फोटोग्राफी मार्फत ईटालीमा नेपाल चिनाउँदै पुष्प केसी
● फोटो : रन्जित मगर, ईटाली
नेपाली फोटो पत्रकारपुष्प केसीलाई यति खेर भ्याई नभ्याई छ । नेपालमा हो र ? ईटालीमा । हाम्रो देशका हिमाली, पहाडी, तराई लगायत बिभिन्न क्षेत्र, समूदायका विविध खाले तस्विर देखाउँदै, वर्णन गर्दै यतिखेर उनी ईटालीमा ब्यस्त छन् ।
अस्ति सोमबार जुलाई १५ का दिन ईटालीको आओस्ता उपत्यकामा शुरु भएको उनको प्रदर्शनी एक हप्तासम्म चल्ने छ । उनको फोटो प्रदर्शनी शुरु भएकै दिन सयौं इटालियालीहरु आएर अवलोकन गरेका छन् ।
एक हप्ते लामो यो प्रदर्शनी आओस्ता भ्यालीका सदस्यहरुले आयोजना गरेका हुन् । यो समूहमा नेपाललाई माया गर्ने, नेपाल र नेपालीप्रति चासो राख्ने ईटालियालीहरु छन् । कार्यक्रमको उद्घाटन त्यस्तै नेपालप्रेमी फाबियो आर्मन्दले गरेका थिए ।
तर पुष्प केसीको फोटो प्रदर्शनी भने आबेले ब्लन्कले उद्घाटन गरेका हुन् । आबेले विश्व प्रसिद्द हिमाल आरोही हुन् । उनले आठ हजार मिटर अग्ला विश्वका १४ वटै हिम शिखरको सफलता पूर्वक आरोहण गरेका छन् । उनले मनास्लु हिमाल आरोहण गर्दा कैद गरेका विविध तस्विरहरुको छोटो डकुमेन्ट्री प्रदर्शनी गरि त्यसको ब्याख्या गरेका थिए । उनले ब्याख्या गर्दै भने ‘नेपाल प्राक्रितिक रुपमा बैभव देश हो जहाँ सुन्दर हिमाली स्रिंखलाहरुको वार कि पार लाम लागेको छ । बिभिन्न संस्क्रिति र सभ्यता बोक्नेहरुको धनी देशपनि हो नेपाल । नेपाल सांस्क्रितिक रुपमा सम्पन्न हिमाली देश भनेर चिनिन्छ ।”
“नेपाल यस्तो देश हो जहाँ जुन सुकै देशका पर्यटकलेपनि विश्वास र भर पर्न सक्छन्’ नेपालको जानकारि दिँदै उनले भने ‘ नेपालीहरु एकदम मित्रवत, हँसिला, सहयोगी र भरोसायोग्य छन् । साह्रै न्युन आधुनिक विकास र स्रोतमा बाँचेका भएपनि ति सधैं मुस्कुराएर बोल्छन्, ब्यवहार गर्छन् ।’
आओस्ता भ्यालीपनि वरिपरि दाँडै डाँडा र हिमाल भएको काठमाडौं र पोखरासित तुलना गर्न सकिने उपत्यका हो । उस्तै खालको भौगोलिक बनावट देखिने भएकालेपनि नेपाल र नेपाली प्रति बढि चासो हुने र नेपालमा विविध सामाजिक सहयोग दिएर ऐक्यबद्द्ता र माया अनि मित्रता बढाउन चाहेको हिमाली हिरो आबेबेले बताए । उनीहरुले हामी र नेपाल भन्ने सामाजिक संस्था मार्फत अहिलेनै शिक्षाबाट बञ्चित केहि वालवालिकाहरु जम्मा पारेर काठमाडौंमा सहयोग गरिरहेका छन् ।
नेपाललाई राम्रोसित नबुझिकनैपनि आकर्षित भएर एक हप्ते प्रदर्शनी गर्न आफ्नो ग्यालरी दिएका लिभियो मुनिएले आफुले सुनेकै भरमापनि नेपालप्रति ज्यादै माया र चासो लागेको र अब छिट्टै नेपाल भ्रमणमा जाने अनुभव सुनाए ।
त्यस क्षेत्रमा बौद्दिक ब्यक्तित्वका रुपमा नाम कमाएका चो गालले नेपाल र नेपालीको माया र सुन्दरता मुटुमा भिजेकाले आफु पटक पटक नेपाल गएको र त्यस्तै सुन्दरता लिनका लागि अन्य ईटालियालीहरुलाईपनि नेपाल जान हौशला दिए । पुष्प केसीका तस्विरहरु ईटालीमा हेर्दा पाउँदा आफुहरुले नेपाललाई झन बढि चिन अपएको भन्दै प्रशंसा गरेका थिए ।
प्रदर्शनीको उद्घाटनमै ईटालीका बिभिन्न क्षेत्रका ८० उच्च ब्यक्तित्वहरु निम्त्याइएका थिए । युरोपमा चौथो पटक फोटो प्रदर्शनी भएपनि प्रथम पटक ईटालीमा आफुले आफ्नो देशका तस्विरहरु प्रदर्शन गर्न पाएकोमा फोटोग्राफर पुष्प केसीले हर्ष ब्यक्त गरे । यस अघि उनको फोटो प्रदर्शनी फ्रान्सको पेरिस, स्टासवर्ग र नोजँ सुर वाज भन्ने ठाउँमा भैसकेको छ ।















