नेदरल्याण्डको अन्तर्राष्ट्रिय अदालत अगाडी ठड्याइयो बुद्दको मूर्ति

सन्तोस न्यौपाने / हेग, नेदरल्याड

IMG_7634

नेदरल्याण्डको हेगमा रहेको अन्तर्राष्ट्रिय युद्ध अपराध अदालत अर्थात् अन्तर्राष्ट्रिय न्यायालयको पिस प्यालेस (शान्ति कक्ष) मा नेपाली गौरव गौतम बुद्धको प्रतिमा राखिएको छ । भारतले बुद्धको जन्मबारे फैलाउन खोजेको भ्रमलाई यसले चिर्ने काम गरेको छ । प्रतिमामा बुद्ध वाज बर्न ईन लुम्बिनी नेपाल (बुद्द नेपालको लुम्बिनीमा जन्मिएका थिए) भनेर लेखिएको छ । बुद्द नेपालमा जन्मिएका हुन भनेर लुम्बिनी कपिलवस्तु अभियान र एनआरएनको पहलमा शुरु भएको अभियानले सार्थकता पाएको थियो । प्रतिमा राख्ने कार्यक्रमका लागि अन्तर्राष्ट्रिय न्यायालय परिसरमा नेपालीको ठूलो घुइँचो थियो ।

DSC04886

हेगको शान्ति भवनमा बुद्ध मूर्ति स्थापना भएपछि बुद्धको जन्मस्थलका बारेमा भारतले गरेको प्रचारलाई एक ढंगले चिर्ने काम भएको छ ।

IMG_7583

भारतले लुम्बिनी नजिकको भारतीय क्षेत्रमा नक्कलि लुम्बिनी क्षेत्र खडा गर्ने, बुद्द भारतका हुन्, भारतमा जन्मेका हुन् भनेर अन्तर्राष्ट्रिय जगतमा प्रचार गरि झुठो भ्रम छर्ने काम गर्दै आएको छ । त्यो भ्रमलाई यो बुद्दको प्रतिमा स्थापनाले चिर्ने काम गर्ने छ । यसबाट धेरै नेपाली खुशी छन् ।

IMG_7637

भारतले बुद्ध जन्मस्थलबारे अनावश्यक विवाद गरेकोमा त्यसलाई चिर्ने काममा लागेका नेपाली मात्रै होईन, बुद्धको मूर्ति राखिएको अन्तर्राष्ट्रिय युद्ध अपराध अदालतका न्यायाधीश पनि निकै खुशी देखिन्थे । शान्तिको क्षेत्र मानिने अन्तराष्ट्रिय न्यायालयमा बुद्धको मूर्ति राख्ने कुरालाई पनि उनीहरुले शान्ति स्थापनाका रुपमा लिएका छन् ।

DSC04850

हेगमा बुद्धको मुर्ति स्थापनाले बुद्धका बारेमा भ्रम चिर्न सहयोत पुगेको छ नै ।  यसले नेपालीको स्वाभिमानलाई पनि उँचो पार्ने काम गरेको छ ।

तपाइँको प्रतिक्रिया