एन आर एन जर्मनीको कार्यक्रममा यसरि भयो सुनियोजित षडयन्त्र र मारपिट

जिवन राई / जर्मनी

writer-pen-11212एनआरएन ग्लोबलको नेपालमा हुनलागीरहेको आगामी महाधिबेसन नजिकिँदै आईरहेको बेला संसारभरि छरिएर रहेको अन्तरराष्ट्रिय समन्वयले जोसिँदै आफ्नो अधिबेशन गर्ने क्रममा जर्मनिमा पाँचजनाले अध्यक्षको उम्मेरदवारी ठोकिदिए । त्यसैले सहमति गरुन भनेर केन्द्रीय अध्यक्ष जिवा लामिछाने तथा संरक्षक राम प्रताप थापा र  केन्द्रीय अध्यक्ष पदका उम्मेदबार अस्ट्रेलियाका अरबपति नेपाली शेष घलेकोपनि उपस्थिति थियो । गत २६ सोमबारका दिन सहमति गराउने प्रयासको नाममा भएको गुण्डागर्दी एन आर एन जर्मनीवासी नेपालीले खुलेर बिरोध गरेका छन् । के भएको रहेछ ?

किन यस्तो भएको हो भनेर त्यहाँका नेपालीहरुलाई सोधियो ।  जिवा लामिछानेले केन्द्रीय अध्यक्ष पदमा  जिताउन भनेर क्याम्पेनिङ गर्दै लिएर हिँडेका शेष घले समेत सहमतीय एनआरएन जर्मन बनाउने अभियानमा लागेका रहेछन् । संरक्षक तथा आगामी कार्यकालका लागि उम्मेदवारी दिएका रामप्रताप थापा, युबा नेता शरण केसी, पुष्प थापा, दिल गुरुङ जस्ता लामो समयदेखि जर्मनी बसेकाहरुको कर्मथलोका रुपमा रहेको जर्मनीमा कार्यक्रम स्थलमै एनआरएन जर्मनीका अध्यक्षका उमेरदुवार विजय मोक्तान र अन्तर्राष्ट्रिय समन्वय परिषदका उमेदवार सुरेन्द्र प्रधान माथी एमालेको भातृसंगठन नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) को जिम्मेवारी सम्हालेका कुम्भराज रेग्मी भन्नेले हातपात गरे भन्ने हल्लाले जर्मनी मात्रै नभै युरोप नै तताईरहेको छ । सो समयमा केन्द्रीय अध्यक्ष जीवा लामिछाने र अष्ट्रेलियाका धनी तथा आगामी अध्यक्षका दावेदार शेष घलेको पनि उपस्थिति रहेको थियो ।’

रात छिप्पिँदै जाँदा रेग्मीले टन्न मादक पदार्थ खाएर लठ्ठिँदै सहमतीको गोप्य बैठकमा छिरी होहल्ला गर्दै आएका थिए । एन आर एन का संरक्षकसमेत रहेका राम थापाको अस्तित्वलाई संकटमा पार्न, उनलाई मादक पदार्थ खुवाएर आफ्नै देशमा बेज्जत गरेर शेष घलेलाई समर्थन जुटाउनु नै त्यो भेलाको उद्देश्य थियो भन्नेहरु धेरै देखिए । होइन भने राष्ट्रिय समानबय परिषदको अधिबेशनमा किन आफुहरु उपस्थित हुनुपर्थ्यो भनेर प्रश्न उठाउँदैछन । तर त्यस्तो खाले योजनाले उल्टो परिणाम दिएपछी हाल स्वयम जिवा लामिछाने समेत तीनछक परेका छन् । यस्तो तल्लो र नीच हर्कतका लागि विभिन्न क्षेत्रवाट विरोध भइरहेको छ ।

उनिहरुलाई निम्तो गरी रामप्रताप थापाको अस्तित्व गिराउन एन आर एन युरोप संयोजक पन्तले चाल खेलेको हो भन्नेहरु पनि थुप्रै देखियो । बिशेष सुत्रका अनुसार उक्त सहमती स्थान नेपाली समुदायबाट धेरै टाढा राखिएको थियो । जुन अध्यक्षको प्रत्यासी मोक्तानको शहरबाट ४४० किमि, हेम्बर्गबाट ५६० किमि, बेर्लिनबाट ६०० किमि, म्युनिखबाट ४५० किमि । तर फ्र्यांकफोर्टबाट भने अन्य शहरको तुलनमा धेरै नजिक थियो । एन आर एन अधिबेशन भनिएको त्यो काइजरलाउटन शहरमा थोरै मात्र नेपालीको बसोबास रहेको बताइन्छ । त्यहाँ किन कार्यक्रम गरियो ? थोरै नेपाली मात्रै उपस्थित हुन सकुन् र एन आर एनलाइ आफ्नो कब्जामा अपर्न सकियोस् भनेरनै हो ।

