संविधान सभाको निर्वाचन बहिस्कार आन्दोलनलाई युरोपबाट समर्थन ?

ca-election-boycuttउता नेपालमा संविधान सभाको चुनाब भएपनि यसले विश्वभरिका नेपालीम चासो र चिन्ता थापेको छ । कोहि समर्थनको पक्षमा छन् । कोहि नेपालमै गएर आफ्ना समर्थको पक्षमा प्रचार प्रसारमा भिडेका छन् । कोहि भने यो चुनावले झन संकट बढाउँछ । राजनितिक निकास दिँदैन भन्दै बहिस्करको पक्षमा छन् । बहिष्कारबादीको पक्षमा अलग्ने युरोपका नेपाली संघ संस्थापनि देखिएका छन् । युरोपका बिभिन्न मुलुकका आधा दर्जन भन्दा बढि संस्तहले हालसालै एक प्रेस बिज्ञप्तीनै जारी गरेर बहिष्कारबादीहरुकै आन्दोलनलाई समर्थनपनि गरेका छन् ।

त्यसरि बहिष्कारको पक्षमा ऐक्यबद्दता जनाउनेमा नेपाली जनजाति सरोकार मन्च, यूरोप; नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम;
अन्तरराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मन्च, जर्मनी;नेपाली जनप्रगतिशील मन्च, स्पेन;नेपाली जनप्रगतिशील मोर्चा, इटाली!मगर राष्ट्रिय मुक्ति मोर्चा, बेल्जियम;नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी; नेपाली जन प्रगतिशील मोर्चा,पोर्चुगल छन् । ति संस्थाले संयुक्तरुपमा के भनेर बहिष्कारको पक्षमा अलगे त ? तिनको बिज्ञप्ती हेर्नुस् 

हाम्रो मूलुक नेपाल यतिबेला चरम राजनैतिक संक्रमणबाट गुज्रिरहेको छ । भारतीय बिस्तारवादको निर्देशनमा नेपाली दलाल र कथित चार दलको अगुवाइमा संविधान सभा दुईको नाटक मंचन गरिंदैछ । यो संविधान सभाको निर्वाचनले नेपाली जनताले चाहेको उत्पिडित राष्ट्र र क्षेत्रको पहिचान सहितको संविधान बनाउन सक्दैन । यसले जनसंविधान बनाउन नसक्ने र शान्ति प्रकृयालाई पनि पूरा गर्न नसक्ने तर देशलाई पुन: द्वन्दमा लैजाने भएकाले यो निर्वाचनको औचित्य नभएको स्पष्ट छ ।

नेपालको राष्ट्रिय स्वाधिनता र आन्तरिक राष्ट्रियतालाई पूर्ण रुपमा धरापमा पार्दै, सिमित लोकतान्त्रिक उपलब्धीलाई पनि प्रमूख न्यायधीसको  हातमा सुम्पी बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थालाई असफल सिद्ध पारिसकेका चार राजनैतिक दलको मात्र अग्रसरतामा सम्पन्न हुने संविधान सभाको निर्वाचनले निकास सहितको स्थायी शान्ति प्राप्त गर्न सक्दैन ।
संविधान सभा १ ले सम्पन्न गरेको राजनैतिक उपलब्धीहरुलाई ग्रहण गर्ने, त्यसमा भएका कमजोरीहरुलाई गम्भीर रुपमा महशुस गर्ने र पहिचान सहितको संविधानको लागि शासनप्रणाली लगायतका विवादित विषयलाई गोलमेच सम्मेलन मार्फत सहमति गरि संविधान निर्माण प्रकृयाका लागि मात्र संविधान सभाको निर्वाचनको आयोजन गर्ने नेकपा-माओवादी लगायतका आन्दोलनरत दलहरुको वस्तुवादी मागलाई बेवास्ता गर्दै देशको एउटा जबरदस्त शक्तिलाई यो निर्वाचन प्रकृयाबाट बाहिर धकेलिएको छ ।
यो संविधान सभालाई संविधान निर्माणको मुख्य कार्यमा नभएर पहिचान तथा स्वायत्तता सहितको संविधान बनाउने कि नबनाउने  महिला,दलित,उत्पिडित समुदाय तथा क्षेत्रलाई अधिकार प्रदान गर्ने कि नगर्ने लगायतका विषयमा वाद विवाद गर्ने मञ्चको रुपमा मात्र प्रयोग गर्दै अन्तत श्रमजीवी,उत्पिडीत जाती,क्षेत्र,किसान ,मजदुहरुको हक अधिकारविहिन सामन्तवादको आलोकमा पुरानै ढांचाको संविधान जारी गर्ने षडयन्त्रमात्र भएकाले यो संविधानसभाको निर्वाचन प्रकृयालाई सशक्त बहिस्कार गरिरहेका नेपाली जनताको पक्षमा हाम्रो ऐक्यवद्धता जाहेर गर्न चाहन्छौं । बहिस्कार गर्न पाउने राजनैतिक अधिकारबाट आतंकित भएर नेपाली सेनाको घेराभित्र हुने संविधान सभाको निर्वाचनको हामी घोर भर्त्सना गर्दछौं । बहिस्कार पक्षधर कार्यकर्ताहरुलाई आफनो अभियानमा रोक नलगाउन र सुरक्षा निकायले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त रिहा गर्न हामी जोडदार माग गर्दछौ ।
आम नेपाली जनताको स्वतन्त्रता, स्वाधिन र सम्पन्न नेपाल निर्माण नभएसम्म लाखौंको संख्यमा नेपालीहरुको प्रवासिने क्रम नरोकिने हुनाले यसको निकासका लागी नेपाली जनताले जनआन्दोलनको वीचवाट नयां संविधान निर्माण गर्ने संघर्षमा ऐक्यवद्धता जाहेर गर्न हामी सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
साथै नेपाली जनपगतिशील मोर्चा, बेल्जियमले संगठनको तर्फबाट www.progressivefront.net वेवसाइट संचालन गरेको जानाकारी पनि गराउंदछौ।
राम बहादुर गुरुङ्ग
अध्यक्ष
नेपाली जनजाति सरोकार मन्च, यूरोप
प्रेम पाठक
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
बिनोद कार्की
संयोजक
अन्तरराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मन्च, जर्मनी
इश्वर शर्मा
अध्यक्ष
नेपाली जनप्रगतिशील मन्च, स्पेन
बाबुराम खतिवडा
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा, इटाली
कुल मगर
अध्यक्ष
मगर राष्ट्रिय मुक्ति मोर्चा, बेल्जियम
अध्यक्ष
गंगालाल श्रेष्ठ
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनी
इन्द्र न्यौपाने
संयोजक
नेपाली जन प्रगतिशील मोर्चा,पोर्चुगल

तपाइँको प्रतिक्रिया