एन आर एन बेलायत दुईवटा हुने !

दधिराज घिमिरे / रिडीङ, बेलायत

nrn-uk-01

एनआरएन जननी भुमि बेलायत हो । अरु देशको एनआरएन भन्दा यो देशमा परिस्थिति फरक छन । तहि फरक परिस्थितिमा संसारहरुका एन आर एनहरुमा असहज परिस्थितीहरुको सामाना गरिरहेको अहिलेको परिस्थितीमा बेलायत पनि अछुतो रहन सकेन ।

अगष्ट १७ मा सदस्यस्ता फर्म भर्ने अन्तिम दिन बेलायतको रेडीङ्गमा रहेको कार्यलयमा फर्म दर्ता गर्ने क्रममा देखिएको असहज परिस्थितीले र निर्वाचन आयोगले देखाएको गलत रबैयाले बिवाद भएको हो । बिवादले दुई एन आर एन बनाउने सम्मको बिषयमा चर्को रुपमा उठेको थियो । दर्ता नभएका सदस्यहरुको भेलाले अर्को एनआरएन १५ सेप्टेम्वरकै दिन भेला गर्नुपर्छ भन्ने आवाज उठेको छ । सडकमा उठेको बिषयले साच्चै रुपधारणा गरेमा अर्को एनआरएनको जननी हुने मौका पनि बेलायतले पाउने छ । 

एघार हजार सदस्यहरुको फर्म कार्यलयको ढोकाबाट फिर्ता भई सदस्य हुनबाट बञ्चित हुनु भनेको सायद अन्य कुनै देशमा भएको छैन । यि सबै सदस्यहरुलाई बेवास्ता गरीयो भने सडकमा उठेका आवाजले सांगठानिक रुपधारणा गर्ने छैन भन्न सकिदैन । यि सदस्यहरुको सदस्यता हुन पाउने अधिकारमा एनआरएनको अहिलेका कार्य समितीले आज निर्वाचन कार्यलय अगाडी जस्तै बेवास्ता गर्ने हो भने संपुर्ण बेलायतबासी नेपालीले एनआरएनलाई बेवास्ता गर्ने परिस्थिती आउदैन भन्न सकिदैन । एन आर एन बेलायतले बेलायतको समाजलाई बिभाजन गर्दै छ भन्ने सन्देस बेलायत तथा अन्य मुलुककाप्रवाशी नेपालीहरुमा पर्न सक्नेछ ।

जनतालाई सुचनाको हकवाट बञ्चित गर्ने जस्तो कार्यले बेलायत जस्तो मुलुकमा जनतालाई रैतिको स्थानमा देख्ने नेपाली सामन्ति प्रबृद्धीनै एनआरएनजस्तो प्रवाशी नेपालीहरुको साझा संगठन भित्र रहेकोले आउने दिनमा यो कार्यलाई ध्यान दिनेकुरामा बेलायतबासी नेपालीहरुको माग रहेको पाईयो ।

बेलायतमा लगभग एक लाख भन्दा बढिको सख्यांमा नेपालीहरु रहेको अनुमान गरीन्छ । अहिलेसम्म एनआरएनमा जम्मा तिन हजारको हाराहारीमा मात्र सदस्यहरु रहेको थियो । बिगतको चुनावमा केहि हद सम्म मिलीजुलि गरेरनै एनआरएन बेलायतले आफ्नो परिचय दिएको थियो । तर यो पटक बिगतमा भएको संझौतालाई अहिलेको कार्य समितीलेनै उल्घंन गर्दै सहमतिय बातवरणलाई बिगारेको हो भन्ने बिषयमा बेलायतबासीहरुको गुनासो पाईन्छ ।

nrn-uk-3

उमेद्धारको नाम दर्ता भईसकेको नभए पनि बिभिन्न पार्टीको समर्थन र ति पार्टीका निर्णयबाट अहिलेसम्म तिन जना अध्यक्षको उमेद्धवारी घोषणा भएको थियो । चुनावी सरगर्मिसंगै सदस्यता बनाउने होडबाजी यसरी बढ्यो की दश पाउण्ड राखिएको सदस्यता शुल्कलाई निशुल्क भरियो  र अध्यक्षका प्रत्यासीहरुलेनै सदस्यता शुल्क तिर्ने काम भयो । सदस्यता सोचेभन्दा यति धेरै भयो की बिगतको तिन हजारको हारारीमा भएको सदस्य लगभग १७ हजारको हाराहरीमा पुग्ने अनुमान गरीयो । सदस्य सुल्क उमेद्धारहरुले तिर्ने प्रकृयाको जनस्तर देखीनै बिरोध रहन गएको थियो ।