त्यसो त, निर्वाचन कमिटिले पनि आफुले बोलेको र लेखेका कुराहरु पुरा गरेनन भनी सम्पूर्ण उम्मेरदवारहरुले  निर्वाचन कमिटिको त्यसलाई अर्को एउटा ठुलो भुलको रुपमा ब्याख्या गरेका छन् । हामीलाई पत्र लेख्दा केबल उम्मेदवारहरुमात्रै उपस्थित हुने र उपस्थित नहुने उम्मेदवारको नामावली स्वत: रद्द हुने भनिएकोमा अन्तत: थुप्रै उम्मेदवार आएनन । त्यसमापनि पनि थुप्रै कारणहरु छन । जस्तै शनिबार राती पत्र काटेर सोमबार काममा जानुपर्नेहरुलाई कार्यक्रममा उपस्थित जनाउन असम्भब जस्तै थियो । निर्वाचन कमिटिले धेरै छोट्टो समय र धेरै टाढा कार्यक्रम पारिदिएकोमा उम्मेदवारहरु असन्तुस्ट थिए । गुनासो गरेका थिए ।  धेरैले नेपालीहरु धेरै उपस्थित हुन नसकोस भन्ने उद्देश्यले यस्तो अपायक ठाउँ र अप्ठेरो तरिकाले कार्यक्रम राखेको बताएका थिए ।

उक्त सहमती स्थलमा उम्मेरदवार बाहेक अन्य ब्यक्तीहरुको पनि बाक्लो उपस्थिति रहेछ । तर आ आफ्ना समर्थकहरु। आफ्नो षडयन्त्रलाई सफल पार्न सहयोग गर्न आएकाहरु। यो सब देख्दा पनि मनमा शंका उत्पन्न हुनु स्वाभाबिक हो । जे होस्, उक्त कार्यक्रम करिब सकिन लागिसकिएको थियो । अन्तिम चरणको कार्यक्रम सुरु हुँदै थियो ।  त्यत्तिकैमा त्यो केटोलेएन आर एन जर्मनी अध्यक्ष पदका  उमेदवार बिजय मोक्तानलाई बाहिर लग्यो । बाद प्रतिबाद शुरु भयो। केही समयमा नै बाहिर होहल्ला भयो । केहि साथीहरु बाहिर आए । जुन बेला प्राय साथीहरु कार्यक्रम हल भित्र हुनुहुन्थ्यो ।  हुल्दंगा र भिडन्त भयो दोहोरो । त्यसलाई रोक्ने क्रममा बर्तमान एन आर एन अध्यक्ष पुष्प थापा समेतलाई पछाडिबाट कुटेको सुनियो । तर कसैलाई पनि त्यस्तो चोट पटक नलागेको पनि जानकारी गराए ।

झडप भैसकेपछि सबै जनाले किन त्यसरी हात हालेको भनेर जाइलाग्न थाले । पछि अध्यक्ष पदका पाँच प्रत्याशी मध्येका एक प्रत्यासी नवराज रोस्याराले त्यो केटालाई लिएर मैदान छोडे । एमालेको भात्री संगठन एनडीएफको केही उम्मेरदवारहरु पनि तिसितै बाटो लागे । उक्त गुण्डा एन आर एन युरोप संयोजक कुमार पन्तबाट सन्चालित भएको आशंका  गर्नेहरु पनि थुप्रै भेटिए । किनकि पन्तजी कुनै एक कार्यकाल एनडीएफ जर्मनीको  पदमा रहिसकेका रहेछन ।

रोस्यारा भनेका को हुन त ?

