चराहरुको विश्व सुन्दरि प्रतियोगिता

Bird-Competition-02-11-2013 184
धरान सुन्दरि । पोखरा सुन्दरि । काठमाडौं र चितवन सुन्दरि । फ्रान्स, इटाली, नोर्वे, थाई सुन्दरि । यस्तो त हामीले सुन्दै र देख्दै आएकै हो । तर चराहरुको पनि विश्व सुन्दरि प्रतियोगिता हुन्छ भन्ने सुन्नु भएको छ ? पक्कै छैन । तर हुने गर्छ चराहरुकोपनि विश्व सुन्दरि प्रतियोगिता । हालसालै फ्रान्समा क्षेत्र क्षेत्रका चराको सुन्दरि प्रतियोगिता भए । केहि क्षेत्रमा हुँदै छन् । गत हप्ता मपनि चराहरुको एउटा सुन्दरी प्रतियोगिता हेर्न पुगें । पिकार्दी भन्ने क्षेत्रमा । ओहोहो त्यहाँ त थुप्रै चराहरु अनेक रङ, अनुहार, शारिरिक तामझाम र चल्बलाहटमा सुन्दरी बन्न लाम लागेर बसेका रहेछन् ।
Bird-Competition-02-11-2013 108
‘यो चरा च्याम्पियन । यो चाहि चलमलाउन च्याम्पियन । यो हेर्दै चप्प चप्प म्वाई खाउँ जस्ती । बिछट्टै राम्री । यो चाहिँ साह्रै छरितो । यो चाहिँ असाध्यै मिठो आवाज निकाल्ने । यसै गरि ट्याग लगाइएका थिए अनेक चराका अगाडि । फ्रान्सको राम्रो, सेतो र निलो रङको झण्डाको रङमा ब्याच बनाइएका । अनि ति च्याम्पियन चराको छेउ छेउमा राखिएका । केहि चरा त्यसैलाई घरि घरि हेर्दै दंग परिरहेका ।
Bird-Competition-02-11-2013 110
Bird-Competition-02-11-2013 112
एउटा लामो टेबल थियो । त्यसमा सिसाकलम, कापी, रुलर हातमा लिएर जजहरु बसिरहेका थिए। उनीहरुको हतारो थियो, कुन कुन चरा च्याम्पियन बन्नु हुन्, सुन्दरी बन्ने हुन् भनेर नंबर दिनकालागि । तिनै जज मध्येका एक जना आए । र अर्थ्याउन थाले । चराहरुको सुन्दरी प्रतियोगितापनि ठ्याक्कै मानिसको जस्तै हो । प्रतिस्पर्धीहरुले वा चरा पालकहरुले वर्ष भरि चरा पाल्छन् ।
Bird-Competition-02-11-2013 113
Bird-Competition-02-11-2013 193तिनले आफ्नो चरालाई छरितो, स्वस्थ, तगडा र सुन्दर बनोस् भनेर खुब ख्याल गरेर आहारा खुवाउँछन् । स्वास्थ्यको ख्याल गर्छन् । अनि केहि छानिएका उत्क्रिष्ट चरा लिएर प्रतिस्पर्धामा आउँछन् । स्थानियमा जित्ने, क्षेत्रिय, त्यहाँ जित्ने प्रान्तिय हुँदै राष्ट्रिय रुपमा जितेकाहरुलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गराइन्छ ।
Bird-Competition-02-11-2013 120
जित्नेले पुरस्कार पाउँछ । त्यस्ता चाराहरुको भाउ बढि हुन्छ । किनकि चरा पालकाहरुले चरा बेच्ने पनि गर्छन् सोखका रुपमा पाल्नेलाई । मैले हेरेका चरा मध्ये तगडा, चार पाँच वटा पुरस्कार जित्नेको २८१ युरोसम्म थियो । स्बैभन्दा सस्तो १० युरो थियो । त्यस्ता बिजयी चराहरुलाई पार्क र चिडियाखानामा बढि माग हुन्छ ।
Bird-Competition-02-11-2013 121
Bird-Competition-02-11-2013 187यो वर्ष फर्वरी महिनामा चराहरुको अनतर्राष्ट्रिय प्रतिस्पर्धा ईटालीमा हुँदै छ । त्यस अघि फ्रान्समा भएको थियो । इटालीपछि स्पेन, बेल्जियम, पोर्चुगल, जर्मनीमा हुने भनिएको छ ।
Bird-Competition-02-11-2013 178
Bird-Competition-02-11-2013 178
चराहरुको विश्व सुन्दरी प्रतियोगिता र मानिसकोमा के फरक छ भने मानिसको प्रतियोगितामा जजपनि मानिसनै हुन्छन् । चारहरुकोमा भने चरा होइन । मानिसनै । मानिसले राम्रो, तगडा, लोसे, छरियो भनेका आधारमा नंबर दिईन्छ र तिनैले छान्ने गर्छन् ।

तपाइँको प्रतिक्रिया