ड्याम्म ड्याम्म खुट्टा बजार्दा पोथीहरु त मसक्क मसक्क

Musicalknee

राम्रा लूगा । लरक्क परेको कपाल । हेर्दा खाइलाग्दो शरिर । सम्पत्ती । मिठो बोली । गम्भिर बानी । मानिसका छनौट मध्ये पर्ने गुण हुन् । तर म्रिगको एउटा जाति यस्तो हुन्छ कि पोथीलाई आफूतिर मसक्क मसक्क मस्किने बनाउने हो भने जति सक्दो खुट्टा बजार्नुपर्छ भुइँमा, ड्याम्म ड्याम्म । मान्छेले त्यसरि खुट्टा बजार्यो भने युवती मस्केलि त ? रोगी रहेछ भनेर बरु ति भागाभाग गर्लान् । तरका पोथीहरु भने मस्किन्छन्, खुट्टा बजार्ने भालेसित ।

तर यि म्रिगका जातिले त्यसरि खुट्टा बजार्नुको रहस्य भने अर्कै छ । ति जति बलिया भयो त्यसलाई सावित गर्न खुट्टा बजार्नुपर्छ । बलियाले जोडले बजार्न सक्छन् । अफ्रिकाका जंगलमा पाइने म्रिग हुन्छ, एलान अन्टोलोप भनिने । हो तिनले खुट्टा भुइँमा बजार्ने गर्छन् । एलान विश्वकै सबैभन्दा ठूलो म्रिगको जाति हो ।

ति म्रिग मुख्यतया बथानमा बस्छन् । ऋतु काल लागेपछि पोथीहरुसित संसर्ग बढाउन, निकट हुन खोज्छन् । तर सबैले पोथी पाउने कुरो भएन । जुन पायो उसित पोथीहरु मस्किँदैनन् । पोथीलाई फकाउन, आफूतिर आकर्षित गर्न तिसित केहि विशेष खुबी हुनै पर्छ । पोथीहरुले भालेका गुण, क्षमता हेर्छन् । पहिलो संकेत भनेकै जब ऋतुकाल लाग्छ अनि भालेहरुले बैंश लागेको संकेत गर्न खुट्टा भुइँमा बजार्न थाल्छन् ।

पोथीहरुलाई कसले ओगट्ने भनेर भालेहरुबिच प्रतिस्पर्धा र हानथाप चल्छ । त्यस्तो बेला भालेहरु लडाभाँती गर्छन् । तिनको सिङ अजंगको हुन्छ । तैपनि तिनले हत्तपत्त सिङ प्रयोग गर्दैनन् । बरु खुट्टा भुइँमा बजारेर आफू कति बलियो छु भन्ने देखाउँछन् । अनि तिनले खुट्टाका खुर प्रयोग गर्छन् । अनि गर्धन जुधाएर लड्छन् । बलियोले निर्धोलाई हराउँछ र ऊ पोथीको निकट जान्छ । पोथीलाइ बहादुरीकासाथ लडेर आफूले जितेको देखाउँछ ।

यस्तो लडाई अति कम गर्छन् यि भाले । प्राय : भालेहरुले कामुकता प्रदर्शन गर्ने, पोथी छान्ने बेला केहि हाउभाउ देखाउँनै पर्छ । हो त्यहि बेला नै कुन बलियो र कुन निर्धन छ भनेर पत्ता लगाइहाल्छन् । अनि निर्धनले सर्लक्क बाटो छोडिदिन्छ ।