जर्मनीको अध्यक्षका प्रत्यसी रोस्याराले  एन आर एन जर्मनीको निर्बाँचन अचारसंहिता प्रकाशन हुनुभन्दा केही दिन अगाडि मात्र एनडीएफ अध्यक्षबाट रजिनामा दिएका थिए। एन आर एन जर्मनीमा विद्यार्थीहरुको पनि हक चाहिन्छ भन्दै आएका थिए । उनी कुमार पन्तकै ईशारामा अघि बढेको हो भनी उनकै पार्टी भित्रको साथीहरुबिच चर्चा चलेको छ । किन कि रोस्याराको निम्ती एन आर एन बिलकुल नयाँ नभएता पनि उनलाई एन आर एन बारे उति ज्ञान नभएको भन्दा केही फरक पर्दैन जुन स्वयम उनको कार्य पत्रले पनि प्रस्ट पार्दछ ।

रोस्यारा केबल २०११ देखी मात्र यस एन आर एन जर्मनीमा सदस्यको रुपमा प्रबेश गरेका रहेछन । उनी पुर्बी जर्मनीको लाइप्जिक भन्ने शहरमा अध्ययनरत एक विद्यार्थी हुन् । जो नेपालमा एमालेको झन्डामुनी रहँदै असकल साईन्स क्याम्पसमामा विद्यार्थी कालमा ढुङ्गामुडा गर्दै हिँड्थे । उनको यि गुण्डासँग नेपाल देखिनै राम्रो साँठगाँठ भएको थाहा हुन आएको छ । उनिहरु एउटै एनडीएफ जर्मनीको कमिटिमा समेत अध्यक्ष र महासचिब रहदै आएका छन् । र यसरी नै एन आर एन भित्र पनि जर्मनीमा हात जमाउन रोस्याराले आफ्नो बलको रुपमा आफ्नै पार्टीका कमिटिका सम्पूर्ण पदधिकारीहरुलाई उमेदवार बनाएर साथ दिँदै र लिँदै आएको भन्ने कुरा हिजोको घटनामा उपस्थित उम्मेरदवारहरुले प्रस्ट पारिदिएका छन ।

जर्मनीको निर्वाचन कमिटिले आफ्नो आचार संंहिता अनुरुप यस्तो गुण्डा गर्दी गर्नेहरुमाथि कारबाही गरी तिनको उमेदवारीसमेत खारेज गर्नुपर्ने हो । यस्तो गुण्डाहरुलाई नेपाली समाजबाट बहिस्कार गरिनुपर्ने हो । नेपाल देखी उच्च शिक्षा हाँशिल गर्न आएका सोझा साझा नेपाली विद्यार्थीहरुलाई एन आर एनको नारा रटाउँदै आफ्नो पकट बलियो बनोस भन्ने हेतुले सदस्यता बितरण गर्दै एन आर एनमा सहभागी गराइ यिनले एन आर एनलाई आफ्नो राजनीतिक थलो बनाउदै हिंडेको देखिन्छ ।

स्थानीय रिजाल थरका सज्जनलाई फोनमा कुरा गर्दा उनि भन्छन् ‘सर यस्तो गाइजात्रा त म जर्मनी आएको १२ बर्ष भो अहिलेसम्म देखेको छैन ।’ त्यहाँ कसको स्थिति बलियो थियो र किन झगडा भयो बताईदिनुहुन्छ कि भन्ने प्रश्नको जवाफमा उनले भने ‘पाँच उम्मेद्वार मध्ये सबै भन्दा पुरनो र बलियो बिजय मोक्तन हुन् । उनले २००५ देखी एन आर एनको बिभिन्न पदमा बसेर अनुभब बुटुलीसकेको अनी अन्य उम्मेद्वारसँग सहमती गरेर तिन जनाले मोक्तानलाई सहयोग गर्छु भनेर सहमति गरेको कुरा आयोगलाई भन्न जाँदा उक्त गुण्डाले आक्रमण गरेको सुनिएको हो । जब त्यो रेग्मी भाईले मोक्तानजि माथि जाइलाग्नथाल्यो तब मोक्तानलाई अलि पर सुरक्षित ठाउँमा साथीहरुले पुर्‍याएको मैले देखें । त्यति बेला सुरेन्द्र भन्ने मान्छेले मोक्तानलाई आक्रमण हुनबाट बचाएका थिए । महिला तथा केटाकेटीहरु समेतको उपस्थितिमा त्यस्तो हर्कत देखाउनु त्यो पनि एन आर एन ग्लोबलको बहालवाला केन्द्रीय अध्यक्षको उपस्थितिमा यो भन्दा लज्जास्पद कुरा के हुन सक्छ र ?’

 

 

तपाइँको प्रतिक्रिया