फिनल्याण्डका नागरिकले सोधे ‘के भैरहेको छ हँ नेपालको चुनाव ?’
नेपाली जहाँका होउन् आफ्नो देशमा भैरहेको चुनावको चासो त हुनेनै भयो । तर आफूलाई खासै प्रभाव नपर्ने नेपालको चासो फिनल्याण्डका नागरिक (फिनिस) हरुलेपनि राखेका छन् । नेपालमा करिब चालिस वर्ष सामाजिक काम गरेकि ९१ वर्षकी आन्नालिसपनि नेपालमा के भैरहेको छ भन्नेमा निकै चासो राखिन् । आज बिहान हेलसिन्कीबाट करिब साँढे तिन सय पर सेइनायोकी भन्ने ठाउँको उनको निवासमा उनले यहि निर्वाचनको चासो राखेकि थिईन् । नेपालमा हाल संविधान सभाको निर्वाचन भैरहेको छ भन्ने उनलैऐ राम्रो ज्ञान थियो । सोधिन् ‘साँच्चै के भैरहेको छ हँ अहिलेको चुनावमा ?’
नेपालमा लामो द्वन्द बहेको, राजनितिक पार्टीहरुले सत्ताका लागि हारालुछ गरेको सबै बताउँदै थिईन् यी आमै । ‘देश विकासको लागि राजनितिक स्थिर चाहिन्छ । त्यो भनेको जनतालाई सुबिधा हुने संविधान बनाउने हो ।’ उनले भनिन् ।
त्यसपछि मेरा सहयोगी मित्र निराजन शिरिस र जगन्नाथ काफ्ले सँगै मपनि फिनल्याण्डको मा एशियाली बिध्यार्थीहरुलाई फिनल्याण्डमा पढाईकालागि छनोट गर्ने लेक्चर सामीलाई भेट्नै आयौं । नेपाली बिध्यार्थी र यहाँको अध्ययनबारे गफ हुँदै थियो । उनले अहिले नेपालमा भैरहेको संविधान सभा निर्वाचनको बारेमा जिज्ञासा राखे । ‘के भैरहेको छ चुनावको नतिजा ? को आउला जस्तो छ ? कसरि भयो निर्वाचन ? शान्तिपूर्ण भयो कि भएन ?’ आफू यहाँपनि कुनैपनि राजनितिक पार्टीमा आबद्द नभएपनि नेपालमा अब के हुन्छ भनेर चासो राख्दै थिए । भने ‘म राजनितिक पार्टीमा छैन । मलाई सामाजिक न्यायको पक्षपाती हुँ । तर नेपालमा के भैरहेको छ, चासो लाग्छ ।’
नेपालीहरुमा यो निर्वाचनको रन्को झन भनिसाध्यै छैन यहाँका नेपालीमापनि । ‘अहिले कांग्रेसको चालिस, एमालेको ३२ । माओवादीको १२ रे जमम हाहाहाहाहा, सक्कियो माओवादी अब ।’ बिहान केहि नेपाली यसो भनेर हाँस्दै थिए । मसितै यात्रा गरिरहेका फिन्ल्याण्डका नेपाली बिध्यार्थी निराजन थापा दिनभरिजसो मोबाईलामा नेपालको निर्वाचन हेर्दै थिए । बेला बेला उनी भन्थे ‘हैन् मावादी त लास्टै सक्किने भो त ।’ उता अर्का मित्र जगन्नाथ काफ्ले ‘हैन नरहरीले हार्ने भएछन्, बोर भो नी ।’ उनी दिनभरि काम गरेर साँझ हामीसितै अन्तर्वार्ता गरुन्जेल सँगै रहेका ऊनी राती १२ बजे फर्केर आएपछि पनि नेपाली समाचार हेरेर हाँस्दै थिए । कहिले ‘आफूलाई मन नपरेका सात आठ जना आउने भए यार, झुर भो’ भन्दै थिए । साँझ हामी हेल्सिन्कीको एभरेस्ट नेपाली रेस्टुरेन्टमा खाना खाँदै गर्दापनि त्यहाँका नेपालीको चाओस् यहि निर्वाचनकै थियो ‘कसले कति ल्याओ भोट हँ अहिलेसम्म ?’
निर्वाचनका बारेमा यहाँका नेपालीहरु अधिकांश जानकार छन् । अहिले काममा पुगेका नेपालीपनि यस्सो छिन छिनमा मोबाईल खोल्छन् र निर्वाचनका समाचार हेरिहाल्छन् । फोनमा यहि निर्वाचन । रेस्टुरेन्टमा यहि निर्वाचनको चर्चा । बस, रेल र साँझा बुढाबुढीको भान्छाको मुख्य विषयपनि बनिरहेछ, यहि संविधान सभाको निर्वाचन ।





