ज्यानै जोगाउन मुश्किल परेपछि एन आर एन जापानबाट सामूहिक राजिनामा

nrn-japanपहिले पहिले सम्म त राजनिति भो । दलहरुका आआफ्ना गूटले फरक फरक प्यानल बनाए भन्ने सुनिन्थ्यो एन आर एनमा । अब त आक्रमण हुन थाल्यो । समूहमा आएर ज्यानै जोखिममा पार्न थाले । ज्यान जोगाउन भाग्नु पर्‍यो । बुथ कब्जा गरे एन आएर एन चुनावमा । यस्तो पो सुनिन लाग्यो । एन आर एन जापानको निर्वाचनमा एक पक्षले अर्को पक्षमाथि आक्रमण गरेपछि ज्यानै खतरामा पर्ला भन्ने त्रासले सामूहिक राजिनामा ठोकेछन् । एन आर एन जापानको केन्द्रिय समितिका १२ जना सदस्य, तिनै जन सलाहकार र दुबै आइ सिसि सदस्यले एन आर एन केन्द्रिय अध्यक्ष जिवा लामिछानेसमक्ष राजिनामा दिएछन् ।

एन अर एन जापानको कान्तो (टोक्यो क्षेत्रको) अधिवेशन हुँदै रहेछ । निर्वाचन समितिले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने तयारी गरेको रहेछ । यस अधिवेशनमा महामहिम राजदूत पनि रहेछन् । उनैका अगाडि केहि मानिसहरुले उमेद्वारलाई  दुर्ब्यबहार गरेछन् । झाक्कलझुक्कल पारेछन् । बिबाद बढ्दै गएछ । पेलेर सबै पद लान खोजेपछि हामीलाई मान्य हुन्न भन्न थालेछन्, पाखुरामा बल कम हुने पक्षले । बलियाले तर्सएरपनि पद लाने सुर कसे।  त्यसपछि झन हमला नै गर्न थालेछन् । त्यसपछि त मानिसको भागाभाग शुरु भयो । केहि आतंकित बने । ज्यान जोगाउन मुश्किल परेर भागेपछि आफ्नो नाममा सर्बसम्मत भएको घोषणा गर्न निर्वाचन समितिलाई वाध्य बनाएको आरोप एन आर एन जापानका अधिकारीहरुले लगाएका छन् । 

यस्तो घटना बाहिर लानु हुन्न । सबै थाह पाए भने एन आर एनकै बेइज्जति हुन्छ भनेर प्रयास गरेछन्, गुपचुप राख्ने । त्यसकालागि आन्तरिकरुपमै मिलाउन खोजिएछ । तर पद कब्जा गर्ने र कमजोर पक्षबिच कुरो मिलेन । त्यसपछि एन आर एन जापानका पदाधिकारीहरुलेनै सामूहिक राजिनामा दिने निर्णय गरेछन् । राजिनामापनि कम्ति कडा छ र ? आफ्नो जिउ ज्यानकै सुरक्षाको प्रतयभूति नभएको राजिनामामा उल्लेख छ । तर राजिनामा कर्ताले नबुझेको के छ भने हरेक एन आर एन समितिका मानिसको सुरक्षा केन्द्रले गर्ने हो र ? देशै पिच्छे चुनाव हुँदा एन आर एन अध्यक्ष जिवा लामिछाने गएर सबैको सुरक्षा गरिदिने हो र ? बरु त्यस्तो परिस्थिति स्रिजना नहोस् भनेर किन संवन्धित देशको सुरक्षा निकायसित सुरक्षा माग्न सक्दैनन् ? ‘हामी असुरक्षित भयौं, सुरक्षा देउ । कार्यक्रममा आक्रमण हुन लाग्यो ‘ भनेर सुरक्षा मागेको भए त जापान सरकारले के सुरक्षा दिने थिएन होला र ?

तर यस्तो आक्रमणको घटना नयाँ भने होइन रहेछ । खास गरि दुई तिन वर्षदेखि यस्तो हुँदै आएको रहेछ । नेपालीका सार्वजनिक कार्यक्रममा हुलहुज्जत गर्ने, आक्रमण, धम्कि, कुटाकुट, गोदागोद हुँदै आएको रहेछ । एन आर एन जापानको निर्वाचनमा भएको अहिलेको घटनापनि त्यसैको निरन्तरता मात्रै रहेछ । यो कुरो राजिनामाकर्ताहरुले राजिनामा पत्रमै उल्लेख गरेका छन् । एन आर एन जापानका पदाधिकारीले एन आर एन अध्यक्ष जिवा लामिछाने समक्ष बुझाएको सामूहिक राजिनामा पत्र हेर्नुस्, जस्ताको त्यस्तै —

आदरणीय जिबा लामिछानेज्यु

अध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

*बिषय: सामुहिक राजिनामा सम्बन्धमा***

उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्देशन बमोजिम राष्ट्रिय समन्वय परिषदको महाधिवेशनको तयारिको सिलसिलामा कान्तो (टोक्यो क्षेत्रको) अधिवेशनको दौरानमा निर्वाचन समितिले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने तयारी गरेको थियो। यस अधिवेशनमा महामहिम राजदूत कै अगाडि अराजक तत्वले उमेद्वारलाई  दुर्ब्यबहार र सांघातिक हमला गरी आतंक सिर्जना गरि बलपूर्वक आफ्नो नाममा सर्बसम्मत भएको घोषणा गर्न निर्वाचन समितिलाई वाध्य बनाएको थियो ।

