ओजन तहमा पुग्न दुई सिटको जहाज

कोषराज घिमिरे / अमेरिका

22GLID-popup

मानविय क्रियाकलापबाट उत्सर्ग भएका बिभिन्न खाले ग्याँस हुन्छन् । मानिसले उत्सर्ग गर्ने रसायनिक पदार्थले वातावरणिय रुपमा खतरा अवस्था ल्याउँदै छ भनिन्छ । कार्बनडाईअक्साईट भने जस्तै । ति ग्याँस निकै माथि गएर हावामा अड्किएर बस्छन् । माथि भन्नाले चार पाँच हजार किमीभन्दापनि निकै माथि । उत्तरी ध्रुवको हिमले ढाकिने क्षेत्रभन्दापनि १५ माईल पर नाईट्रिक एसिड भन्ने पर्दार्ध जम्मा भएर बसेको छ भनिन्छ । अनि तिनको अवस्था के छ ? अर्थात ओजोन तहमा कसरि कति मात्रामा बसेका छन् ? कसरि पत्ता लगाउने ? बिकल्प बिमानमा जाने हो । तर बिमान जानै नसक्ने उचाईमा कसरि अगेर नाप्ने ? बैज्ञानिकहरुले अब त्यसको बिकल्प निकाल्दै छन् । जम्मा दुई सिट क्षमताको ग्लाईडर मार्फत निरिक्षण गर्ने । अहिले त्यो ग्लाइडर निर्माण गरिँदै छ । ग्लाईडर यस्तो हुने छ ।

बैज्ञानिकहरुले त्यो तहको नजिकबाट निगरानी गर्न चाहेका थिए । तर त्यो तह विमान जान सक्ने प्रिथ्वीको भागभन्दा निकै टाढा भएकाले संभव भएको थिएन । त्यसैले कसरि जाने त ? बिना इन्जिन हावामा उडाउने हवाईजहाज (ग्लाईडर) का माध्यमले ।

बैज्ञानिकहरुका अनुसार इन्जिनको तौल र इन्धनबिना ग्लाईडर प्राक्रितिक वातावरणद्वारा उचालिन (उड्न) सक्छ । त्यसले सात माईल भन्दा माथि आकाशमा हुने (स्टाटोफेरिक) जोखिमलाई टार्छ । अर्थात उडान गर्दा हुने हावा, अन्य आँधी लगायतका खतरा जति हुन्छन् ति बढि यहि उचाईमा बढि हुने गर्छन् । यस्तो विमानले ति खतरालाई टार्ने संभावना बढि हुन्छ । हो अहिले बैज्ञानिकहरुको ए उटा समूहले यस्तै खतरा लाई टार्ने खालको विमान (ग्लाईडर) बनाईरहेका छन् । यसमा दुई जना मात्रै बस्न मिल्ने छ । यो विमानमा चढेर सन् २०१५ मा ओजोन तह सम्मको यात्रा गरिने छ ।

22JPGLID2-popup

विमान अर्जेन्टिनाबाट उडाईने छ । त्यहाँको प्रशान्त महासागरिय समुद्रबाट उठ्ने हावा समुद्रको छाल उठेर हिमालको उचाई बने जसरि उठ्छ । त्यसले प्रति सेकेन्ट ३० फिट माथितिर उचाल्छ । त्यो बिमानको नाम पेर्लान दोस्रो राखिएको छ । यो हावाले करिब १० हजार फिटसम्म ग्लाईडरलाई उचाल्न मद्द गर्ने छ । त्यसभन्दामाथि त्यो अहवा कम हुन्छ । तर ग्लाईडरले फेरि ध्रुबिय बक्ररेखा (पोलार) को पोलार भर्टेक्स भन्ने हावा समात्ने छ । त्यहाँको हावा जाडो याममा ठूलो समुद्रि आँधी जसरि घुमेको हुन्छ र ग्लाईडरलाई त्यसले माथितिर धकेल्छ । त्यसले हावाको बहाव पक्रिएर तरिने हावा (सोयर) फेला पार्‍यो भने झन आकाशिन्छ । र त्यसले पेर्ल भन्ने हावाको तरंगित रेखा पक्रन सफल हुन्छ ।

र त्यसले पेर्ल भन्ने बादलमा पुगेर हावाको तरंगित रेखा पक्रन सफल हुन्छ । त्यसपछि ओजोन तहमा पुग्न सक्छ । त्यो ठाउँमा ओजोन तहलाई दखल पुर्‍याउने रसायनिक प्रतिक्रिया पाइन्छ । पेर्लन भनेको मोतीलाई जनाउने आ इसल्याण्डको (अर्थत बरफको) शब्द हो जसले बादललाई संकेत गर्छ ।

ग्लाईडर को यात्रा गर्नुको उद्देश्य ९० हजार फिट (१७ माइल) माथि पुगेर ग्लाईडरको नयाँ उचाई कायम गर्नु हो । यस अघि पेर्ल एक भनिने ग्लाइडरले ५०७२६ फिट माथि पुगेर किर्तिमान बनाएको थियो । यो ग्लाईडर बनाउन ७५ लाख डलर लाग्ने छ ।

(फोटो – द न्युयोर्क टाईम्स)

तपाइँको प्रतिक्रिया