निर्वाचनमा हारेपछि भित्रभित्रै बखेडा झिक्ने तयारि
● सन्तोष न्यौपाने / बेल्जियम
एन आर एन बेल्जियममा अहिले पराजित समुहले ३४ मतको बखेडा झिकेर फेरि कोलाहलको सिर्जना गर्दैछन । त्यसमा विषेशत पर्दा अगाडि गंगाधर गौतम र पर्दा पछाडि अन्य उम्मेदवारहरु देखापरेका छन । जुन अत्यन्तै लज्जास्पद कार्य बनेको छ । पराजित बनेपछि विजयि टिमलाई स्व स्फुर्त रुपमा स्वागत गर्नुपर्दछ । आफनो हार स्विकार गर्न सक्नुनै असल उम्मेदवारको कर्तब्य पनि हो । तर यि उम्मेदवारको समाजिक संजालमा ब्यत्त विचार र ताल देख्दा लाग्छ , यिनिहरु आफनो पद पुर्तिको लागि भाडभैलो गरिरहेका छन ।
गत जन सम्पर्क समिति निर्वाचनमा रक्सिले मात्तिएका गंगाधर गौतमले निकै अवद्र ब्यवहार प्रदशन गरे । मत गणना गरेको स्थलमा भाडभैलो समेत गर्न भ्याएक थिए । प्रेम गुरुगंले लिड गर्न थालेपछि उनले यस्तो हर्कत देखाएका थिए । त्यसपछि आफुलाई सुरक्षा नभएको भन्दै केहि मतगणना टोलि बाहिर निस्किय र मतगणना स्थगन भयो । त्यो क्रममा गौतमले मत नतिजा कुरिरहेका बेल्जियम कांग्रेसका पाका ब्यत्ति पदम अधिकारि माथि कुर्सि प्रहार गरेका थिए । जुन निकै असोभनिय बनेको थियो । तर नेपाली कांग्रेस बेल्जियमको निर्वाचन प्रतिनिधीका रुपमा कांग्रेस केन्द्रिय कार्यालयबाट निर्वाचनकालागि खटिएर आएका अर्जुन जोशि जसले विवाद साम्य त बनाए । तर निर्वानच निर्वाचनलाई बिबादरहित पार्न सकेनन ।
निर्वाचन आयोगले जम्मा ३ मतले प्रेम गुरुगं हारेको नतिजा प्रदान गरयो । जुन गुरुगं पक्षधरलाई मान्य थिएन । त्यस पश्चात सल्कियको आगोको रापले अहिले गौतम स्वयमलाई पोलेको छ । यो प्रसगं ठिक अहिले एन आर एन निर्वाचलमा जोडिएको छ । गौतमले नियोजित रुपमानै यो कार्य गर्न खोजेको भन्नेहरु बेल्जियममा प्रस्तत देखापरेका छन । लुभेनबाट ३४ मतपत्र बढि गयो भन्दै पुन निर्वाचन गर्नुपर्ने उनिहरुको आवाज छ । तर ३४ मत सबै पराजित उम्मेदवारहरुलाई दिदा पनि गंगाधर पक्षले जित्ने सम्भावना छैन । तसर्थ यो ३४ मतको कचकच गर्नु कागलाई पेल पाक्यो हर्ष न विस्मात जस्तै हो ।
गौतमले आफनो हर्कत विर्सनुनै उनले आफुले आफनो नैतिकता गुमाउनु सरह हो । बरु नया टिमलाई सहयोग गरेर शशत्त रुपमा एन आर एनलाई अगाडि लैजानुमा बेस हुन्छ । अर्को तर्फ हारेका ब्यत्तिहरुले आफु किन हारे भनेर समिक्षा गर्नु जायज हुन्छ । त्यो भनेको आगामि एन आर एनमा आफुलाई सबल तुल्याउन सक्षम हुनेछन ।
किन हारे त चर्चित उम्मेदववारहरु ?