विधि विधानले चल्नु पर्ने हाम्रो जस्तो सँस्था भित्र भएको उक्त घटना बारे उपस्थित सबैले गलत महसुस गरे पनि आँफू र आफ्नो परिवारको सुरक्षाको कारणले स्वतन्त्रता पुर्वक आफ्नो विचार व्यक्त गरि कार्य सम्पादन गर्न समेत असंभव भएकोले हामी तपसिलका कार्यसमितिका बहुमत सदस्य तथा सल्लाहकार आयिसी सी सदस्य र प्रतिनिधि हरुले यहाँको सामु सामुहिक राजिनामा पेश गरेका छौ| जब सम्म निर्भयका साथ आफ्नो अन्तरआत्मको आवाज व्यक्त गर्न र सो गर्दा आफ्नो जिउ धनको सुरक्षाको प्रत्याभूती हुदैन तब सम्म गैरआवासीय नेपाली संघका कुनै अभियानमा सामेल हुन वा सार्वजनिक सभा समारोहमा उपस्थित हुन असमर्थ
भएको भएको व्यहोरा समेत निबेदन गर्दछौं |

जापान भित्रको कुरा यहाँ नै मिलोस भन्ने चाहाना अनुसार हामीले हदै सम्मकोप्रयत्न गर्यौ। यस्तो स्थिति सार्वजिक हुदा समग्र एनआरएन अभियानमा असर गर्ने प्रती हामी सचेत थियौं। तर पनि धैर्यताको पनि सिमा हुने रहेछ। जापानवासी नेपाली समुदायमा बिगत २-३ बर्ष देखि यता चाहे नेपाल फेस्टिवल होस चाहे एनआरएनका राष्ट्रिय, क्षेत्रिय अधिवेशन हुन् अथवा अन्य संघ सस्थाका अधिवेशनहरुमा समेत हुल हुज्यत गर्ने, आतंक सिर्जना गर्ने, अराजकता सिर्जना गरि जबर्जस्ति गर्ने तर त्यस बापत कुनै कारबाही अथवा सामाजिक आबाज समेत नउठेकोमा “*बुढी मरी भन्दा पनि काल पल्क्यो*” भने झैँ भोलि जापानवासी नेपाली समुदाय कुन दिशा तर्फ अगाडी बढ्ने हो, त्यता तर्फ सचेत गर्दछौं ।

विधिको शासन भएको देशमा सम्पूर्ण नेपालीको हितको खतिर अराजकता, दण्डहिनता र गुण्ड गर्दी बिरुद्द एकजुट हुन समेत सबै पक्षलाई आग्रह गर्दछौ|  यसको लागि सम्पूर्ण मेडियाका साथीहरु, अग्रज, बुद्दिजिबी तथा अन्तर्राष्ट्रिय समन्वय समितिका साथीहरुबाट पूर्ण सहयोगको अपेक्षा गरेका छौं ।

*सामुहिक राजिनामा दिने एन आर एन जापान केन्द्रिय कार्यसमितिका पदाधिकारी
सदस्य हरु

१)  बिष्णु रेग्मी उपाध्यक्ष एन आर एन जापान

२)  डिलाराम खरेल, उपाध्यक्ष एन आर एन जापान

३)   डा राजेन्द्र प्रसाद पराजुली रास्ट्रीय संयोजक, एन आर एन जापान

४)    सरोज कंडेल, सचिब,  एन आर एन जापान

५)    राजु ढकाल, सचिबालय सदस्य, एन आर एन जापान

६)   देविलाल भण्डारी, केन्द्रिय सदस्य, एन आर एन जापान

७)  डी पि कंडेल केन्द्रिय सदस्य, एन आर एन जापान

८)  तुलशी खरेल केन्द्रिय सदस्य, एन आर एन जापान

९)   केशर गिरि , केन्द्रिय सदस्य, एन आर एन जापान

१०) हरि पहरी, केन्द्रिय सदस्य, एन आर एन जापान

११) यशोदा थापा, केन्द्रिय सदस्य, एन आर एन जापान

१२) चिरन्जिबी सिग्देल, केन्द्रिय सदस्य, एन आर एन जापान

*सल्लाहाकार** ***

१. डा राम गिरी

२. जिज्ञान कुमार थापा

३. महेश कुमार श्रेस्ठ

*आई सी सी सदस्यहरु***

१)  रोशन के सी,

२) नम्रता पाण्डे आसिसी महिला प्रतिनिधि

सबै साथीहरुको तर्फ बाट

राजेन्द्र प्रसाद पराजुली

रास्ट्रीय संयोजक

गैर आबाशिय नेपाली संघ

रास्ट्रीय समन्वय समिति जापान

 

 

 

तपाइँको प्रतिक्रिया