पिडितका नाममा स्पेनबाट चार तारे झण्डाको फेरि राजनिति

congress-flag-on-bodyस्पेनमा एक जना नेपालीको म्रित्यु भयो । उनको म्रित्युको खबर दिँदा एन आर एनका सदस्य, आइसिसि सदस्य र यस्तै अन्य सामाजिक संस्थामा आबद्द भनेर उल्लेख थियो । तर झण्डा भने नेपाली कांग्रेसको चार तारे ओढाएर अन्तिम संस्कार गरियो भन्ने उल्लेख रहेछ । नेपाली जन संपर्क समिति भनेको त नेपाली कांग्रेस वा कुनै पार्टी होइन । गैह्र राजनितिक संगठन हो । गैह्र राजनितिक ब्यक्तिलाई, त्योपनि बिदेशमा किन राजनितिकरण गर्ने ? मैले यहि विषयमा नेपालप्लस डटकममा सानो टिप्पणी सहितको लेख लेखें । तर नेपाली जनसंपर्क समिति स्पेनले फेरि प्रेस बिज्ञप्ती सार्वजनिक गरेछ । तर कुन मेडियाले गलत समाचार दियो भन्ने उल्लेख नगरि । मेडियाको नामपनि सार्वजनिक गर्न नक्सने बिचराहरु ।

अनि बिज्ञप्ती सार्वजनिक गर्दा फेरिपनि जनसंपर्क समितिकै नामबाट । अनि कांग्रेसकै नामबाट बकाइदा गर्न किन नसकेको होला ? अन्याय भो पनि भन्ने तर पार्टीको नाम र मेडियाकोपनि लेखेर बिज्ञप्ती जारि गर्न नसक्ने छेरुवाहरुलाई के भन्नु ?

तर अचम्म के भने फेरिपनि ‘ नेपाली काँग्रेसका क्रियाशील सदस्य, यूरो कांग्रेस सल्लाहकार, नेपाली जन सम्पर्क समिती, स्पेनका सस्थापकदेखि हालसम्मका सल्लाहकार र एन आर एन स्पेनका संस्थापक उपाध्यक्ष तथा पूर्व एन आर एन आइ सी सी सदस्य स्वर्गीय रामलाल कंडेललाइ ‘ नेपाली जन सम्पर्क समिती, स्पेनको तर्फ़बाट दिइएको अन्तिम श्रदान्जली भनिएको रहेछ । बिचराहरुले यो बिज्ञप्तीमा राम्रै छलछम गर्न भ्याएछन् । किनकि उनको अन्तिम संस्कार गर्दा नेपाली कांग्रेसको नाम कतै उल्लेख थिएन, उनी संलग्न भएको भन्दै । अहिले उल्लेख त गरेछन् । श्रद्दान्जली दिएकोपनि भने तर कांग्रेसको नामबाट होइन कि नेपाली जनसंपर्क समितिको नामबाट ।

श्रद्दान्जली नेपाली जन संपर्क समितिले दिने अनि झण्डा चाहिँ नेपाली कांग्रेसको ओढाउने ? यो कसरि हुन्छ ? कांग्रेसको झण्डा ओढाउनु थियो भने किन कांग्रेसलेनै श्रद्दान्जली दिन सकेन ? गैह्र राजनितिक संगठनको नाममा श्रद्दान्जली दिने भन्दै बोलाएर झोलाबाट सुटुक्क चार तारे झण्डा निकालेर किन ओढाईयो ? कि हाकै भन्नु पर्‍यो ‘नेपाली जन संपर्क समिति भनेको नेपाली कांग्रेस नै हो’ भनेर । नाम नेपाली जन संपर्क भन्ने, त्यसैका नाममा नेपालीलाई बोलाउने । अनि झण्डा चहैँ खुसुक्क कुनै पार्टीको झिकेर ओढाउने गर्न पाइन्छ ? पार्टीगत नाममा भए पार्टीक आउँछन् । वा पार्टीगत रुपलेनै सोचेर आउँछन् । गैह्र राजनितिक रुपमा बोलाउँदा राजनितिमा चासो नहुने सबै नेपाली समूदायका रुपमा आउँछन् । के यसले फरक पार्दैन । प्रवाश बसेर राजनितिका नाममा बिज्ञप्ती जारि गर्दै हिँड्नेलाई यत्ति ज्ञानपनि नभए के राजनिति गर्छौ के नेता हो ? लाज लाग्दैन ?