सायद गौतमलाई नचिन्ने कमै छन बेल्जियमम । उनले नेपालि नेपाली कांग्रेस बेल्जियममा गरेको हर्कतको कारण नै उनको पराजय बनेको छ । बेल्जियममा अधिकासं कांग्रेस समर्थक ब्यत्तिहरुनै रहेका छन । उनका अन्धभक्तहरुले त उनलाई भोट दिए तर तटस्थ ब्यत्तिहरु भने सहि ब्यत्ति चयनमै लागिपरे । जुन निर्वाचन केन्द्रमा मतदान हाल्न आएका मतदाताहरुको मुख बाट प्रस्ट सुनिन्थ्यो ।
मेरो गोरुको बाह्रै टक्का गर्ने उनले न त समितिलाई मिलाएर लैजान सक्षम बने न त कार्यकर्तालाई नै । यसको प्रत्यक्ष प्रतिफल एन आर एन बेल्जियमको नतिजाले प्रस्ट पारेको छ । दुबै हातमा लड्डु समात्न सधैं संभव हुन्न भन्ने कुरा उनले बुझन सकेनन ।
सायद यसमा उनलाई पर्दा पछाडिबाट समर्थन गर्ने सरसल्लाह दिने ब्यत्तिहरुको कारणले गर्दा पनि उनले आफनो क्षेत्र गुमाएको हुनसक्छ । यसतर्फ उनले ध्यान दिन नसक्नुनै उनको महान कमजोरि रहेको छ ।
पि जि शेर्पा
पि जि शेर्पा पनि विगतमा नेपालि समाजमा राम्रो संग चिनिएका ब्यत्ति हुन । उनका विगतका कार्यहरुले गर्दाखेरि नै गत एन आर एन चुनावमा विजयि बन्न पुगेका थिए । एन आर एनमा राजनिति गर्न हुँदैन र घुसाउनु हुँदैन भन्ने उनको मान्यता कारण नै उनलाई धेरैले राम्रो ठानेर गन निर्वाचनमा आइ सि सि पदमा विजयि बनाएका थिए । तर यो दुई वर्षमा शेर्पाले आपनो बोलिलाई टिकाइराख्न सकेनन ।आइ सि सि पद छँदा छँदै जनजाति महासंघको युरोप संयोजक बने । जातिय वैमनस्यता ल्याएको बेल्जियम वासि नेपालिहरुको आरोप उनिमा छ ।
अझै एन डि एफ बेल्जियमको कार्यक्रमा भिम रावललाई विज्ञप्ति दिदा दिदै पनि जनजातिको समुहले हो हल्ला गर्दै स्थिति असामान्य बनाएको एन डि एफ बेल्जियमका कार्यकार्ताहरुले जनाएका थिए । यो नै उनको लागि हारको प्रमुख कारण बन्यो । मतदान आउने मध्य धेरैले क्षेत्री बाहुनको नाक काटने जिब्रो थुतने संस्थाका मान्छेलाई हामि भोट दिदैनौ भन्नेहरु थुप्रै भेटिएका थिए । सायद उनले पुरानै वर्चस्वलाई टिकाईराखेको भए उनले बरुवाललाई सहज रुपमा पराजित गर्न थिए रहने थिए । यसमा दुई मत नै रहेको थियन ।
कमल भारति बेल्जियममा उनका अपाध्यक्ष पदका प्रतिद्धन्दि सिंखडा भन्दा उनि कम नै भिजेका ब्यत्ति हुन । भारति गत एन आर एनकै निर्वाचनमा कोषध्यक्ष पदमा उठे देखि नेपालि समाजमा अग्रसर भएका हुन । तर विभिन्न सामाजिक कार्यहरुमा अग्रसरता भने सिंखडा जत्तिको देखिदैनन । तसर्थ पनि उनले पराजित हुनुपरयो । राजनैतिक तटस्थ बनेर बेल्जियम समाजमा अगाडि बढेको खण्डमा आगामि निर्वाचनहरुमा उनको जित सुनिश्चित नै रहेको छ ।
