घाम ताप्न आएकालाई बोलाएर एन आर एनको विशेष भेला भन्ने ?

बिमल क्षेत्रीरडिङ्ग, बेलायत

image (2)गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष महेन्द्र कंडेलको समूहले आइवार गरेको एक भेलालाई बेलायतबासी नेपाली समुदायले गाइजात्राको संज्ञा दिएका छन । एनआरएन युकेको बिधानमा हुदै नभएको पद बरिष्ठ उपाध्यक्ष सृजना गरेर कंडेलले सबैलाई चकित पारेका छन् । एनआरएन युकेको २७ जनाको कार्यसमिति मध्यबाट सो भेलामा कंडेल मात्र एक्लै उपस्थित थिए । करिब ५० जना सल्लाहाकार भएको एनआरएन युकेका सल्लाहाकार मध्य एक जना पनि सो भेलामा देखिएनन् । कार्यसमितिको झण्डैको सतप्रतिशले एकमत भएर पास भएको निर्णयलाई कंडेल पक्षले अलोकतान्त्रीक भन्दै हिँड्ने गरेका छन् । कार्यसमितिमा उनको पक्षमा आफु मात्र एक्लै छन् ।

सो भेलामा बोल्ने र सहभागी मध्य अधिकांसले यस अघि एन आर एनको सदस्यता समेत लिएका छैनन् । एनआरएनको सदस्य नै नभएका ब्यक्तिहरुको उपस्थितीमा भएको सामान्य भेलालाई बिशेष साधारणसभा भनेर प्रचार गरेपछि थप लाजमार्दो भएको एक सहभागीले बताए । सो भेलालाई बेलायत स्थित नेपाली पत्रकारहरुको समेत बहिस्कार गरेका थिए । सो भेलाको समाचार समेत माओबादी नेता  दधिराज घिमिरेले लेख्ने गरेका छन् । उनले आफूलाई पत्रकार दाबी गरेपनि उनी खासमा माओवादी नेता हुन् ।

भेलालाई बिशेष साधारणसभा भन्दै प्रचार गरे पछि कंडेल पक्ष अझै हास्यपत्र भएका छन् । बिशेष भेला को ब्यानर टासेर उनीहरुले बिशेष साधारण सभा भनेर सर्बसाधारणलाई झुक्काएका थिए । भेलामा भाग लिन इष्ट लण्डनको विलस्वीच पार्कमा घांम ताप्न आएका बुढाबुढीलाई फोटो खिच्ने भन्दै हाल भित्र लगेको एक जना सहभागीले बताए । उनले भने ” खै जाउँ जाउँ भित्र फोटो लिएर आउनु होला भने । भित्र गएको के के न देश बनाउने जस्ता ठुल्ठुला कुरा गरे । खोइबाबु म त केही कुरा बुझ्दीन । ”

भेलामा बोल्ने उपस्थित अधिकांस बक्ताले एनआरएन अस्थितत्व स्वीकार नगर्ने बरु छुट्टै साझा संस्था खोल्नुपर्नेमा जोड दिएका थिए । यस अघि एनआरएन उपाध्यक्ष महेन्द्र कंडेलले समेत रहेको एनआरएन युकेको कार्यसमितिले तय गरेको दस पाउण्ड सदस्यता सुल्क महंगो भएको सहभागीले गुनासो पोखेका थिए ।

यस अघि एनआरएन युकेका अध्यक्ष कुल आचार्यको पहलमा कंडेल समुहलाई समेट्न पटक पटक गरिएको पहल सफल नभएको एनआरएन युके स्रोत बताउँछ  । स्रोतका अनुसार कंडेलले उठाएका मागलाई सम्बोधन गर्न पटक पटक अनौपाचारिक बार्ता भएका थिए । कंडेलले हरेक दिन कुरा फेर्दै आए पछि सहमति हुन नसकेको स्रोतको दावी छ । पहिला २ जना ब्यक्ति निर्वाचन समितिमा थप्नु पर्ने र नंया प्रकृयाबाट निर्वाचन सुरु गर्नु पर्ने माग गरेको कंडेल समूहको मागलाई संस्थापन पक्षले पुरा गर्न तयार भए पछि  निर्वाचन समिति भङ्ग हुनु पर्छ भन्दै बखेडा झिकेका थिए । अहिले आएर सदस्यता शुल्क समेत घटाउनु पर्ने माग गरेका छन् ।

आफ्नै कलेजमा अध्ययनरत हजारौं बिधार्थीका परिचयपत्रको चरम दुरुपयोग गरेर बनाएका हजारौ सदस्यको शुल्क तिर्न हम्मे हम्मे परे पछि कंडेलपक्ष सदस्यता शुल्क घटाउनु पर्ने पक्षमा छ । कंडेल यस अघि एकीकृत ने क पा माओबादीका बेलायतका उपाध्यक्ष थिए । उनले हालै एक अनलाइनलाई अन्तर्वाता दिर्दै आफु परिवर्तनकारी भएको दावी गर्दै अन्य वेलायतबासीलाई प्रतिगामि भएको दावी गरेका थिए । उनले अन्तर्वातामा परिवर्तनकारीहरु आन्दोलनलाई अगाडी बढाउछन अनि प्रतिगामिको निद हराम हुन्छ र बरबराउन थाल्छन भन्दै आफुलाई खरो क्रान्तिकारीका रुपमा उभ्याएका छन । एमाओबादी फुटे पछि उनी बैध पक्षमा लागेका थिए । तर अहिले उनी बेलायत स्थित संघिय समाजबादी पाटीसंग नजिक रहेर काम गरिरहेका छन ।

(तस्विर दधिराज घिमिरेले पठाएको समाचार स्रोतबाट लिईएको हो)

तपाइँको प्रतिक्रिया