सत्र वटा भिटामिन एउटैमा पाइने फलफूलको खेती गर्ने होइन ?

● दुसवि भट्टराई

kiwi-fruit-11212

एउटै बोटले ५० वर्षभन्दा बढी आम्दानी दिने फल हो किबि । यसले कटिङ गरेको विरुवाले तिन वर्षको अवधिमा र विरुवा नै उत्पादन गरेर रोप्दा चार वर्षमा फल दिन शुरु गर्छ । एक रोपनीमा करिब १५ वटा सम्म विरुवा अटाउँन सक्छ । किबि फलबाट प्रसस्तै आम्दानी लिइरहनुभएका इलाम सुलुबुङ्का कृषक तारामणि खतिवडाका अनुसार यसलाई हिउदमा १५ दिनको फरकमा सिंचाई गर्नुपर्छ । वर्षात र हिउद महिनामा गरी दुई पटक कटिङ् गर्नुपर्छ ।

वर्षको मध्यमतिर अर्थात कार्तिक महिनामा पाक्ने यो फलमा सत्रवटा भिटामिन एउटैमा पाइन्छ । यसको व्यवसायिक खेति गर्नको लागि मध्यम प्रकारको हावापानी उपयुक्त मानिएको छ । अलैचि चिया चिरैतो र तरकारी खेती गर्दै त्यही किबिको पनि खेति गर्न सकिन्छ जसबाट दोहोरो आम्दानी पनि हुन्छ । इलाममा वर्षैनी करिव ५०० जनालाई किबिको खेति विषयमा तालिम पनि दिइदै आएको तारामणि खतिवडाले बताउनुभयो । उहाँका अनुसार यसको बजार एकदम राम्रो छ । कुनै प्रकारको रोगले पनि नभेटेको हुदाँ खेती गर्न सहज छ । अन्य खेतीलाई जस्तो मेहनत पनि वर्षभरि गरिरहन नपर्ने र एकैपटकमा धेरै आम्दानी दिने भएकोले यस खेतिप्रति जनमानसको आकर्षण बढेको खतिवडा बताउनुहुन्छ । एउटै बोटले ४ वर्षबाट करिब ४ सय ५० केजी सम्म उत्पादन दिन्छ । प्रति केजी ५०० पर्ने यस फलको लोकप्रियता पनि बढदो छ ।

food_kiwi_fruitइलाम जिल्लामा मात्र ३८ गाविसमा ६१०० परिवार किबि खेति गर्दैछन् । जिल्लाका १६ हजार कृषकले किबि खेती शुरु गरिसकेका छन् । केहि वर्षयता यस फलप्रति जनमानसको चासो पनि बढ्दै गएको पाइन्छ । व्यवसायिक रुपमा किबि लगाएर इलामको सुलुबुङमा यसलाई आम्दानीको दरिलो श्रोत बनाएका छन् तारामणि खतिवडाले । नेदरल्यण्डबाट विरुवा मगाएर अन्यत्र पनि किबि खेतिको लागि आवश्यक परामर्श दिदै आएका छन् । इलाम जिल्लाका अधिकांश गाविसहरुमा किबि खेति शुरु गरिएको छ । बजारको समस्या नहुने र महङ्गो मूल्यामा बिक्रि हुन थालेपछि किबि खेतीमा किसानको आकर्षण बढेको हो । वातावरण संरक्षण तथा वैकल्पिक उर्जा प्रालिले नेदरल्याण्डबाट बिरुवा झिकाएर किसानलाई किबि खेतीका लागि सहयोग गर्दै आएको छ । इलाम जिल्लामा ३ वर्ष अगाडिबाट किबि खेति शुरु गरिएको हो । शुरुमा त नमुनाको लागि मात्र ल्याइएको थियो । तर यस्को राम्रो माग बढ्यो भन्नुहुन्छ कृषक खतिवडा ।

खाद्य बालिका रुपमा रहेको किबि फलको स्वाद महजस्तो हुने गरेको छ । किबि फलबाट किसानले आम्दानी समेत लिन लामो समय कुर्नुपर्ने झन्झट छैन । फलको वाहिर झुसजस्तो भाग तासेर भित्रको भाग खानको लागि तयार गरिन्छ । किबिफल अत्यन्त भिटामिनयुक्त भएकोले यसको मुल्य पनि बढी पर्दछ । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि यसको माग बढनुले कृषकमा व्यवसायिकता तर्फ अझ आकर्षण बढेको छ । नेपालीका लागि नौलो फल भएपनि काठमाडौ र पोखरामा आउने युरोपेली मुलुकका पर्यटकमाझ लोकप्रिय भएकाले व्यापारीले खरिद गर्दै आएको खतिवडाले बताउनुभयो । । दुध, जाम, जेली, वाइन, बिस्कुट लगायत एक सय बढी खाध्य पदार्थमा मिसाएर खानसकिने भएकाले यसको महत्व बढ्दै गएको छ । बजारको समस्या नभएको राम्रो आम्दानी भएपछि किसान यस खेतीलाई निरन्तरता दिने इलाम जिल्लालाई किबि जिल्ला बनाउने चाहना रहेको किसान बताउँछन् ।

तपाइँको प्रतिक्रिया