के नेपाली कांग्रेसलाई स्पेनमा त्यति बदनाम गराईसके कि कांग्रेसको नाम लियो भने कोहि उपस्थित हुन्न ? शिर झुक्छ ? नत्र श्रद्दान्जली आयोजक एउटा गैह्र राजनितिक संस्था तर ओढाउने सुटुक्क कांग्रेसको झण्डा निकालेर किन ? गैह्र राजनितिक मन्छेलाई राजनितिक बनाउनुहुन्न भन्दा कसरि आँच आउने रहेछ उनको ब्यक्तित्वमाथि ? कि हरेक मानिसको योगदान पार्टीको झण्डाले मात्रै मूल्यांकन गर्छ भन्ने भ्रम छ राजनिति गर्छौं भन्नेहरुलाई ? यदि राजनितिले मात्रै आफ्नो योगदानको मूल्यांकन हुने भए उनी किन गैह्र राजनितिक क्षेत्र, संस्थामा आबद्द भएछन् ? पार्टीको झण्डामुनि ओत नलागे कामको मूल्यांकन हुन्न भने किन उनी संलग्न भएका संस्थाको नामको फेहरिस्त दिनुपरेको हो त बिज्ञप्तीमा ?

पार्टीका झण्डामुनि गोलबन्द नभै दिईने समाचारहरु के समाचार होइनन् ? ओहो स्पेनका कांग्रेस नेताले  क्या बुझेका रहेछन् पत्रकारिताको परिभाषा र मर्म । कि बाहिर देख्दा मेडिया चलाएझैं गर्ने तर भित्र पार्टीको निर्देशन बेगर एक शब्दपनि नलेख्नेहरुकै निर्देशनमा प्रबाशका खबर लेखिएभने मात्रै प्रवाशका मेडिया सहि देखिने हुन् ? जनसंपर्क समिति स्पेनले फेरिपनि काईते पारामा बास्तबिकता नखोलि सार्वजनिक गरेको बिज्ञप्ती हेर्नुस् ।

प्रेस बिज्ञप्ति

August 13, 2013 

नेपाली काँग्रेस का क्रियाशील सदस्य , यूरो काँग्रेस सल्लाहकार, नेपाली जन सम्पर्क समिती, स्पेन का सस्थापक देखि हाल सम्मका सल्लाहकार र एन आर एन स्पेन का सस्थापक उपाध्यक्ष तथा पूर्व एन आर एन आइ सी सी सदस्य स्वर्गीय रामलाल कंडेल लाइ नेपाली जन सम्पर्क समिती; स्पेन को तर्फ़ बाट दिइएको अन्तिम श्रदान्जली को बिषयलाइ लिएर केहि अनलाइन मेडियाहरु ले नेपाली जन सम्पर्क समिती र स्वर्गीय राम लाल कंडेल को व्यक्तित्व माथि आच आउने गरि प्रकाशित समाचार प्रति नेपाली जन-सम्पर्क समिती; स्पेन को गम्भीर ध्यानाकर्षण भएको छ |

नेपाली हरु बिदेशिनु नेपालीहरु का लागि कुनै नया कुरा होइन. बिदेशिनु सबैका लागि समान कारण हरु नहुन पनि सक्छन. उसले बिदेशमा बसेर आफ्नो मातृभूमि र नेपाली समुदायलाइ पुर्याएको योगदान लाइ बिना मुल्यांकन अनर्गल रुपमा ब्याख्या गरिनु गलत हो. प्रबाश मा बस्ने नेपाली ले आफ्नो मातृभूमि र नेपाली समुदाय बीच को सम्बन्धलाई प्रबाश बाट संचालन हुने मेडियाहरु ले नै प्रबाशी नेपालीहरु को त्याग र अवस्था बुझ्न नसक्नु निकै दुख लाग्दो कुरा हो|

स्वर्गीय रामलाल कंडेल बिगत लामो समय देखि स्पेन मा रहदै आउनु भएको र नेपाली समुदाय बीच निकै लोकप्रिय व्यक्ति हुनु हुन्थ्यो . स्पेन मा नेपालीहरु संगठित हुनु पर्छ भन्दै स्पेन कै सबै भन्दा पुरानो नेपाली सस्था नेपाली जन सम्पर्क समिति, स्पेन गठन प्रकिया देखि एन आर एन स्पेन, चितवन समाज लगायतका अन्य संघ सस्था मा उहाले हाल सम्म तन, मन र धन ले पुर्याउनु भएको योगदान को उच्च मुल्यांकन र कदर जन सम्पर्क समिति, स्पेन लगायत सम्पूर्ण स्पेन बसी नेपाली समुदाय ले गर्दछ|

यस दुख को घडी मा स्वर्गीय रामलाल कंडेल को कार्य को उच्च मुल्यांकन गर्दै नेपाली जन सम्पर्क समिति, स्पेन ले गरेको सम्मान पूर्ण अन्तिम श्रदान्जली लाइ भ्रामक उप बाट समाचार सम्प्रेसन गरिएको प्रति उक्त समाचार को नेपाली जन सम्पर्क समिति, स्पेन खण्डन गर्दै मेडिया हरुले वास्तविक अवस्था बुझी समाचार सम्प्रेषण गर्न नेपाली जन सम्पर्क समिति, स्पेन अनुरोध गर्दछ |

चिन्तामणी सापकोटा
अध्यक्ष
नेपाली जन सम्पर्क समिति,स्पेन
www.janasamparkaspain.com

 

तपाइँको प्रतिक्रिया