एन आर एन छैठौं भेला र आयोजक देशकै अपारदर्शी काम

सन्देश नेपाली / स्विजरल्याण्ड

6th_nrna_europeanmeetingयहि जुन २२ र २३ को एन आर एन ए छैंठौ यूरोपियन क्षेत्रिय भेलामा नाम चाहने र आगामी असोज काठमाण्डौमा हुनलागेको चुनावका लागि अग्रसर हुने महान व्यक्तिहरुको उपस्थित हुने छ । गत बर्ष आम्स्टाड्रममा भएको मिटिंगले पनि केहि नाप्न सकेन । प्रत्येक बर्ष जस्तै नाटकीय कार्यक्रम भएर सम्पन्न हुने छ जुरिचको छैठौ मिटिंग यही २२ र २३ जुनमा पनि ।

पैसा फ्याली दिए पुग्छ, स्विटजरल्याण्ड जस्तो ठाउँमा एन आर एन ए का बारे वर्णन गर्न वरिष्ट पत्रकारहरु आफ्ना नाउँ फ्याल्न तम्तयार भइ स्विस भित्रिदै छन् । के नेपालबाट यी पत्रकारहरु आउनुनै पर्ने ? किन नि ? विदेशका पत्रकारहरु कार्यक्रमका वारे समाचार लेख्न र कार्यक्रमको जानकारी गराउन असक्षम छन् ? अथवा विदेशका पत्रकारहरुको मूल्य बढ्यो ? कि युरोपका पत्रकार कार्ड मात्रै बोक्छन् तर समाचार बनाउन जान्दैनन् ? कि युरोपका पत्रकार ठूला ठालू भनिनेहरुका अघि पछि मात्रै लाग्छन् ? गल्ति कमजोरीलाई खास्टोले ढाकेर तारिफ मात्रै गर्छन् र नेपालका पत्रकार, पत्रपत्रिकाले नपत्याएका हुन् ?

हुन पनि हो !! विदेशमा बसेर पत्रकारिता गर्नेहरु सबै पार्टीगत स्वार्थका पछाडि कुद्ने धेरै छन् । ति धेरै कार्यकर्ता हुन् । संघ संस्थाका भरिया बनेका छन् । र कलम बोकेर होइन की आफ्ना फाइदाका लागी चाकडी र झोला बोक्ने वानी बसेपछि नेपालबाट पत्रकार बोलाउनु कुनै नराम्रो कुरा त होइन । हुन त पैसा नै त रहेछ यिनीहरुलाई ठुलो बनाउने । एक एक भित्रिदै छन् विदेशिएका नेपालीका नाउँमा फोहोरी राजनीतिज्ञहरु । धिक्कार छ यी फोहोरी राजनीतिज्ञहरुलाइ ।

नेपालमा राजनीति गरेर नपुगेपछि बिदेशमा पनी नछोड्ने हेतुले हिडेका यी फोहोरिहरुलाई के को लाज होस र हुन त ।

मैले बुझे अनुसार एन आर एन ए को उद्देश्य विदेशमा भएका नेपालीहरु एक जुट भएर नेपालमा केहि देन गर्ने । नेपालमा भएका गरिबी निवारण गर्ने भन्ने लक्ष्यले एन आर एन ए गठन भएको ! तर जुन अहिले एन आर एन ए ले गरेका काम हेर्दा गरिबी निवारण होइन मात्र विदेशमा भएका नेपालीहरुबाट रकम जम्मा गरि ठुला-ठुला महलमा भेला, नाच-गान र भावी दिनहरुमा पनि कसरी खर्च गर्ने भन्ने जस्ता कार्यका लागी छलफल गर्ने थलो बन्ने गरेको छ । कसरी यसलाई निरन्तरता दिने भन्ने जस्ता बारेमा पाइला चालेको हामी देख्न र बुझ्न सकिन्छ ।

उदाहरणका लागी यही २२ -२३ जुनमा यूरोपियन क्षत्रीय बैठकका लागी थुप्रै देशहरुबाट कम्तिमा २०० व्यक्तिहरुको भेला हुनेछ स्विजरल्याण्डमा । र प्रत्येक व्यक्तिको कम्तिमा १५० स्विस फ्रान्कका दरले गर्दा तिस हजार हुने छ । र कार्यक्रम गर्न जानकारी अनुसार २० हजार भन्दा बढी सहयोग उठेको उठेको छ । कार्यक्रम गर्न लागेका पूर्ण खर्च सहित गर्दा सबै मिलाई साठी हजार भन्दा बढी हुन्छ । तर यस रकम एन आर एन ए को उद्देश्य अनुसार नेपालमा सहयोग गरे कति राम्रो हुने थियो । तर यहाँ भोज भतेर र बैठकका लागि खर्च गर्ने असभ्यहरुले कसरी नेपाल बनाउँथे ?

