महिला सम्मेलनले थपेका चुनौती

-मैयाँ कटुवाल-

 

मानविय विकास र भौतिक बिकास नगरिकन हरेक क्षेत्रमा पिछडिएका महिलाहरुमा अधिकार र उपयोग गर्ने चेतना जगाउनुपर्छ । राष्ट्रिय बिकासमा महिलाको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । नीति maiya-katuwal-peris-001निर्मणको तहमा महिलाको पहुँच हुनु अनिवार्य छ । महिलाको राजनितिक स्वतन्त्रता र मतदानको अधिकारको स्थिति अध्ययनगर्दा महिला आन्दोलनले अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा पहिलो पटक महिलाहरुको सम्मेलन सन् १८४८ मा अमेरिकाको न्युयोर्कमा भएको थियो । यसरि १८४८ मा प्रथम महिला सम्मेलनले महिलाहरुको केहि हक अधिकारप्रति सुधार कम) । ल्यायो । तर त्यतिधेरै सहभागिता भने देखिएन । राजनितिमा महिला सहभागिता कम हुनुमा यसतर्फ उनीहरुको रूची नभएर भने पक्कैपनि होइन । बरु परम्परागत सोच बिचार एबं सामाजिक संरचनाका कारण महिलालाई यस क्षेत्रमा अघि बढ्न कठिन भइरहेको देखिन्छ । ति कारणहरुमा राजनीति भित्रका कुटिल खेल, निर्वाचनमा भ्रष्टाचार, महिलाको चरित्रहत्या एवं महिलाहरुलाई हेर्ने परम्परागत द्रिष्टिकोण आदि पक्ष जिम्मेवार छन् ।

 

यो स्थिति हामीकहाँ मात्र होइन विश्वभर छ । हरेक राजनितिक क्रान्ति, संघर्ष, आन्दोलन र क्रान्तिका शुरुका दिनदेखिनै महिलाहरुले सक्रिय ढंगबाट भागलिँदै आएका छन् । उदाहरणकालागि हाम्रै नेपाली महिलाहरुको हकमापनि दिब्यादेवी कोइरालादेखि मंगलादेवी सिं, सहाना प्रधान र शैलजा आचार्य आदि छन् । त्यसैगरि यस मार्च ८ मा गरिएको प्रथम यूरोपस्तरिय नेपाली महिला सम्मेलनले केहि चुनौती दिएको जस्तो लाग्छ ।

 

यूरोपमा आआफ्ना समस्यासँग लड्नुको बाबजुदपनि हामी महिलाहरुले यहाँ भएका समस्याहरु पहिचान गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यूरोपको बिभिन्न ठाउँमा भएका महिला समस्याहरुलाई बुझेर ति समस्या हल गर्नको लागि राम्रोसित संगठित गराउनुछ । तिनलाई संगठित गराएर हामीभन्दापनि पिछडिएका महिलाहरुलाई हामीले कसरि सहयोग पुर्‍याउन सक्छौं भन्ने लगायतका चुनौतीलाई पार गर्न सक्नुपर्छ ।

 

आजका महिलाहरुले के गर्दै छन् भन्ने तर्फ हेर्दा नेपालको ईतिहासमा भएको पहिलो संबिधान सभाको चुनाबमा महिला सहभागिताले किर्तीमान कायम गरेको छ । कूल ६०१ सभासदमध्ये १९७ जना महिला सभासदहरु निर्वाचित भएर आएका छन् । यसै सन्दर्भमा महिला हक अधिकारकालागि कार्यरत ३६ वटा महिला संबन्धि संघ संस्थाका प्रतिनिधीहरु नेपाली महिलाहरुको हक अधिकार नयाँ संबिधानमा सुनिश्चित गराउन प्रयासरत छन् । त्यस्तै, यस प्रथम यूरोप स्तरिय नेपाली महिला सम्मेलनलेपनि हामी महिलाहरुको हक र अधिकारलाई संबैधानिकरुपमै सुरक्षित गराउन जागरुक र पहल गराउने छ भन्ने आशा छ ।

 

(अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८, २००९ का दिन पेरिसमा आयोजित प्रथम यूरोपस्तरिय नेपाली महिला सम्मेलनमा ब्यक्त मन्तब्यको संपादित अंश हो यो। यस लेखमा महिला अधिकार, महिला चेतना, महिला सभागिताका बारेमा बहस चलाउनुहोस । तर बेप्रसंगका प्रतिक्रिया राखेर आफ्नो समय नफाल्नुहोला । किनकि तिनलाई रद्द गरिने छ-नेपालप्लस डट कम)

 

 

तपाइँको प्रतिक्रिया