निसन्तान महिलालाई बच्चा ल्याइदिने चरो !

white-stork-12मानिसलाइ चराले बच्चा ल्यादिन्छ । जन्माईदिन्छ भन्ने सुन्दा कसले पत्याउँछ ? कुनै पौराणिक, धार्मिक किताबको कथा, दन्त्य कथा भन्ने लाग्नु स्वभाविक हुन्छ । चराले मान्छेकालागि बच्चा ल्यादिन्छ भन्दा यस्सो पत्याइहालेपनि ‘ ए ए कुनै अविकशित मुलुकका, धार्मिक मान्छे, अशिक्षित र परम्पराबादीले कुनै धार्मिक आस्थाका आधारमा पत्याएका होलान्’ भन्ने लाग्ला । तर पटक्कै होइन । आधुनिक प्रविधी र विकाशको चरम तहमा पुगेका युरोपकै शिक्षित मानिसहरुकालागि नै हो यो चराले बच्चा ल्याइदिने ।

फोटोमा देखिएकि यि युरोपेली महिला त्यहि याचना गरिरहेकि हुन् । उनले यि चरासित आफूलाई बच्च थाङ्नामा हालेर ल्याइदिन बरदान झैं मागेकि । केहि समयसम्म बच्चा जन्माउन कोसिस गर्दापनि नभएपछि उनले यस्तो गरेकि हुन् । बच्चाको रहर हुँदापनि नपाएका महिलाले यसैगरि सेतो गरुडका मूर्तीलाई समातेर याचना गर्छन् । इन्टरनेटले मित्रता बनाइदिएका एक जना युक्रेनीले युक्रेनमा खिचेर मलाई पठाइदिएको तस्विर हो यो ।

हो, युरोपमा सेतो गरुडले बच्चा नहुने महिलाका लागि थाङ्नामा बच्चा बेरेर पिँढीमा छोडिदिन्छ भन्ने विश्वास गर्छन् । जुन महिलाका बच्चा हुँदैनन् केहि समयसम्म तिनले सेतो गरुडको पूजा गर्छन् । सम्मान गर्छन् । अनि तिनलाई आकर्षित गर्न घर, गोठ र रुखमा गूँड बनाउने उपयुक्त ठाउँ बनाइदिन्छन् । कहिलेकाहिँ आकाशमा उडिरहेको गरुडलाई देख्दा बोलाउँछन् । र भन्छन् ‘आउ मेरो घरको छानामा आएर बस, गूँड बनाउ ।’

कसैकसैले यदि सेतो गरुड घर र छेउछाउको रुखमा सेतो गरुड बसेन भने यस्तो मूर्ति बनाएरपनि घर वरिपरि, करेसामा राख्छन् र त्यसैसित बिन्ति गर्छन् ।

जसको घरको छाना, गोठ वा घर नजिकको रुखमा सेतो गरुडले गूँड बनाउँछ । बस्छ । उसको घरमा सह बस्छ भन्ने विश्वास युरोपमा बाक्लो छ । सेतो गरुड खुशि भएमा, उसको श्रद्दा गरेमा उ खुशि हुन्छ र खास गरि चन्द्रमा लागेर झलमल्ल बनेको रातमा थाङ्नामा बच्चा बोकेर बोकेर पिँढिमा सुटुक्क छोडिदिन्छ भन्ने विश्वास गर्छन् । त्यसैले युरोपका गिर्जाघर, करेसाको रुख, घर, गोठको छानामा सेता गरुडहरुले प्रशस्तै गूँड बनाएको देखिन्छ । तिनलाई मानिसहरुले दख्खल पुर्‍याउँदैनन् ।

एक ताक सेतो गरुडहरुको संख्या घटेपछि युरोपका धेरै मुलुकमा सरकारले तिनलाई दूर्लभ चराको सूचीमा राखेको थियो । केहि वर्षपछि तिनको संख्या बढ्यो र फेरी तिनलाई हाल त्यो सूचीबाट हटाइएको छ ।

सेतो गरुडको संख्या बढाउन सरकारले त्यो बेला यो विश्वासलाई ब्यापक प्रचारप्रसार गरेको थियो । सेतो गरुडलाई दखल पुर्‍याए निसन्तान भइन्छ भन्ने ब्यापक प्रचार गरियो । त्यसपछि मानिसहरुले स्थानिय तहमै यसको संरक्षणमा नाटकिय ढंगले सक्रियता देखाए ।

त्यसैले, हाम्रा कतिपय विश्वास, धार्मिक आस्था र परम्परागत मान्यताहरुले प्रक्रिति संरक्षणमा ठूलो योगदान गर्छन् । भगवान छैन, देउता केहि होइन, आ….. पुराना कथा त हुन् भनेर ति सबैलाइ मिल्काउँदापनि तिनले मानविय हितकालागि प्रतिकूल भूमिका खेलिदिन्छन् । आखिर प्रक्रितिको संरक्षण गर्नुपनि समग्रमा मानविय हितकै पक्षमा हुन्छ ।

 

तपाइँको प्रतिक्रिया