भन्ने गरिन्छ, एन आर एन ए विदेशमा बस्ने नेपालीहरुको छाता संघठन हो । तर यो छाता संघठनले विदेशमा बस्ने नेपालीहरुलाई एकै छाता मुनि ल्याउन सकेको छैन । सुनिन्छ, जब एन आर एन विश्व भरि स्थापना भएको थिएन त्यस समय सम्पूर्ण नेपालीहरु एक जुट नभए पनि फुटेर बसेका थिएनन् । तर आज एन आर एन ए ले सम्पूर्ण नेपालीहरु मिलाउन त परै जावोस भाड्ने काम मात्रै गरिरहेको छ । विँभिन्न राजनैतिक पार्टीका कार्यकर्ताहरु संम्लग्न भएर यसलाई पनि नेपालमा जस्तो गुण्डा राजनिती गर्ने थलोको रुपमा बिकसित गराईरहेका छन् । सवै पार्टी चाहन्छन् कि एन आर एन ए मा आफ्नो पार्टीका कार्यकर्ताहरुको बाहुल्यता रहोस र राजनिती गर्न पाइयोस ।

उदारहण स्पस्ट छ । बेल्जियममा बेला बेलामा एन आर एन ए ले गरेका उद्ण्डता र विँभिन्न विवादका विषयहरु । जापानमा एन आर एन ए को चुनावका समयमा भएका झगडाहरु प्रसस्त सुनिए पनि स्विट्जरल्याण्डको एन आर एन ए पनि यो मामलामा चोखो छैन । कहि नभएको जात्रा हाडी गाँउमा भने जस्तै । एन आर एन ए स्विट्जरल्याण्डको २ वर्ष अघि भएको निर्वाचनमा अध्यक्ष बिनय श्रेष्ठ आफै मत गणना गर्न बस्नु भएको थियो । अहिलेसम्म कहिँ नदेखिएको घटना संसारमा कहि पनि अध्यक्षको उमेद्वार आफै मतगणना गर्न बसेको कहिँ देख्नु भएको छ ? यसले शंका गराउँदैन र एन आर एन ए स्विजरल्याण्डको चुनाव निष्पक्ष थिएन भनेर ?

एन आर एन ए को छैंठौ यूरोपियन क्षेत्रिय भेला स्विट्जरल्याण्डमा हुन लागेको सबैमा जानकारी छ । विभिन्न मिडिया लगायत पत्रपत्रिकामा समाचारहरु पनि आइरहेका छन् । तर एन आर एन ए स्विट्जरल्याण्डको आफ्नो आधिकारिक वेब साइड www.nrn-switzerland.org लामो समय देखि बन्द रहेको छ । कार्यक्रमका जानकारी केहि ब्यक्ती विषेशलाई मात्र पठाइएको छ । एन आर एन ए स्विट्जरल्याण्ड आफै आयोजक राष्ट्र भएको नाताले पनि आफ्नो आधिकारिक वेब साइडमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउनु पर्ने हो । हुन लागेको कार्यक्रमका अप्डेट गर्नु पर्ने हो । तर सो संस्थाको आधिकारिक वेब साइड संचालनमा नल्याइ सम्पूर्ण एन आर एन ए मा भाग लिन आउन लाग्नु भएका सहभागीहरुलाई गुमराहमा पार्ने काम र लापर्वाही गरिरहेको कम्तिमा स्विजरल्याण्डवासीले देखेका छन् । आफ्नै देशभित्र पारदर्शी हुन नसक्ने संस्थाले आयोजना गर्न लागेको छैंठौ यूरोपियन क्षेत्रिय भेलामा लापर्वाही कसो नहोला त ? सम्पुर्ण एन आर एन ए हरुले यसलाई खोज्नुपर्छ । आवाज उठाउनुपर्छ । सहभागिअह्रुलेपनि त्यसलाई सुधार्न तयारि गर्नुपर्छ । हेरौ अझै बिस्तृत जानकारी छैठौं यूरोपीएन भेला पछि थाहा हुने छ । तर छैठौं भेलाका बारेमा अहिलेनै टिप्पणी गर्नु चहैँ हतार हुने छ ।

 

तपाइँको प्रतिक्रिया