दार्जुलाका बाढी पिडितलाई जनप्रगतिशिल मोर्चा बेल्जियमले दियो कार्यक्षेत्रमै गएर सहयोग

Darchula-1

नेपाली जनप्रगतिशील मोर्चा,बेल्जियमले दार्चुलाबासी बाढे पिडितलाई कार्यक्षेत्रमै गएर राहत दिएको छ । मोर्चाले दुइलाख पचासी हजार बराबरको राहत सामग्री दार्चुलामै गएर बाढी पिडितका हातैमा थमाउँदै सहयोग दिएको हो । बाढी पहिरोमा परि आफ्नो बस्ने घर, गरि खाने पसल गुमाउन पुगेका दार्चुलाबासिको पिडालाइ आत्मसाथ गर्दै नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले ११ अगस्त २०१३ का दिन दुइ लाख पचासी हजार बराबरको खाद्यान्न बाढीपिडित समितिका सदस्य एबम राहत संघर्ष समिति दार्चुलाका कोषाध्यक्ष दिल बहादुर कुँवरको अध्यक्ष्यतामा एक भब्य कार्यक्रम आयोजना गरि राहत स्वरुप वितरण गरेको छ ।

IMG_20130814_155649

राहत वितरण कार्यक्रम माप्रमुख अतिथि  पुर्ब सभासद तथा ने क पा -माओवादी का केन्द्रीय सदस्य लक्ष्मण दत्त जोशी थिए ।

IMG_20130811_112306

अतिथिहरु मा दार्चुलाका सहायक प्र जी अ हर्क बहादुर सिंह, नेपाल रेडक्रस सोसाइटी दार्चुलाका अध्यक्ष, उधोग बाणिज्य संघका अध्यक्ष, नेपालि कांग्रेश, माले, राप्रपा ,लगायत अन्य राजनीतिक दलका प्रतिनिधि, क्याम्पस प्रमुख, सुरक्षा प्रमुख गइ स स प्रतिनिधि, पत्रकार, बुद्धिजीवीहरु रहेका थिए ।

IMG_20130811_111957

घटना प्रभावित दार्चुलाको सदरमुकाम बजारमाभएको उक्त कार्यक्रममा बाढी पहिरोमा प्रभावित लगायत दार्चुलावासीको उल्लेख्य रुपमा उपस्थिति थियो । IMG_20130811_112207

IMG_20130811_112532

IMG_20130811_112838

दार्चुला वासी बाढीमा बग्दा युरोपमा रहेरपनि नेपाल र नेपाली प्रतिको मायाले गरेको सहयोग अभियानलाइ मुक्तकण्ठले प्रसंसा गर्दै नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमलाइ सम्पूर्ण दार्चुलावासीको तर्फबाट हार्दिक धन्यवाद प्रकट गरेका थिए ।

IMG_20130811_113115

उक्त कार्यक्रम का प्रमुख अतिथि पुर्व सभासद तथा ने क पा -माओवादीका केन्द्रिय सदस्य लक्ष्मन दत्त जोशीले मोर्चाको अभियानलाइ प्रसंसा गर्दै भने ‘युरोपको सम्पन्न देस बेल्जियममा रहेरपनि दार्चुला वासीको पिडामा एक्यवदता जनाउदै संकलन गरेको राहत रकम दुरुपयोग नहुने गरि पिडित परिवारहरुले तुरुन्त र पूर्ण रुपमा पाउन भन्ने आसाका साथ हाम्रो पार्टी ने क पा -माओवादी जिल्ला संगठन समिति दार्चुलालाइ जिम्मा दिएकोले सोही अनुसार त्यहाँबाट पठाएको रकम बराबरको चामल किनी पिडित परिवारलाइ यो सम्मानित सभामा बितरण गरेका छौं थिए ।

IMG_20130811_113339

देस र जनताको लागि सेवा गर्नेलाइ भूगोलले टाढा राख्नसक्दैन थिए । यो अभियानले झन हाम्रो पार्टी र नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियमलाइ जनताको दुख सुख संग जोड्न थप मद्दत पुगेको छ । यो अभियन्ता नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियमलाइ हाम्रो गौरव साली पार्टीको र दार्चुला वासीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।’  राहत स्वरुप चामलको बोरा मंचबाट लिदै गरेका स्थानीय बाढीपिडित केदार थामीले खुसि हुँदैभने ‘यहिका आफ्नाले बरु हेरेनन् । तर नचिनेकाले पनि यति सहयोग पठाई दिए सारै खुसि छु । ‘

उक्त कार्यक्रममा पूर्ण रुपमा घर बगेर घर बार बिहिन १७७ परिवार, पूर्ण रुपमा पसल बगेर बेरोजगार बनेका १२ परिवार, त्यसैगरि उच्च जोखिममा परेका र बास बस्न समेत समस्यामा परेका ३६ परिवार गरि कुल २२५ परिवार लाइ राहत वितरण गरिएको थियो ।

स्मरण रहोस नेपाली जन प्रगतिशील मोर्चा, बेल्जियमले दार्चुलाका बाढीपिडितलाइ सहयोगार्थ भनि १४ जुलाई २०१३ का दिन बार बि क्यु कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बेल्जियमका झन्डै सम्पूर्ण संघ, संस्था र नेपाली समुदायको भब्य उपस्थिति रहेको थियो । मोर्चाले बाढी पिडित सहयोगको लागि पहिले देखि चालेको अभियान लाइ उक्त बार बि क्युमा उपस्थित विभिन्न संग संस्था तथा नेपाली महानुभाव हरुले यथासक्य आर्थिक सहयोग गर्नु भएको थियो । यसरि आफ्नो आव्हानमा साथ दिएर बाढी पिदितहरुलाई सहयोग गर्नुहुने बेल्जियमबासी सबैलाई मोर्चाका अध्यक्ष प्रेम पाठक र महा सचिव कूल मगरसहित सबैले धन्यावाद एबं क्रितज्ञता जाहेर गरेको मोर्चाको बिज्ञप्तीमा उल्लेख छ ।

सहयोग दाताहरु को नाम र रकम हेर्नुस्

1

2

3

4

 

तपाइँको प्रतिक्रिया