बलात्कारिलाई बदला

ददिराम सापकोटा

साँझमा एक्लै बाहिर निस्कन महिलाहरुले डराउनुपर्छ। एकलासको बाटो हिड्नुपरे दश पटक सोच्नु पर्छ। वरिपरि बस्ति नभएको ठाउ पार गर्नुपर्दा दाजुभाइ कोही भरपर्नेको साथ चाहिन्छ। पुरा बिश्वास नभएका पुरुषसग तर्केर हिड्नुपर्छ। कतै बलात्कृत पो भ इन्छ कि भन्ने डरले यस्ता अक्किलहरु अपनाउनु महिलाहरुको बाध्यता हो। हामी मानिसहरुले हाम्रो भ्न्दा भिन्न जिवहरुको दुनियामा त्यति ख्याल गर्दैनौ। तर मानिसहरुमा हुने यस्तो कृयाकलाप जिवजन्तुमापनि हुने गर्छ। तर चाखलाग्दो पक्ष के छ भने बलात्कृत हुन बाट बच्न जिवजन्तुहरुले झन धेरै जुक्तिहरु अपनाउने रहेछन भन्ने तथ्य पत्ता लागेको छ।

हुन त यौनावस्थामा पुगेपछि वा यौनाकाक्षा जागेपछि वरिपरिका भाले मध्ये उपयुक्त भाले रोज्नु उत्तम बिज छान्ने एउटा गतिलो उपाय हो। अन्य भालेबाट बलात्कृत नहुने उपाय पनि। तर पोथीहरुले यो तरिका अपनाउन नपाउदै बलात्कृत भएमा के गर्ने? यस्तो अवस्थामा इक्षा बिपरितका गर्भ रोक्ने अक्किलपनि हुन्छन जिवजन्तुका। पहिलो तरिका त पोथीहरु आफुले नरुचाउने वा इच्छा बिपरितका भालेहरु भएतिर जादैनन। नजिकपर्दापनि भग्ने गर्छन। टाढा बस्दाबस्दैपनि पोथीलाई लखेटेर भाले जबर्जस्ति पोथीमाथि चढ्यो भने कारुणिक स्वर निकालेर कराउछन। अथवा आफ्नो प्रेमी भाले भए उसलाई सुनाउने र नभएमा वरिपरिका अन्य बलियासग हारगुहार माग्ने गर्छन। यो स्वर सुन्नासाथ पोथीको रोजाईका मुली भाले वरिपरि भए उ बुर्कुसी मार्दै आएर बलात्कारी भालेलाई गल्हत्याउछ। तर यो तरिकालेपनि सधै काम अग्र्छ भन्ने निश्चित हुदैन।

 त्यस्ता भाले टाढा भएकाले पोथीको वेदनालाई नसुन्न सक्छन। यस्तोबेला के गर्ने? पोथीसग यसकापनि अक्किल छन। यस्तो बेला त्यस्ता भालेले योनीभित्र छोडेको विर्यलाई पोथीले बाहिर फालिदिन्छे। कहिलेकाहि त पोथीहरुले भाले नओर्लदै तल फालिसकेका हुन्छन। सभवत यो तरिका चराहरुमा मात्रै नभएर गाई, भैसी, बाख्रा, घोडा लगायतका जनावरहरुमापनि लागू हुन्छ। किनभने गाउघरमा यस्ता पाल्तु जनावरलेपनि अली कमजोर वा साना भालेहरुले चढ्ने प्रयासगर्दा दौडिने, पुठ्ठा दाया बाया हल्लाएर भालेलाई आफ्नो शरिरमा अडिन नदिने, खुट्टाले हान्ने गरेको प्रशस्त देखिन्छ। पोथीले सभोग गराउदानै कुन भालेको विर्य डिम्बसम्म पुग्न दिने र कुन चाहिको नदिने निर्डय गर्न सक्छे आफ्नो प्रजननको मार्गमै छेकबार गरेर।

कतिपय अवस्थामा त पोथीले भालेहरुको जबर्जस्ति, करकाप र कुनै सकेतबिनानै थाहा पाउछे भालेहरुबिचको बिजको भिन्नता। त्यो कसरि पत्ता लगाउछे भन्ने चाहि रहस्यमयनै छ अहिलेसम्मकालागि। यौनागको सतहमा विर्य चलखेल गर्न थालेपछि पोथीको प्रजनक तन्तु (रेप्रोडक्टिभ टिस्यु)ले ति स्विकारगर्न उपयुक्त छन कि छैनन थाह पाउछ। भालेहरुलेपनि पोथीहरुले आफ्नो विर्य सकभर धेरै प्रयोग गरुन भन्ने चाहन्छन। त्यसैले भालेहरुले सकभर धेरै विर्य छोड्छन पोथी यौनागभित्र। पोथी यौनागको वरिपरि तैरिने तिनमा फरकफरक खाले प्रोटिन हुन्छन। त्यो विर्यमा हुने प्रोटिन पोथीकालागि मानिसको हातका चक्र जस्तै हुन। अर्थात यस्तो प्रोटिन हरेक भालेका फरक फरक हुन्छन। पोथी यौनागले तिनलाई स्पष्टसग पढ्न सक्छन। पोथीहरुले ति विर्यबिचको भिन्नता पत्ता लगाउछन। भालेको लखेटाईबाट थाकेर भाग्न नसक्दापनि पोथी बाध्यताले भालेका अगाडि लम्पसार परिदिन्छे।

यस्तो बाध्यकारी यौनबाट बस्न सक्ने गर्भ रोक्न भालेका शुक्रकिटहरु रोकिदिने उपाय हुनुपर्छ अन्य जनावर र जिवमापनि भन्छन वैनिकहरु। तिनलेपनि सायद कुखुराले जस्तै विर्य पाखा लगाइदिन्छन। अथवा ति जिवसग ज्यादै कम्प्लिकेटेड प्रजननद्वार हुनुपर्छ जसलाई तिनले पहिचानगरि भित्रजानै दिदैनन।

स्रोत: टिम बिर्कहेड, पेनीस पावर, बीबीसी वाइल्डलाईफ, अप्रील २००२

तपाइँको प्रतिक्रिया