यहि प्रकृयागत त्रुटीनै एनआरएन बेलायतको बिवादको मुख्य चुरो थियो । किनकी पैसा नहुनेले एनआरएनको नेतृत्वको कल्पना भन्दा बाहिरको बिषय बन्दै जानु प्रवाशी नेपालीहरुको भावानाबिपरीत थियो जुन एनआरएन बेलायतले रोक्न सकेन । एक अध्यक्षको प्रत्यासीले जित्नकालागी थोरैमा पनि ६ हजारको हाराहारीमा सदस्य बनाउनु पर्ने र त्यसको लागी लगभग साट्ठी हजार पाउण्ड सदस्य शुल्क मात्रै लाग्ने हुनाले र अन्य खर्च जोड्दा लगभग एक लाख पाउण्डको हाराहारीमा खर्च हुनेदेखिन्छ । अव बेलायत एनआरएनमा पैसा हावी भयो भन्नेनै बेलायतबासी नेपालीहरुको मुख्य चिन्ता हो । एनआरएन बेलायतमा पैसा नभएका तर बुद्धी र बिबेक भएकाहरुले पनि स्थान पाउने बातवरण निर्माण हुनु पर्यो भन्ने बिषयनै अहिलेको मुख्य चिन्ता हो । यसका साथै एनआरएन सबैको साझा भन्ने गरिन्छ । तर ब्यावाहारमा ठिक उल्टो रहेको पाईयो । किनकी आमुक संगठनका सदस्यहरुले यो संस्थालाई आफ्नो पकडमा राख्न खोज्नुले पनि बिवादले भित्रिरुपमा ठाउँ पाएको हो । 

nrn-uk-02

किन भयो सदस्यता फर्म दर्ता बहिस्कार

चुनावको सदस्यता भर्ने अन्तिम दिन बेलायतको रिडिङस्थित निर्वाचन कार्यालयमा लगभग दुई सयको हाराहारीमा उपस्थित नेपालीहरु सिमसिमे पानिमा भिजेरै भए पनि सदस्यताको लागीलाम बद्ध थिए । एक जनाले १०० फर्म भन्दा बढी दर्ता गर्न नपाउने नियम निर्वाचन आयोगले बनाएको थियो । लगभग ५० जनाको हाराहारीमा फर्महरु लिएर उभिएका थिए भने एक जना दाजुले लौ न मलाई १५ जना चाहियो १५ सय फर्म छ भनेर खोज्दै हुनुहुन्थ्यो । यसरी एउटा उत्साह जस्तै देखीने गरी कामहरु अगाडी बढेको देखीनथ्यो । म आफु अध्यक्षको प्रत्याशीसंगै अलि बढी केन्द्रित थिएँ । उहाँहरु मध्ये दुई जना प्रत्यसीहरुलाई मैले पुरै समय चिन्तित रहेको पाएँ । यो चिन्ता कि त एकता गर्ने भन्ने बिषयमा छ कि त आर्थिक सवालमा छ भन्नेमानै लाग्यो । तर एकाएक अध्यक्षको प्रत्यासी महेन्द्र कंडेलले कार्यालयबाट निस्कँदै निर्वाचन आयोगलाई भरोसा गर्न सक्ने कुनै पनि आधार देखीएन भन्नुभएको थियो । फर्म बुझाउन लाईनमा बस्ने संपुर्णले फर्म फिर्ता दिए । फर्म महेन्द्र कंडेल र सुर्य नेमाङ्गले फिर्ता लिनुभएको थियो । यसरी यो दुबै जनाले फर्म दर्ता कार्यक्रम नै आफुहरुको तर्फबाट स्थगित गरेको जानकारी दिनुभएको थियो । यि दुबै जनाले एघार हजार सदस्यले सदस्यता फर्म भर्न बहिस्कार गरेको जानकारी दिनुभएको थियो ।