ऋतुकालका बेला बैशं लागेपछि भालेहरुले समूहमा हिँडेकै बेला अघिल्ला खुट्टा बजार्छन् । तिनले त्यसरि बजारेको आवाज सयौं मिटर परैबाट सुनिन्छ । त्यसो गर्नुको कारण के भने यो आवाज अन्य भालेले परैबाट सुनोस् भन्ने हो । यस्तो आवाज सुनेपछि अर्को बथानका भाले परैबाट पन्छिन्छन् । तर यो आवाज कहिलेकाहिँ तिनको म्रित्युकै कारक पनि बन्छ । किनकि मांशहारी जिवले म्रिग कहाँ छ भनेर सजिलै पत्ता लगाउन पाउँछ । यसरि खुट्टा बजारेको आवाजमा त्यो भाले कत्रो छ, कति बलियो छ, कत्तिको लडाई गर्न सक्ने खालको छ भन्ने संकेत हुन्छ ।
ब्रो-जोर्गेन्सन र डबेल्स्तीन भन्ने दुई जना विशेषज्ञहरुले केन्याको जंगलमा अनुसन्धान गरे । उनीहरुले १४ वटा भालेलाई सुक्ष्म क्यामरा र सानो भ्वाईस रेकर्डर राखेर छोडिदिए । केहि महिनासम्म त्यसलाई पिछा गरे, त्यो रेकर्ड भएको आवाज र फोटोको अनुसन्धान गरेपछि उनीहरुले यो तथ्य पत्ता लगाएका हुन् ।
उनीहरुले के पत्ता लगाए भने एलेन म्रिगको खुट्टाले उ कति बलियो र कत्रो छ भन्ने संकेत गर्ने रहेछ । जति ठूलो भयो उति बिस्तारै बजार्ने रछ । तर आवाज भने उति गहिरो निकाल्ने रहेछ । उनीहरुले खुर बजारेर त्यो आवाज निकाल्छन् । घुँडाको हड्डीमा त्यो तलमाथि तलमाथि ठोक्किन्छ । त्योबेला कुनै तार जसरि कम्पन जस्तो पैदा हुन्छ । अनि त्यो डोरी जसरि फैलिँदै जान्छ । जब एलान म्रिग हुर्किँदै जान्छ तब उसका खुर लामो र चाक्लो बन्दै जान्छन् । अनि घुँडाले आवाजपनि बढि गहिरो निकाल्दै जान्छ । तर अचम्म के भने १४ वटाको समूहमा जम्मा एउटा भालेले त्यसरि बजाएको अनुसन्धानदाताहरुले पाए । एक वर्षको अन्तरालमा त्यसरि बजाउँछन् यि म्रिगले ।

संकेतका आधारमै द्वन्दलाई कम गराउनु, द्वन्द नबढाउनु जिवजन्तुबिचको सामान्य सिद्दान्त, अक्किल हो । लडाकूहरु हतियारले सुसज्जित हुन्छन् प्राय । तिनको हतियार भनेको बलिया दाह्रा, सिङ, जुरो, बलियो गर्धन तिनका हतियार मानिन्छन् । ति भएपनि सकभर तिनले रगत नबगाई, घाईते नबनीकनै र आफ्नो शक्ति धेरै खर्च नगरिकनै द्वन्द निषेध गर्न खोज्छन् ।
कमजोर भालेहरुका लागि खुरले झन्का दिने खालका तगडा आवाज निकाल्न सक्नु मुस्किलको कुरो हो । त्यो खुर बजारेर आवाज निकाल्ने काम बलमा भर पर्छ । त्यसैले साना एलानको तुलनामा ठूला एलान म्रिगहरुले बढि चर्को निकाल्न सक्छन् । ति बलिया हुनाले । घुँडाको बजाराइले ति एलानहरु एक अर्काबिच लड्नसक्ने शक्ति कति छ भन्ने झल्काउँछ ।

त्यति मात्रै होइन,अनुसन्धानदाता ब्रो जोनसन र दाबेल्स्टिनले गरेको अनुसन्धान अनुसार एलान म्रिगको शरिरको रौंलेपनि तिनको बलको संकेत गर्छ । बलियाको शरिरको रौं बढि खैरो रङको हुन्छ । अनुहार वरिपरिको पातलो रौं बढि धमिलो रङको हुन्छ । ब्रुस जस्तो देखिने तिनको सिङको आकार, तिनको जुरो, घाँटी मुन्तिरको छाला सबै फुक्छ लडाई गर्ने बेला ।

शरिरका ति भालाई लडाई गर्ने बेला गणितिय उपकरण नापतौलको तरिकाले चलाउँछन् जसलाइ बैज्ञानिकहरु ‘प्रिन्सिपल कम्पोनेन्ट एनालाईसिस’ भन्छन् । जुरो उमेरसँगै ब्रिद्दी हुन्छ । त्यो जुरो हरेक जनावरको सिङको आधारमा अनुमानित गरिन्छ । जुरोपनि हार्ने कि जित्ने भन्ने कुरोलाई सहयोगी बनिदिन्छ । अनुहारको रङ, सिङको ब्रस जस्तो हाँगा फाटेको भाग, रौं, शरिरको खैरो धमिलो रङ सबै भालेनै पिच्छे फरक हुन्छ । त्यो सबै भिन्नता शरिरमा टेस्टोस्टेरोन लगायत अन्य हर्मोनको सञ्चारले फरक पार्छ, बदलिन्छ । त्यसैले गर्दा ति कति आक्रामक, सहनशिल बन्छन् भन्ने भर पर्छ । त्यसैले रङ, आकार र आवाजले एलान म्रिगहरुले एक अर्को भाले कति बलियो, कति अनुभवी र कति आक्रामक छ भन्ने पत्ता लगाउँछन् ।

तपाइँको प्रतिक्रिया