बाह्र हाते पटुकीले बेल्जियममा दर्शक सम्हाल्नै गाह्रो

SONY DSCअन्तराष्ट्रिय कलाकार मंच यूरोपले कलाकर्मी कल्याणकारी कोष स्थापनार्थ बहुचर्चित कलाकार गायक दीपक बज्राचार्य र नायिका झरना थापाको यूरोपटूर आयोजना गरेको छ I जस अनुसार बिजया दशमीको टिकाका दिनमा क्षेत्री समाज बेल्जियमले बेल्जियमको लुभेन शहरमा गरेको  कार्यक्रममा दर्शकहरुको बृहद उपस्थिति रहयो I जब गायक दीपक बज्राचार्यले मायाको डोरीले .. ओह अमिरा ..कति बस्छेउ माइतीघरमा ..जस्ता उनका बहुचर्चित गीत गाउन थाले दर्शक दीर्घामा गज्जबको उन्माद छायो I सम्पूर्ण दर्शक न्रित्य दिर्घामा आए । त्यस्तै जब नायिका झरना थापा ‘बाह्र हाते पटुकी’ बोलको गीतको नृत्य लिएर प्रस्तुत भइन । आयोजकलाई केहीबेर दर्शक सम्हाल्न मुश्किल परेको थियो i आषण ग्रहण र भाषण बिहिन पूर्ण मनोरन्जनात्मक यस ”नेपाली सन्ध्या” नामाकरित कार्यक्रम पूर्णत: नेपालमय भएकोमा दर्शकमा खुशीको लहर छाएको थियो i

1393508_10201773878524094_1696177544_n

Jharana Solo EUROPE 1

कला साहित्य संगीत विधामा जीवन अर्पेका कलाकर्मीको आपद बिपद्मा निरन्तर साथ सहयोग जुटाउन तथा नेपाली कला कलाकारलाई अन्तराष्ट्रिय जगतमा पहिचान गराउन सहायक भूमिका निर्वाह गर्ने हेतुले “कलाकर्मी कल्याणकारी अक्षय कोष” स्थापनार्थ सुरु गरिएको यस अभियानमा थुप्रै संघ संस्था र व्यक्ति व्यक्तित्वहरुले साथ सहयोग दिनु भयकोमा यूरोपमा रहनु भएका नेपालीहरु प्रति आफुहरु कृतज्ञ भएको भन्दै अन्तराष्ट्रिय कलाकार मंच यूरोपका अध्यक्ष उज्ज्वल के.सी.ले आभार प्रकट गर्नु भयो l

आउँदो अक्टोबर ३० मा एभरेष्ट नेपाली सोसाइटी बेल्जियमले ब्रुग्गे शहरमा “नेपाली सन्ध्या” को आयोजन गर्दै छ l  जर्मनी, इटाली, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, पोर्तुगल, स्पेन लगायत अन्य बिभिन्न यूरोपेली मुलुकमा कार्यक्रमको तयारी हुँदै गरेको छ l

तपाइँको प्रतिक्रिया