एन आर एन क्षेत्रिय भेलाको आवाज ‘गफ हैन,गरेर देखाउ’

सन्देश नेपाली / जुरिच, स्विजरल्याण्ड 

19900_10200289739590725_7194136_nगैह्र आवाशिय नेपाली संघको क्षेत्रिय सम्मेलन अहिले स्विजरल्याण्डको जुरिच शहरमा भैरहेको छ । अन्य वर्ष भन्दा यो पटकको भेला भिन्न देखिएको छ । यो पटकको सम्मेलनमा एन आर एनलाई ‘गरेर देखाउन’ सहभागिहरुले चुनौति दिएका छन् । नेपालमा लगानी सुरक्षित छैन भन्नेहरुलाई गतिलो जवाफ दिँदै नेपालमा लगानी गरिरहेका उद्दोयोगीहरुनै संलग्न भएर ‘नेपालमा लगानी गर्न उपयुक्त बेला भएको भन्दै चुनौति दिए । सधैं एन आर एनहरुले लगानीका चर्का चर्का गफ हाँक्छन् । तर कामको नाममा माखोपनि मार्दैनन् भन्ने गुनासो हुन्थ्यो । यो पटक विश्वका बिभिन्न मुलुकबाट आएका प्रतिनिधीहरुलेपनि एन आर एनले लगानी गर्नुपर्ने विषयमा दह्रोसित आवाज उठाएका छन् । स्वदेशमै लगानी गर्नेहरुलेपनि त्यसमा दह्रो जवाफ दिएर एन आर एन एनलाई लगानी बढाउन दबाब दिएका छन् ।

सरकारले त जस्तोसुकै परिस्थिति स्रिजना भएपनि लगानी असुरक्षित छ भन्ने कुरो भएन । सुरक्षित छ । मैत्री छ । उध्योगी ब्यापारीकै पक्षमा छ भनिहाल्छ । त्यसैले स्विजरल्याण्डका नेपाली राजदूत शंकर वैरागीलेपनि नेपालमा लगानीको लागि नितिगत रुपमा गतिलो वातावरण बनेको बताए । त्यसलाई कतिले पत्याउने ?

तर नेपालमै लगानी गरिरहेका उध्योगी, ब्यवशायीहरुलेनै अहिले नेपालमा लगानीकोलागि उपयुक्त वातावरण बनेको हाकै बताएर गैह्र आवाशिय नेपालीहरुलाई लगानीको लागि दबाब दिए । उध्योगी राजेन्द्र खेतान त्यस मध्येका थिए । उनलेपनि नेपालमा लगानीको कुरो गर्‍यो कि एन आर एनले गफ हाँक्ने तर काम नगर्ने अवस्था नरहेको । अब नेपालमा लगानी गर्न सुरक्षित रहेको हाकै बताए । उनले एन आर एनले बिद्दुतका क्षेत्रमा मात्रै नभएर अन्य आधा दर्जनजति क्षेत्र छानेर लगानी बढाउन सुझाव दिए ।

नेपाल पूर्वाधार बिकाश कम्पनीका अध्यक्ष कुसकुमार जोशी जो पहिले नेपाल उध्योग वाणिज्य महा संघका अध्यक्षपनि भैसकेका हुन् । उनले त झन नेपालमा अहिले लगानीका लागि यो र त्यो नाममा सरकारलाई दोष दिने ठाउँनै नभएको हाकै बताइदिए । एन आर एनले लगानीको प्रसंग झिक्यो कि सुरक्षित छैन, निति गतिलो छैन भनेर पन्छिनेहरुलाई गतिलो जवाफ दिए । एक दशक भन्दा बढि समय भैसकेको एन आरएनलाई गफ गर्ने होइन लगानी गरेर देखाउन उनले चुनौति दिए । नेपालमा लगानी गरेर आफुहरु सफल भएको र एन आर एनले लगानी गरेपनि सफल हुने तर्क गरे ।

यो सम्मेलनले अन्य वर्ष भन्दा अलि भिन्न प्रस्ताब युरोपमै पनि लगानी गर्न सकिने भनेर ल्याएको छ । एकै जनाले युरोपमा लगानी गर्न सहज छैन । त्यो क्षमता नेपालीको नपुग्नपनि सक्छ । तर युरोपका धेरै नेपाली मिले युरोपमै संयुक्त लगानी गरेरपनि सफल हुन सकिने प्रस्ताब एन आर एन युरोपका संयोजक कुमार पन्तले पेश गरेका छन् । उनको यो प्रस्तावले अब ‘नेपालमा लगानी गर्न सुरक्षित छैन’ भन्दै पन्छिने र आलोचना गर्नेहरुलाई चुनौति दिएको छ । किनभने जसलाई नेपाल असुरक्षित लाग्छ उसले अब युरोपमैपनि लगानी गर्न सक्ने छ । पन्तले युरोपमै होटेलको क्षेत्रमा संयुक्त लगानी गर्न सकिने प्रस्ताव पेश गरेका छन् । युरोपका बिभिन्न मुलुकमा होटेलमा लगानी गर्दा सुरक्षित हुने । मुनाफापनि राम्रोसित रहने प्रस्ताव उनले पेश गरेका छन् । उनको प्रस्तावमा युरोपमा तारे होटेल बनाएर नेपालीले संयुक्त रुपमा ब्यवशाय गर्न सक्ने र त्यो सफल हुने उल्लेख छ ।

यो पटकको सम्मेलनमा अन्य सम्मेलनमा भन्दा नेपालमा लगानीका लागि अलग तरिकाले सहभागिहरु प्रस्तुत भएका छन् । नेपालमा लगानी गर्न असुरक्षित भन्नेहरुकालागि नेपालमै लगानी गरेर सफल भएका ब्यवशायीले सुरक्षित रहेको दाबी गरेर चुनौति दिएका छन् । उता नेपालमा लगानी गर्न मन नलाग्ने वा लगानी नगर्नकालागि आलोचना मात्रै गर्नेकालागि युरोपमै लगनी गर्न सकिने प्रस्ताव आएको छ । सहभागि धेरैले अब एन आर एनले साँच्चिनै केहि न केहि गर्नै पर्ने भनेर तिब्र नैतिक दबाबपनि परेको छ । अब भोली अन्तिम दिन एन आर एनले कस्तो घोषणापत्र जारि गर्छ । के कस्ता निर्णय सार्वजनिक गर्छ त्यसले एन आर एनको गर्छ त्यसलेनै एन आर एनको आगामी दिशा निर्धारण गर्ने छ । खासगरि लगानीका क्षेत्रमा ।

(फोटो- स्विसनेपाल डटकम बाट तानिएको हो)

तपाइँको प्रतिक्रिया