यति लामो किन?

duck-sex-argentinian-duck-panis-powaer.jpgददिराम सापकोटा

 अघिल्लो लेखमा भनियो कि हाँसहरुको लिंग निकै लामो हुन्छ। अर्जेन्टेनियन लेक डक भनिने भाले हाँसको त ४२ सेमी सम्म लामो हुन्छ। प्रश्न उठन सक्छ शरिर भन्दा लामो लिंगको उपयोगिता के ? शरिर भन्दा पनि लामो लिंग कसरि बस्छ ? हुनत भाले र पोथीको लिंगलेनै यौन द्वन्द बढाउँछ। किनकि भाले र पोथीको बंश फैलाउने विकासको चाखनै फरक हुन्छ। त्यसैले जिवजन्तुको लिंग र योनीको बनावट अन्य शारिरिक अङ्ग भन्दा विशिष्ठ ढङ्गले बनेको हुन्छ।  

भालेहरु जतिसक्दो धेरै पोथीहरुसंग सम्भोग गरेर धेरै बच्चा फैलाउन चाहन्छन। तर पोथीहरुभने जति सक्यो धेरै भालेका बिजहरु चाखेर सबैभन्दा सुन्दर, स्वस्थ र बलियो भालेको गर्भ लिन चाहन्छन जसले गर्दा आफ्ना सन्ततीहरुपनि त्यस्तै होउन। भालेहरुलाइ पोथीहरुको यो चाखका बारेमा ज्ञान हुन्छ। 

त्यसैले धेरै भालेका शुक्रकिटहरुबिच प्रतिस्पर्धा हुँदा पोथीको योनीमा आफ्नो सबैभन्दा भित्र पसोस भन्ने चाहना हुन्छ। अवश्यनै सतहमा रहेको विर्यभन्दा पोथी अङ्गको गहिराइमा रहेका शुक्रकिटबाट पोथीको गर्भ रहने संभावना बढि हुन्छ। त्यसैले भालेहरुले आफ्ना लिंग लामालामारुपमा विकास गरेका हुन्छन।  

केहि बैज्ञानिकहरुका अनुसार यस्तो लामो लिंगले अरु भालेको विर्य सफा गर्छन। अर्थात आफ्नो लामो लिंगले पोथीको योनीमा रहेका अन्य भालेको विर्य र शुक्रकिटहरुलाई झिकेर फाल्छ। हुनत यसको किटान भइसकेको भने छैन। वैज्ञानिकहरु के कुरामा सहमत छन भने पोथीको गर्भ रहने भागसम्म पुर्‍याउनकालागि भालेहरुले आफ्नो लिंग लामा लामारुपमा विकास गरेका हुन्छन। संभोग नगरेका बेला यस्ता लामा लिग पेटभित्र दोब्रीएर रहन्छन।  तर भालेको यो जुक्ति रोक्ने पोथीकापनि उपायहरु छन। अनेक दुख र कष्ट झेलेर पोथीहरुलेपनि रोगी र कुरुप बच्चा जन्माउन चाहदैनन। आफ्ना बच्चाको बाबु बन्न चाहने भालेहरुमाथि पोथीहरुलेपनि नियन्त्रण गर्न चाहन्छन। त्यसैले पोथीहरुलेपनि आफ्नो प्रजननको बाटो वा शुक्रकिटहरु भित्र छिर्ने मार्ग झन गहिलो पारेर विकास गरेका हुन्छन। 

जिव वैज्ञानिकहरुका अनुसार योनीभित्र पसिसकेको विर्यबाट कुन शुक्रकिट लिने र कुनलाई अस्विकार गर्ने भन्ने निर्डय गर्न सक्छन पोथीहरुले। यो कसरि गर्छन स्पष्ठ भइसकेको त छैन तर त्यो पत्ता लगाउने संयन्त्र पोथीको योनीभित्र हुन्छ भन्ने चाहिँ पत्ता लगाएका छन। खासगरि यो तरिका बाहिरबाट भालेहरुको शारिरिक आकृती हेरेर कुन भाले बलियो र निरोगी छ भनेर पत्ता लगाउन नसक्ने अवस्थामा अपनाउने गर्छन पोथीहरुले। नइछ्याइएका भालेहरुले जबर्जस्ति संभोग गर्दापनि यहि तरिका अपनाउने गर्छन।  

तपाइँको प्रतिक्रिया