यस्तो आश्वाशन दिएर जितेका थिए एन आर एन बेल्जियमको चुनाव, के पुरा गरे ?
बिदेशका नेपाली हाम्रा नेतालाई गाली गर्न पाए १२ हात माथि उफ्रिन्छन् । तर उनीहरुपनि पाएसम्म अक्स्तो आश्वाशन बाँड्दा रहेछन् भन्ने यहि पोस्टरले देखाउँछ । एन आर एन बेल्जियमको गत निर्वाचनमा कुनैपनि हालतमा पुरा गर्नै नसकिने आश्वासन दिएर भोट मागेछन् । के बिदेशमा बस्ने नेपालीले यस्ता आश्वाशन पुरा गर्न सक्थे ? त्यो संभव थियो ? नयाँ नेपाल बनाउने माग बेल्जियमका नेपालीले पुरा गर्न सक्छन् ? पोस्टरमा लेखिए झैं बेल्जियमबासी नेपालीको उत्थान गर्न चाहिँ सक्थे होला । तर हाँसोलाग्दो तथ्य, पोस्टरमा बेल्जियमबासी नेपालीको उत्थान भनिएपनि बेल्जियम आएका नेपालीलाई ठग्ने, मोबाईल पनि लुटिदिने, राख्न दिएको पैसो हरायो भन्दै ठग्ने शारदा अर्याल (कलेजी लुगामा) समेत त्यहि आश्वासन पोस्टरमा बाँडेर उमेदवारी घोषणा गर्नेमा छिन् ।
राष्ट्रियता, नयाँ नेपाल र बेल्जियमबासी नेपालीको उत्थान भन्ने यिनको मूल नारा थियो । राष्ट्रियताका विषयमा के कति बोले ? कहिले बोले ? बेल्जियम बसेर नेपालको राष्ट्रियताकालागि त्यहाँको सरकार, त्यहाँका नागरिकसित कहिले के कार्यक्रम गरे ? के उपति लगाए ? केहि देखिएको, सुनिएको र भोगिएको छैन । नयाँ नेपालका लागि त झन केहि हुनेनै भएन । रह्यो बेल्जियमबासीको उत्थान । के उत्थान भो बेल्जियमबासीको ? त्यहाँका नेपालीको उत्थानको लागि कुनै कार्यक्रमले योगदान गर्यो कि ? बरु शारदा अर्यालले दुख पाएर आएको नेपालीको पैसो र मोबाईल ठग्दासमेत यिनले कारवाही त के सचेत सम्म पार्न सकेनन् । नेकपा एमालेको भात्री संगठन नेपाली लोकतान्त्रिक मञ्चले संरक्षण दिएर राख्यो । तिनै ठग शारदाका पक्षमा देखिए । अब कसरि हुन्छ नेपालीको उत्थान ?
यो पोस्टरमा देखिएका मध्ये सबै त एन आर एन बेल्जियममा छैनन् । तर शिव बरुवाल एन आर एन बेल्जियमका महासचिव छन् । आफुले आश्वाशन बाँडेर जितेपछि ति पुरा गर्न खोज्नु उनको कर्तब्य हो । वा सकिएन भने कि त त्यहाँबाट राजिनामा दिनु । त्यतिपनि नसके कम्तिमा त्यहाँका नेपालीसित माफी माग्नु र आलोचित बन्नु पर्थ्यो । त्यो केहि सुन्न पाएका छैनन् नेपालीले । बरु फेरि एन आर एन बेल्जियमको अध्यक्षमा उमेदवारी दिने घोषणा नेपाली लोकतान्त्रिक मञ्चको तर्फबाट गरिएको छ ।
अर्का त भैहाले अर्जुन श्रेष्ठ । उनी एन आर एन बेल्जियमको आइसिसि सदस्य छन् । उनको त झन अन्तर्राष्ट्रिय सम्योजन सम्म मिलाउने । तर यिनको भूमिका पनि देखिएकै छ । गत मार्चमा नेपाल आदिबासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा मैमाथि आक्रमणको प्रिष्ठभूमी तयार पार्ने मध्येका एक थिए भनिन्छ । र त्यो कार्यक्रम भाँड्न हुलदंगा मच्चाउन भूमिका खेलेका हुन् भनिन्छ । त्यो बेला आ इ सिसी सदस्यका हिसावले उनले बोलेको बचन पुरा नहुनु, त्यसपछि उनले कमजोरी भएको महसुस नगराउनु, त्यसका बारेमा एक शब्द नबोल्नु अहिलेसम्म, एन आर एन बेल्जियममै भएकाले संस्थागत रुपमा कुनै जिम्मेवारी नलिनुले उनको संलग्नता थियो भन्ने आधारलाई बल मिल्छ । अनि कहाँबाट यस्ता आश्वाशन पुरा हुन सक्छन् ।
पिटपाट, गोदागोद, हुलदंगा मक्चाउने, पुरुष डनले नसकेपछि महिला डन तयार पार्नेहरुले के नेपालीको उत्थान गर्न सक्छन् ? कस्तो हुन्छ त्यस्ताले बनाउने नयाँ नेपाल ?
आफुले बोलेका, बाँडेका अश्वाशन पुरा हुनु पर्दैन ? नसके माफी माग्नु, महसुस गर्नु पर्दैन ? निर्वाचनको बेला जसले जे आश्वाशन बाँड्ने, लोभ्याउने, नेपालीको हित गर्छु भन्दै पोस्टर बनाउने, सोझासाझा नेपालीको दिमाख भुट्न खोज्ने र निर्वाचन जित्ने । त्यसपछि के के बोलेको हो पुरा गर्नु त परै उल्टो नेपालीका कार्यक्रम भाँड्न खोज्नुनै नेपालीको उत्थान हो ? हुनत बेल्जियममा यस्ता आश्वाशन बाँड्ने धेरै छन् । अरुपनि थिए । तिनका बारेमापनि नेपालप्लसले उठाउने छ । तर त्यहाँका नेपालीले पक्कै सोध्नु पर्छ ‘यस अघि के के राम्रो काम गर्यौ ? किन दिने तिमीलाई मत ?’ अब मत दिए अझै कति डन बनाउने मन छ ? अझै कति पटक दान बोलेर नदिने बिचार छ ? अझै कतिका कार्यक्रम भाँड्ने योजना छ ?
एन आर एन बेल्जियमले के के राम्रो गर्यो त ? तलका लेखपनि हेर्नुस्
एन आर एनमा यसरि घुस्यो आधिकारिक रुपमै राजनिति
एन आर एनको सदस्यतानै खारेज गरिदिने धम्की, संस्थाको वेभसाईटपनि बेचेर खाएको आरोप
बेल्जियममा झुठको पर्दाफास जारि, जंगबहादुर शैलीमा पत्रकारलाई उर्दी
एन आर एन बेल्जियमको झुठको पर्दाफास
लौ हेर्नुस् ‘आक्रमणकारी महिला डन’ र आक्रमणको पूर्ण बिवरण





