एनआर एन बेल्जियममा सहमती र समझदारीको हाँस्यास्पद नौटंकी

 उज्ज्वल के.सी / लुभेन, बेल्जियम

SONY DSCलामो समय देखि चल्दै आएको एन.आर.एन बेल्जियम नामक सामाजिक संस्था भनिए पनि बिबिध नौटंकी मन्चन केन्द्रको रुपमा स्थापित बन्दै गएको छ । यस संस्थामा केहि समय देखि नयाँ कार्यकालका लागि कार्य समिति चयनका निम्ति सार्वजनिक समारोहहरुमा सहमतीय कार्य समिती चयन गर्नु पर्छ भन्नेहरुनै अन्ततत: चुनावी मैदानमा उत्रिने भएका छन । यहाँ निर सोच्नु पर्ने कुरो के छ भने समाजसेवा गर्न पनि भोट हालेर चयन गरेर जिम्मा लाउनु पर्ने या जिम्मा लिनुपर्ने यो सामाजिक परिपाटी हो या असामाजिक ? केलाउनु पर्ने समय आइसकेको छ । जो आफै आफ्नो र अर्काको भावनालाई सम्मान र संयोजन गर्न सक्दैनन् तिनले समाजलाई के देलान ?

हिजोसम्म गुटबन्दी गर्दैनौ भन्नेहरु आज गुट र घेरा बन्दिको सूची प्रस्तुत गर्न थालिसके । वास्तबमा समाजसेवामा प्रतिस्पर्दा अनुत्पादक छ भन्ने कुरा एन. आर.एन बेल्जियमको बिगतको अभ्यासले लालमोहर लाईदिसकेको अवस्था छ । पुन: त्यहि दोहर्याउनु समाजसेवा होइन मपाइत्वको पेवा बटुल्नु हो ।

सहमती के का लागि ? यदि हामि सभ्य र सामाजिक छौं भने साधारण सभामा उपस्थित सदस्यहरुको माझमा बहुमतले यो यो व्यक्ति हाम्रो समाजको प्रतिनिधित्व गर्न लायक हुनुहुन्छ । ल तपाइहरुले जिम्मेवारी लिनु पर्यो भनेर किन जिम्मा दिन सकिन्न ?  हाँस्यास्पद कुरो त अझ के छ भने दूई तीन कार्यकालमा जिम्मेवार पदाधिकारी भैसकेर पनि केहि लछारपाटो लाउन नसक्नेले कसरी निर्लज्ज भएर अझ बढी जिम्मेवारी लिन खोज्नु कतिको तार्किक र सान्दर्भिक होला ? हिजो सम्म एन.आर.एन बेल्जियमका माता पिता भनेर हरेक भाषणमा नतमस्तक हुनेहरु नै रबिन्द्रमान श्रेष्ट दम्पती मध्येबाट ‘रजनी प्रधानले हैन एन.आर.एन बेल्जियम धेरै बिग्रह आयो । यसलाई सम्याउन म अघि सर्छु ‘ भनेर आएको अवस्थामा फेरि उनकै विपक्षमा खडा हुनुपर्ने अवस्थाको असहमतीको कारण के हो ? ति बिगतका भाषणमा माता पिताका संज्ञा महज चाकडी बजाको मात्रै हो त ?
अहिलेको ताजा अवस्था के हो भने बिगतको चुनावमा घर घर चाहारेर सदस्य बनाउनेहरु यस पालि घर घर, शरणार्थी क्याम्प किन चाहर्न सकेनन त ?यहाँ पनि राजनीतिक रणनीति हावी छ । बिगतमा बनाईएका सदस्य सबै संग सदस्यता रिन्यू वा नयाँ सदस्यता बनाउन अनुरोध गर्ने औकात बाँकि रहेन कुन मुखले भन्ने त ? यो अवस्थाको ठिक बिपरित जाँदा नै सजिलो र फाइदा हुने भो । जे जति आफना छन् उनीहरुकै भोटबाट फेरी पदस्थ बन्ने ? आफ्ना बहुसंख्यक सदस्यहरुलाई उपेक्षा गर्ने वा उपेक्षित हुने जमातबाट भोलि एन.आर.एनको अभियानलाई सार्थक पार्न कतिको सामर्थ्य जन्मेला त ?

संस्थापक अध्यक्ष उपेन्द्र महतोका बिचार र एन.आर.एनको मूल उदेश्यका बखानहरु माइक्रोफोनमा मात्रै होइन व्यवहारमा पनि उतार्न सके एन.आर.एन ले सामाजिक संस्थाको रुपमा कृति कायम गर्ला । अन्यथा गफाडीको गफ केन्द्रको रुपमा अनि किनीएका पत्रकार, संचारकर्मीका संचार माध्यम र स्वनिर्मित अनलाइन संजालको शोभा सिवाय केहि नहुने देख्खिन्छ । जबकी सामाजिक संस्था र समाजसेवी मानव जगतको मनको शोभा हुनु पर्छ र हुनुपर्ने हो ।

तपाइँको प्रतिक्रिया