तर उनि बस्ने स्थानिथ ब्रुज शहरबाट भने प्रसस्त मत प्राप्त गरेका छन । यसले के देखाउछ भने अरु शहरका नेपालिहरुसंग घनिभुत रुपमा उनले सहकार्य गर्न सकेनन । यसतर्फ उनले विचार पुराउनु उत्तम देखिन्छ ।
जित बहादुर लामा
जित लामा र माधव सापकोटा एकै क्षमता भएका ब्यति हुन । जसले जिते पनि एकै थियो । तर उनले हार बेहोर्नु परयो । किन त । त्यो उनले विस्लेषण गर्नु पर्ने कुरा थियो । गौतम र सापकोटाको राजनैतिक र पारवारिक उदगम थलो भनेकोनै बाग्लुगं जिल्ला रहेको छ । राजनैतिक मात्र नभएर पारिवारि पृण्ठभुमि पनि उस्तै शशत्त रहेको छ । उनलाई गौतम पक्ष्ँको पुर्ण समर्थन रहने पक्का थियो । यो लामा बुझन नसकेको प्रस्ट देखियो ।
तसर्थ उनि निवाएचनमा पराजित बन्नुपरयो । यो त भयो छोटो विष्लेशण जुन बेल्जियमका नेपालीहरुमा देखिएको थियो । तर अब पराजित टिमले विभिन्न बखेडा निकाल्नु भन्दा विजयि टिमसंग मिलेर काम गर्नुनै उत्तम देखिन्छ । अर्कोतर्फ बेल्जियममा प्रमुख रुपमा नेपालि भाषा सिकाई, ढुकुटि समस्या, अवैधानिकहरु वैधानिहक हुने उपायका समस्याहरु,स्थानिय भाष सिकाई जस्ता नेपालीहरुमाझ समस्या ब्याप्त छन । यस तर्फ यहाका ५० भन्दा बढि संघसंस्थाहरुले ध्यान दिएका छैनन । अझ राजनितिमय बनेको एन आर एनको बैठकले माइन्युटमा गर्ने भनेर निर्णय लेख्छ तर कार्यन्वयन भने गर्दैन । यो यहा बस्ने नेपालीहरुका लागि विकराल समस्या रहेको छ ।
अभिभावक संगै आएका बालबालिकाहरु नेपाली बोल्न जानेका हुन्छन तर नेपाली लेख्न र लेखेको पढन चाहि हम्मे हम्मे पर्दछ । यसको लागिनेपाली भाषा कक्षाको अत्यन्त जरुरत छ । यस तर्फ एन आर एनले कहिले ध्यान दिने ? यहि आएका नेपालीहरु जो ३० देखि ४५ वर्ष उमेर समुहकालाई स्थानिय भाषा सिक्न ग्राहो भइरहेको छ । यसको लागि एन आर एनले नै भाषामा दक्ष भएका नेपालीहरुबाट सिकाउन पहल कहिले गर्ने ?
अर्को तर्फ ढुकुटिबाट भासिएका नेपालीहरु थुप्रै छन बेल्जियममा । तर यसको रोकथाम तर्फ एन आर एन लागेको भने पटक्कै छैन । जुन लाजमर्दो कुरा बनेको छ । देश छोडेर विदेशिएका नेपालीहरुले आफनो ब्यत्तित्व विकाश तथा नेपालिहरुको चौतर्फि विकाश तर्फ ध्यान दिनुपर्दछ । नेपाली नेपाली बिचको राजनैनितक फाटो जातिय द्धन्द हुलमुल पक्का पनि जायज छैन ।
यहाँ एक जना नेपालीले केहि गलत काम गरयो भने त्यहाँ देशको नामनै मुछिन्छ । तर राम्रो काम गरयो भने त्यसको प्रत्यक्ष फाइदा नेपाली र नेपाललाई पुग्दछ । विशेष गरेर युरोपमा देशहरुमा रहेका एन आर एन पदाधिकारिहरुले यसमा चासो देखाउदा उत्तम हन्छ । राजनैनिक द्धन्द प्रवाशमा त्यति जायज नहोला अझ त्यो पनि एन आर एन जस्तो पवित्र संस्थामा । सबैमा बेलेमा चेत खुलोस ।





