता, पादरीको फोटो वा कला अगाडि बसेर ध्यान गर्ने ठाउँ हुने रहेछ । बाबुराम खतिवडाजीले अक्किल निकाल्नु भो ‘जाम यार आराम गरम । तिनको पूजा गर्ने, ध्यान गर्न त हाम्लाइ एक् चासो ? आँखा चिम्म गरेर बसम हामीपनि । हाम्ले आराम गरेको की ध्यान गरेको यिनलाई के थाह हुन्छ ?’ गोडा भरमार दुखेको र थकाईले हद्दु भएकाले त्यहिँ गएर आँखा चिम्म गरेझैं बसियो तर ध्यान होइन । थाकाई मारियो । म त बाबुरामजीको त्यो अक्किल र भनाई सुनेर आराम गर्दापनि हाँसोले भुतुक्कै भएँ । पछि बाबुरामजीले नै भन्नु भो ‘यस्तो अक्किल आ उन्न यार यि गोरेका जातलाई, हामी एशियालीलाईनै आउँछ ।’

(केहि दिन ईटालिकै विषयमा केन्द्रित हुने छ नेपालप्लस)

तपाइँको प्रतिक्रिया