होटेलको महँगो कोठा छोडेर कार्यक्रम हुँदाहुँदै ङ्वार ङ्वार

switzerland-nrn-conference

विश्वभरिका नेपाली भेला भएका छन् स्विजरल्याण्डमा । संयुक्त लगानीको चर्चा छ । गूटबन्धि भो । राजनिति भो एन आर एनमा भन्ने कडासित चर्च परिचर्चा छ । एन आर एनलाई सुद्दिकरण गर्नुपर्ने आवाजपनि उठेको छ । यसैमा भाग लिन भनेर काम छोडेर आएका छन् । हजारौं युरो वा डलर खर्च गरिगरि । स्विजरल्याण्ड जस्तो महँगो देशका महँगा होटेल बुक गरेका छन् । उता होटेलमा पैसा तिरेर कोठा खालि बसेका छन् । यता हलमा हेर्नुस् त कार्यक्रममा कसले के बोल्यो । के हुँदै छ भन्ने कोहि कोहिलाई वास्तै छैन । कोहि यसरि आर्काको घाँटीमा टाउको अड्याई अड्याइ सुतेका छन् । मान्छेको हल्ला र तालीको बिचमापनि उता महँगो होटेलको कोठा छोडि छोडि निदाउने को होला ? घाँटीमा अडेस दिएर निदाउन दिने को होला ? के चर्चा भएको थियो यस बेला ? कि यति बेला पट्यार लाग्दो भाषण दिँदै थियो कसैले ? हलमा जे सुकै बोलुन्, केहि हुने हैन भन्ने सोचेर, चाख लाग्दो केहि नभएर निदाएका हुन् सहभागि ? सम्मेलनकालागि भनेरै आउने अनि हलभित्र सम्मेलन हुँदा ङ्वारङ्वार गर्दै निदाउने । गज्जब छैन त ताल ?

तपाइँको प्रतिक्रिया