फुलभित्रै गफगाफ गर्छन् गोहीका बच्चा

IN4252090A-crocodile-hatche

बच्चा कहिले जन्मेला भनेर मानिसहरु अस्पत्ताल धाउँछन् । त्यहि थाह नपाउँदा सुत्केरीको म्रित्युनै हुन्छ । चिकित्शकले यो दिन बच्चा जन्मिन सक्छ भनेपनि हत्तपत्त मिल्दैन । तर गोहीका आमाहरुलाई भने ढुक्क छ । ति आनन्दले आहारा खोज्न, पौडिन जता गएपनि भयो । अब बच्चा कोरलिने बेला भो भन्ने भएपछि त्यहि समयमा ट्याक्क फुल भएको ठाउँमा आए हुन्छ । किनकि माउलाई आफू कोरलिने संकेत बच्चाहरुलेनै दिन्छन् । गोहीका बच्चाले आफू फुल फुटाएर निस्कनु अघि क्वेक क्वेक गर्दै सानो,आवाज दिन्छन् ‘अब निस्किँदै छु यो धरती, यो पानीमा जिउन’ भन्ने माउलाई जनाउ दिँदै ।

त्यसो त फुल भित्रबाट तिनले आवाज निकाल्छन् भन्ने बैज्ञानिकहरुलाई थाहा थियो । तर त्यसको अर्थ भने बुझ्न सकेका थिएनन् । त्यसलाई कसैले अनुसन्धानपनि गरेको थिएन । अहिले जेन मेनेट विश्व बिध्यालयका अनुसन्धानदाताहरु आमेले भेर्न र निकोला माथेभोनले अनुसन्धान गरेर त्यो तथ्य पत्ता लगाए । गोहीहरुको जुनसुकै जाति किन नहोस्, तिनले फुलभित्रबाट एक अर्कामा सञ्चार गर्ने रहेछन् । मसिनो आवाज निकालेर एक अर्कोसित बोल्ने र कोरलिने समयबारे जानकारि लिने दिने गर्छन् । तिनले आफ्नी माउलाईपनि ‘बाहिर निस्किँदै छौं’ भन्ने जानकारिपनि दिन्छन् ।

तिनले आफ्नी माउलाईपनि ‘हामीहरु अब यतिखेर फुल फुटाएर बाहिर निस्किँदै छौं, बालुवाको खाडल खन्नु, वा बालुवा पन्छाउनु’ भन्ने जानकारि दिन्छन् । कसरि पत्ता लागए त मानिसले यस्तो कुरो ? अचम्म लाग्न सक्छ । नेल भन्ने १७ वटा गोहीका फुल अनुसन्धानदाताले जम्मा गरे । ति सबै कोरलिनु भन्दा १० दिन अघिका थिए । केहि फुललाई गोहीको आवाज सुन्न नपाइने गरि राखिएको थियो । अथवा टाढै रायो, एक अर्काबाट । केहिलाई गोहीको रेकर्ड गरिएको आवाज सुनिने ठाउँमा राखियो । छ्यासमिस गरिएको आवाज । केहिलाई कोरलिनु पूर्वको आवाज सुनाइयो ।

त्यसो गर्दा के पाइयो भने कोरलिनुपूर्वको आवाज सुन्ने बच्चाहरुले आवाज सुनेपछि प्रतिक्रिया दिए । तिनले ८० प्रतिशत समयको जवाफ फर्काए भने ५० प्रतिशत हलचल गरे । रेकर्डिङ सुनेको १० मिनेटभित्र करिब आधा जति कोरलिए । आवाज सुन्ने वा केहिपनि नसुन्नेहरु शान्त र कम सक्रिए देखिए ।

माउहरुले कसरि प्रतिक्रिया जनाए ? त्यो कसरि जान्ने ? अनुसन्धानकर्मीहरुले तिनको गूँडको छेउमा साना स्पिकरहरु लुकाएर राख्नु अघिनै तिनलाई छोडिदिए । बच्चा कोरलिनु अघिको आवाज रेकर्डरबाट बज्नासाथ त्यसले माउको ध्यान तानिहाल्यो । त्यसले अरु मिश्रित आवाजले भन्दा छिटो र बढि तान्यो । १० मध्ये आठ वटा पोथीले त्यो आवाज सुनेपछि बालुवा खन्न थाले बच्चा झिक्नकोलागि । अन्य आवाज सुनेको बेला पनि खन्ने चाहिँ एउटा पोथी मात्रै देखापरी । ति दश मध्येमा ।

पहिलो आवाज (संकेत) बच्चा बाहिरी संसारमा निस्किएर बाँच्नकोलागि उत्तिकै महत्वपूर्णपनि हुन्छ । गूँड बाहिरको सुरक्षा महत्वपूर्ण कुरा हो । किनकि बच्चालाई बाहिर डर नलाग्ने पाका वा हुर्किसकेका गोहीको झैं बानीको विकास हुन समय लाग्छ । शुरुको अवस्थामा शत्रु (प्रिडेटर) को मुखमा पर्ने जोखिमपनि बढि हुन्छ । त्यसैले साना गोहीले आमाको सुरक्षा अक्किल धेरै खोज्छन् । अनि बच्चा कोरलिने सहि समय भयो भन्ने कुरोको ख्यालपनि माउले उत्तिकै गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया