किन बदलिन्छन् रुख विरुवाका पातका रंग ?

AUTUMN-FLOWERS-26-Oct-2013 085

गत साल यहि याममा हामी फ्रान्सको मध्ये भागमा जंगली च्याउ खोज्दै हिँडेका थियौं । साथमा थिए, केहि फ्रान्सेली चराविद, वनस्पतीबिद र केटाकेटी । तिनलाई जंगली जिवनसित एकाकार गराउनुपर्छ, सिकाउनुपर्छ भन्दै तिनका बाबु आमाले सँगै लगेका थिए । च्याउको ध्याउन्नमा जंगल पस्नासाथ वालकले सोध्यो ‘आमा किन त्यो पात मात्रै रातो ?’

आमाले भनि ‘अहिले शरत्काल लागेकोले ‘

वालकको खुल्दुलि मेटिने कुरै थिएन ‘अटम (शरत्काल) लागेर ? शरत्काल लाग्दैमा के हुन्छ त ? उसो भए शरत्काल लाग्दा हाम्रो कपाल चाहिँ किन सधैं कालोको कालै त ?’

आमा हाँसी । बाँकि सबै हाँसेर टारे । वालकको यो खुल्दुलि र उत्सुकताभित्र ठूलै रहस्य लुकेको छ भन्ने उसकि आमालाइ जानकारि थिएन । यस्तो उत्सुकता वालवालिकालाई मात्रै होइन । बैज्ञानिकहरुकालागिपनि रहँदै आएको छ । यसमा बनस्पती, जिवजन्तु र रसायन शास्त्रको ठूलो रहस्य छ । ग्रिष्मकालका रुख विरुवा, पातहरु रहरले रातो, पहेंलो, निलो वा अन्य रंगमा बदलिने होइनन् । र होइनन् पनि, लाज वा डरले अनुहार रातो बनाएका ।

AUTUMN-FLOWERS-26-Oct-2013 014

रुख र विरुवाले रङ बदलिनको लागि बिभिन्न खाले रसायनहरु खेलाउन थाल्छन् । रुख बिरुवाका रङ बदलिनु भनेको एकातिर शक्ति हो । अर्कोतिर कुनै शक्ति वा रसायनको कमी हुनुपनि हो । टानिन्स, सान्थोफिल र कारोटिनेट्स जस्ता तत्वको कारणले गर्दानै रुखविरुवाका पातहरु झर्ने गर्छन् । जब वसन्त र हिउँद याम शुरु हुन्छ तब रुखविरुवामा टन्न पालुवा लाग्छन् । उजाड वन पुरै हराभरा हुन्छ । त्यसको अर्थ के हो भने रुखले आहारा लिन थाल्छ । त्यसपछि ति रुखविरुवाका पातमा क्लोरोफिल भन्ने तत्व भरिँदै आउँछ । त्यसलेनै वनभरि हरियो रङ पोतेर हरियाली पारिदिन्छ । अर्थात् विरु र पातमा हरियो रङ भरिने क्लोरोफिल सञ्चार गरिदिन्छ ।

AUTUMN-FLOWERS-26-Oct-2013 010

तर अचम्म के भने यो क्लोरोफिल भनेको विरुवाको मुकुण्डो जस्तै हो । अर्थात वास्तबिकता छोप्ने अल्पकालिन ढकनी जस्तो । किनभने विरुवाले मौसम बदलि भएको थाह नपाउन्जेल, महसुस नगरुन्जेल त्यो हरियो रङ रहिरहन्छ । जब रुख विरुवाले मौसम बदलिएको थाह पाउँछन् तब त्यो क्लोरोफिलले बनाएको हरियो रङ अर्थत् त्यो मुकुण्डो झर्छ । मौसम बदलि शुरु भएपछि क्लोरोफिल उत्पादन गर्न छोड्छ विरुवाले । अनि अन्य रङहरु सक्रियतापूर्वक देखा पर्न थाल्छन् ।

अचम्म के छ भने हामी मानिस र अन्य घर पालुवा जिवजन्तुले मुकुण्डो लगाएका बेला चिन्न सक्दैनौं । तर रुख विरुवाको हकमा भने ठ्याक्कै उल्टो जस्तो लाग्छ । किनभने हरियाली हुँदा महिनौंसम्म चिन्न नसकिएका रुख विरुवापनि ग्रिष्म ऋतुमा रङ बदलिएपछि टाढैबाट प्रष्टसित चिनिन्छ । त्यसो त, रुख विरुवामा देखिने रातो, निलो, पहेंलो सबै रङहरु अलग अलग रसायनिक तत्वले बनेका हुन्छन् ।

AUTUMN-FLOWERS-26-Oct-2013 003

यसरि विरुवाका रङ बदलिने कारण के हो भने जब छोटा दिन शुरु भइ चिसो बढ्न थाल्छ । तब रुखहरुले क्लोरोफिल भन्ने हरियो रङ उत्पादन गर्न छोड्छन् । घामको मात्रा घटेपछि धेरै रुख विरुवामा विकास वा उत्पादनको क्रम घट्छ । पातको तल्लो भागमा हुने आब्सिसियन भनिने मसिना सेलहरु सुक्न थाल्छन् । त्यसले गर्दा फ्लोरोफिलको मात्रा घट्छ र फोटोसेन्थेसिस भनिने (रङ बन्ने वा चहकिलो बन्ने क्रमक्रम) रोकिन्छ ।

AUTUMN-FLOWERS-26-Oct-2013 019

शरत्कालमा देखिने अलग रङहरु विरुवाले उत्पादन गर्ने होइन । बरु ति त वर्ष भरिनै बिद्दमान हुन्छन् रुखका पातहरुमा । तिनलाई हिउँद र बसन्त ऋतुमा क्लोरोफिलले छोपेर राखेको हुन्छ । पहेंलो रङ हुनुमा कारोटेन भन्ने तत्वको भूमिका हुन्छ । हामीले खाने मकै, गाजर र फुलको पहेंलो भागलाई पहेंलो बनाउनेपनि यहि तत्व हो । चिनीको रङ इन्थोस्यानिन भन्ने तत्वले गर्दा सेतो बनाइदिन्छ । त्यो चिनीमा पुग्नु अघि वा उखुमा पुग्नु अघि पातमा जम्मा भएर बसेको हुन्छ । विरुवामा भएका यस्ता रङ कसरि, कुन मात्रामा देखा पर्छन् भन्ने कुरा विरुवाको अम्लमा भर पर्छ ।

AUTUMN-FLOWERS-26-Oct-2013 093

किन रङ बदल्छन् त रुख विरुवाले ? बैज्ञानिकहरुले अहिलेसम्म किटान गर्न सकेका छैनन् । प्रक्रितिमा यसरि बदलिएको रङले के भूमिका खेल्छ ? प्रक्रितिलाई के फाइदा र बेफाइदा छ ? किनभने कुनै कारणबिनानै प्रक्रितिले आफ्नो शक्ति र सामर्थ्य खर्च गर्नु भनेको दुर्लभ कुरा हो । तर केहि खोज र अनुसन्धाने केहि तथ्य भने बाहिर ल्याएका छन् । बैज्ञानिकहरुका अनुसार त्यसरि रङ बदल्नुमा विरुवालाई खासै फाइदा भने हुन्न । रङले बिरुवाको पातको जिवनचक्र समाप्त हुँदै छ भन्ने संकेत दिन्छ ।

(बेलायतबाट प्रकाशित यहि महिनाको सत्यतथ्य मासिकमा मैले लेखेको लेख । तस्विरपनि सबै म आफिंले खिचेको हुँ)

 

 

 

तपाइँको प्रतिक्रिया