नेपाल अतिथि बनेको अन्तर्राष्ट्रिय मेलाका केहि झलक

शेर बहादुर छन्त्याल / बेल्जियम

DSC_0001

अहिले बेल्जियमको गेन्ट शहरमा चलिरहेको फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्टा)” मा यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर)का रुपमा प्रस्तुत भैरहेको छ । गत १४ तारिखका दिन नेपालका अर्थमन्त्री डा शंकर कोइराला बेल्जियमका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पिटर द ख्रेमले मेला उद्घाटन गरे । यो बेल्जियम, नेदरल्याण्ड्स र लक्जमबर्ग (यि तिन देशलाई बेनेलक्स कन्ट्री भनेरपनि चिनिन्छ) मा आयोजना हुने सर्वाधिक ठूलो ब्यापारिक मेला मानिन्छ । २२ तारिख सम्म चल्ने यस मेलामा करिब ६० देशको प्रतिनिधित्व छ । त्यस्तै गरि करिब छ सय ब्यापारिक तथा संघसंस्थागत प्रतिनिधित्व रहेको मेला आयोजकले बताएका छन् । 

DSC_0013 (1)

१६0  वर्ग मिटरमा फैलिएको यो मेलामा नेपालको प्रदर्शनीले करिब १०४८ मिटर ओगटेको छ । यसमा नेपालका सांस्क्रितिक, ऐतिहासिक, पर्यटकिय, सांस्क्रितिक स्थल, साधन, बैभव र कलाको प्रदर्शनी गरिएको छ । नौ दिन सम्म चल्ने यस मेलामा नेपाली कलाकारले सांस्क्रितिक कार्यक्रम आयोजना गर्छन् ।

1305254_10201927804707010_378078860_n

नेपाली खानाको एक रेस्टुरेन्ट सहित करिब ६० नेपाली सहभागिहरुले स्टल लिएको आयोजकको दाबी छ । तर केहि स्टलवालाहरु बिचैमा उठेर हिँडिसकेकोपनि बताइन्छ । नेपाली कला, संस्क्रिति, बैभव, पर्यटन प्रबर्धनकालागि यो नौलो अवशर भएको नेपाली आयोजकहरुको भनाई छ । मेला, लक्जम्बर्ग, बेल्जियम, नेदरल्याण्ड लगायतका अन्य मुलुकका गरि हजारौंले अवलोकन गर्ने अपेक्षा गरेका छन् ।

DSC_0006 (1)

 

DSC_0958 (1)

DSC_0974

DSC_1018

DSC_1031

DSC_1047 (1)

DSC_1056

 

 

तपाइँको प्रतिक्रिया