के भन्छन त तिनै जना अध्यक्षका प्रत्यासिहरु

योगेन बाहादुर क्षेत्रि

“मेरो मुख्य बिषय भनेको मिलेर जाउं भन्नेनै नै हो । साथिहरुले फर्म बुझाउनु होस म सहमतिकोलागी बार्ता गर्न तयार छु भन्नुभयो ।” लाग्दथ्यो उहाँ साँच्चैनै एनआरएन बिवाद रहित रहोस भन्नेमा निकै चिन्तित हुनुहुन्थ्यो । जुन संभावाना भन्दा बाहीर पुगिसकेको करिव निश्चित छ ।

महेन्द्र कंडेल 

“सहमतिको बिषयमा कुरा गर्दा बेलायतका हरेक नेपालीलाई एउटा बिषयमा मात्रै के थाहा छ भने गएको कार्यकालमा सहमतिकालागी कस्ले कती गर्यो भन्नेनै मुख्य हो । मैले एन आर एनलाई सहमतीकोलागी गरेको योगदानलाई एनआरएनको मुख्य मर्म हो भनेर बुझ्न नसक्नुनै सहमतिको बाधक हो । अहिलेको बिवाद भनेको निर्वाचन आयोगनै आफुलाई हाराउनकोलागी परेको प्रमाण र तथ्यहरु रहेकोले बेलैमा सचेत हुदैं आयोगको बिस्तार गर्दै सबैको बिश्वासको बातवरण बनाउनको लागी आफुले माग गरे पनि यो बिषयमा छलफलनै गर्न नखोज्नुनै मुख्य प्रमाण रहेको बताउनु भयो ।”

सुर्य नेम्वाङ

“सहमती भन्दा पनि एनआरएन बेलायतको लिने नितीको बिषय मुख्य हो । सदस्य बनाउने बिधिमा मन परेको छैन । पैसा हुनेले मात्र चुनावमा जाने प्रकृया गलत छ । एनआरएन बेलायत दुई वटा बन्ने छ हामी त्यही प्रकृायामा जानेछौं । ”

आज बेलायतमा बाहिर भाषणहरु भए बहिस्कार गर्नेहरुले आफुहरुसँग एघार हजार सदस्य रहेको र एघार हजार सदस्यले सदस्य भर्नबाट बाहीरीएको जानकारी दिदै गाडीहरुमा फर्महरु देखाउँदै थिए । तर भित्र के भएको छ पत्रकारको हैसियतले जानकारी पाउँ भन्दा भित्र जाने अनुमति दिईएन । फर्म भर्ने समय सकियो भनेर भनियो । तर कति फर्म दर्ता भए भनेर भनिएन । यो प्रकृयाले निर्वाचन स्वछ नहुनेनै रहेछ भन्ने जनायो ।

त्यहाँ त्यत्रो बिवाद भएको छ । एनआरएन बेलायतका सदस्यहरुले मिलाउने कुनै पहल गरेको पाईएन । बिवाद सामाधान गर्नको लागी कमसेकम पहल हुनुपर्छ । एकआर्कालाई हिलो छ्याप्ने प्रबृद्धीले बेलायतमा प्रसस्त ठाउं ओगोटेको पाईयो ।

बेलायतमा नेपालीहरुको चिन्ता भनेको एन आर एन बेलायत साझा संगठन होस मात्र केहि पार्टीको कठपुतली नबनोस भन्ने रहेको छ । यो बेलायतबासीको चिन्तालाई कसरी लिने छ भन्ने बिषयमा अहिलेको बिवादलाई सामाधान गर्ने बिधीमा भरपर्ने छ । यदि दुई एन आर एन बेलायत बिभाजित भयो भने कुनलाई आधिकारीक एनआरएन मान्ने अन्योल छ । किनकी एउटा पक्षसगं चार पांच हजार सदस्यता छ भने अर्को पक्षसगं दश एघार हजार सदस्य छ भन्ने दावी रहेको छ । यो दुई दावीलाई एकता गर्ने दुरदर्शिता अहिलेको कार्य समितीमा छ की छैन मुख्य चुनौति बनेको छ ।

(समाचार स्थलगत रिपोर्ट तथा बिश्लेषक क्रान्तिकारी पत्रकार संघ,यूरोपका संयोजक हुन्)

तपाइँको प्रतिक्रिया