यस्तो थियो चार दशक अघिको गुरुङ बस्ति

gurung3 jpg

चार पाँच दशक अघि हाम्रा पहाडी भागका गुरुङ बासिन्दाको बस्ति कस्तो थियो होला ? कसरि घर बनाउँथे ? कस्ता पहिरनमा सजिन्थे ? अझै त गुरुङहरुको पहिरन र संस्क्रिति चाखलाग्दो मानिन्छ । त्यो बेला झन कस्तो हुँदो हो ? हामी पछिल्लो पुस्तालाई जति थाह छ त्यो भन्दा बढि जानकारि राख्छन् नेपाल देखे भोगेका फ्रान्सेली । हामी कति कुरा पढेर, सुनेर र फोटो हेरेर बुझ्दै छौं । तर त्यो बेलानै केहि फ्रान्सेलीहरु हाम्रा गाउँ गाउँ घुमेर, तिसँगै महिनौं, वर्षौं घुमेर वास्तबिक चित्र खिचेका, लिएका र चाखेका थिए । यहाँ राखिएका तस्विरपनि त्यहि गुरुङ बस्तिको हो । लम्जुङ जिल्लामा बस्नेहरुको ।

gurung2 jpg

फ्रान्सेली अनुसन्धानदाता क्रिष्चिन सन्  १९७०, ८० ताका नेपाल पुगेकि रहिछिन् । उनलाई गुरुङ बस्ति, गुरुङ समाजले तान्यो । गुरुङहरुको संस्क्रितिले लोभ्यायो । सडक सञ्जाल नभएका बेला उनी पैदलमै लागिन लमजुङतिर । त्यहाँको गुरुङ बस्तिले मन त्यहिँ अड्याइदिएपछि उनी बसिन् गुरुङहरुसितै । र लागिन गुरुङहरुको संस्क्रिति, संस्कार र समूदायको खोज गर्न । पेरिसमा अग्ला अग्ला, आधुनिक सुबिधासम्पन्न भवनमा बसेकि उनलाई यस्ता झुप्राले आकर्षित गर्‍यो । झन यस्तो प्रविधीले घर बनाएको देख्दा छक्क परिन् । र लागेकि हुन् गुरुङहरुको अनुसन्धान गर्न । गत साल पेरिसको उनको निवासमा उनले मलाई तिनै गुरुङहरुको नालीबेली सुनाउन निम्ता गरेका बेला दिएकि हुन् यि तस्विर ।

gurung-1

त्यतिखेर फ्रान्सेलीहरुले पनि रंगिन फोटो कमैले खिच्थे । त्यसैले क्रिष्चियनलेपनि श्यामश्वेत रङमै फोटो लिएकि रहिछिन् । ‘हाम्रोमा त त्यो बेलानै एउटा घर बनाउन महिनौं अझ वर्ष लाग्थ्यो । एउटा घर बनाउन सयौं ज्यामी, कालिगढ चाहिन्थे । गुरुङ गाउँमा त एकै जनाले आनन्दसित घर ठड्याउने रहेछ । म त त्यो देखेर जिल्ल परें’ उनले सुनाईन् ‘हेर्दा फुस्को जस्तो देखिएपनि असाध्यै बलियो र बैज्ञानिक हुने रहेछ । घाममा सित्तल हुने जाडोमा न्यानो ।’

तपाइँको प्रतिक्रिया