निन्द्रामै सङ्गीतको ब्यायाम

birds-in-nepal-sleeping-finch.jpgददिराम सापकोटा

 दिनभरिको ब्यस्ततापछि कहिले रात पर्ला आराम गर्न पाइएला भन्ने हुन्छ हामीमध्ये धेरैलाई। शरिरलाई राम्ररी आराम पुगोस भनी हामी भरसक सजिलोसङ्ग सुत्ने कोसिस गर्छौ। तर चराहरुलाइ चाहि के को भ्याईनभ्याई होलारु दिनभरि स्वतन्त्र हुदापनि यी रातभरि निदाएको बेलामासमेत सङ्गीत घोकेर पो बस्ने रहेछन त। हो, गित गाउने चरहरुले आफ्नो लय सुतेको बेला ुरिहर्सलु गर्छन। फरक फरक आवाजहरुलाई जोडेर गितको लयमा ढाल्न सुतेको बेला स्मरण गर्छन। तिनलाई जोडेर गित बनाउने कोशिष गर्छन। जेब्रा फिन्च भनिने एक प्रजातीको तितु चराको मष्तिस्कको गतिबिधिलाई वैधुतिक ९इलेक्ट्रीकल० माध्यमले अध्ययन गर्दा यो तथ्य पत्ता लगाइएको हो। मेरिकाको शिकागो विश्वविध्यालयका वैगनिकको एक टोलीले गरेको अध्ययनबाट के पत्ता लागेको भने चराहरुले सुतेको बेलामापनि स्नायुकोषहरुलाई ब्युझिएको बेला गित निकाल्ने सन्चार गरे जसरिनै जटिल ढाचामा उत्पादन गर्छन।  

बच्चाहरुले पाकाहरुबाट सुनेर अभ्यास गर्छन। गित गाउने चराहरुले गित सुनिसकेपछि त्यसलाई कतै भण्डारण गर्छन। पछि सुतेकोबेला ुरिहर्सलु गर्छन। चराहरुले निदाएकोबेला गित गाएको सपना देख्छन। जेब्रा फिन्चले दिउसो गाएको गित स्नायुकोशिकाहरुमा राखेर राती पुन गाउछ। दिउसो गाएको गितलाई राती दोहोर्याउदा उसले ठ्याक्कै मिलाउछ।चराले सुतेको बेलापनि महत्वपूर्ण तरिकाले सिकिरहेका हुन्छन। वैगानिकहरुका अनुसार चराहरुले कसरि गित गाउन सिक्छन भन्ने अध्ययन राम्रोसङ्ग गर्ने हो भने मानिसहरुले कसरि बोलचाल गर्छन भन्ने तथ्य पत्ता लगाउन सहयोग पुग्न सक्छ।  

राती जङ्गलको अनकण्टार वासस्थनमा मानिसका आखा छलेर सुतिरहेको चराले निन्द्रामा गित घोक्छ भन्ने कसरि पत्ता लाग्यो भन्ने लाग्ला। मेरिकी वैगानिकहरुले जङ्गलमा सुतेका जेब्र फिन्चको अध्ययन गरेनन। तर उनीहरुले चार वटा जेब्रा फिन्चहरु समाते। तिनलाई मानव निर्मित राखेर दिमागको कोषहरुको गतिबिधि अध्ययन गरे। तिनीहरुको दिमागको कृयाकलाप नाप गर्न प्रत्येक चराको छुट्टाछुट्टै अध्ययन गर्न आवाजहरु भर्ने अती साना रेकर्डरहरु प्रयोग गरिए। ति रेकर्डरले चराको साङ्गीतिक भाग रेकर्ड गरेका थिए। त्यो रेकर्डिङ्ग सुतेको चराछेउमा लगेर खोलिदिदा अवाज निकालेनन तर चराका स्नायूहरुले ति गित पहिचान भएझैगरि गाउन सहयोग पुर्याए।

तपाइँको प्रतिक्रिया