साउदी अरबबाट नेपाल फर्किन लागेका तिन महिलाको दर्दनाक कहानी
● एन आर एन ए / साउदी अरब
सायदी अरबबाट तिन नेपाली चेली रुँदै घर फर्किँदै छन् । उक्त तिनै जना महिला १८ जुन २०१३ रियाद बाट बिहान दुबइ सार्जहा हुँदै बेलुका ८:४५ बजे बेलुका काठमाण्डौ पुग्दैछन । साउदी अरबको बिभिन्न शहरबाट नेपाली दुताबासमा रहेको सेल्टरमा उद्दारको पर्खाइमा रहेका मध्ये ३ जना पीडित महिलाहरूलाई टिकटको ब्यबस्था गरिदिन नेपाली दुताबसबाट अनुरोध गरे मुताबिक एन आर एन ए को महिला उद्दार कोषबाट २,०८५.७५ साउदी रियाल कोषबाट खर्च गरी टिकटको ब्यबस्था गरिदिएको छ । टिकट पाउने पीडित महिलाहरु – संगिता मार्दी, लीलादेबी राजबंशी र पार्वती बि.क. हुन ।
यी तीन जना पीडित महिलाहरूका पीडा भने बेग्ला बेग्लै छन । जसमा संगिता मार्दी जिल्ला-झापा जलथलका ४० बर्सिय बिबहिता संगिता । उनी २ बर्ष ३ महिना अगाडि भारतको नयाँदिल्लीको बाटो हुँदै साउदी अरब आइ पुगेकी हुन । उनलाई नेपाल बाट दिल्लीसम्म पुर्याउने एजेन्ट (दलाल) हुन, झापा बिर्तामोडका अरुण चौधरी । पीडितले बताए अनुसार उनी हरुको ५ जनाको समुह साउदी अरबको लागि दिल्लीबाट उडेको थियो । हाल उनीसँग संपर्क नं. नभएपनि दलालको घरै चिनेको हुँदा एजेन्ट (दलाल) लाई भेट्न सक्ने बताएकी छन । संगिताले साउदी अरबमा मालिकको घरमा घरायसी धन्दा र बिरामीको स्याहार सुसार २४ सै घण्टा गर्नु परेको थियो । खाना खानपनि राम्रोसित नदिएकोले तिनमहिनापछी नै उक्त घरबाट भाग्न सफल भएकी थिइन । उक्त घर छोड्ने बितिकै रोडमा हिँडिरहँदा कहाँ जाने के गर्ने चिन्ताले सताए पछी बिकल्पको खोजिमा भौंतारिएकि थि ईन् । अत्यन्तै त्रसित अवस्थामा हिडिरहदा एक साउदीले भेटी उसैको कारमा राखेर घरमा लगेको र २ बर्ष सम्म त्यहीं काम गर्न वाध्य भएको उनले बताईन् ।
खान बस्न दिएर महिनाको ५०० सा.रि. तलब दिएको दुई बर्ष बसेपछी उक्त घर मालिकलाई घर जान्छु भन्दा ९ हजार ८ सय साउदी रियाल दिएको थियो । त्यस घरबाट हिँडेकि सिगितालाई तत्कालै एक अपरिचित साउदी केटाले कुट्दै ६ हजार सा. रि. लुटेर हिँडेको थियो । त्यस पछी फेरी अर्को साउदीले नेपाली दुताबासको ढोका अगाडि छोडेर गएको उनले बताईन् । उनीसँग बाँकी रहेको पैसापनि दुताबासको सेल्टरमा झोलामा राखेको अवस्थामा साथीले नै चोरेर लगेकोले उनी रित्तो हात बन्दै बेसहारा बनेकी हुन । उक्त चोरी गर्ने ब्यक्ती संगै बस्ने नेपाली नै रहेको र उनिहरु नेपाल गएको दुई दिन पछी मात्र थाहा भएको बाताइन् । उनले उनले गहभरी आंसु पार्दै सुनाइन “आँफै जस्तो सोचेर नहुँदो रहेछ नेपाली दिदी बहिनीहरुलाई । आफुजस्तो कोही नहुने रहेछ ।” उनले आशा ब्यक्त गर्दै भनिन् ‘तपाईंहरुको सहयोगमा नेपाल त जाने भइयो । तर छोरा छोरीलार्इ कसरि मुख देखाउने हो ?’ श्रीमान पनि बितिसकेकाले उनको जिवन सहज हुने देखिन्न । केही होलाकी भनेर बिदेस आएको तर आंफु जताततै लुटिएपछि घरमा ज्यालादारी काम गरेर दु:ख सुख चलाउने सोंचमा पुगेको उनले बाताइन् ।
त्यसै गरी अर्की महिला हुन लीलादेबी । राजबन्सी, जिल्ला मोरङ अमरदह ८ कि ३५ वर्षिया लीलादेबी भने तीन महिना अघी मात्र साउदी अरब आइपुगेकी हुन । उनी पनि भारतको दिल्ली हुँदै आएकी हुन । उनी साथीहरुको लहै लहैमा लागेर बिदेस आएको बताउँछिन् । उनीभने आफूलाई दिल्ली पुर्याउने दलाल नचिनेको बताउछिन । उनी साउदी मालिकको मनसिक यातना खप्न नसकेर उक्त घरबाट भागेर हिंडेको हिँडेकि थिईन् । बिहान् ६ बजेबाट बेलुका ९ बजेसम्म जुठो भात खाएर काम गर्नुपर्थ्यो । ३ महिना काम गरे पनि तलब नपाएकोले उक्त घरबाट भागेर बाटोमा हिड्दै गर्दा गाडी चलाइरहेको कुनै ब्यक्ति नेपाली जस्तो लागेर उनले बोलाईन् । गाडीको ड्राइभरलाई बोलाएर सहयोग गर्न अनुरोध गरे पछी उक्त ड्राइभरले ट्याक्सिमा राखेर नेपाली दुताबास सम्म ल्याइ दिएकोमा धन्यवाद दिइन ।
नेपालमा गएर चेतना फैलाउने र संपर्कमा साथीहरु आए, एन आर एन ए सस्थामा आफ्नु दु:ख पिडा राख्न लगाउने बाताइन् । उनको २ सन्तान रहेको र सन्तानको भबिश्य उज्वल बनाउने सपना पालेर साथीहरुको संगतमा लागेर दु:ख पाएको उनको पनि पीडा उस्तै छन । “बस्न घर त छ तर कमाइ खाने जग्गा जमिन छैन । श्रीमानले कान्छी श्रीमती भित्र्याएएपछि म पीडा सहन नसकि बिदेश हिँडे । अहिले फेरी यस्तो दुख पाए ” उनले दुख पोखिन् ।
त्यस्तै गरी अर्की पीडित महिला हुन् पार्बती बि. क. । २२ बर्षिया अबिबाहित पार्बती बि. क. कास्की पोखरा १७ बिरौटाकी हुन् । उनलाई साउदी अरबको रियाद भन्दा झन्डै १२ सय कि.मी. टाढा आब्बा खमिस भन्ने ठाउँबाट गत २४ अप्रिलमा उद्धार गरिएको हो । उद्धार कार्यमा एन आर एन ए महासचिव जैबी राईको पहलमा नेपाली जनप्रगतिशील मन्च साउदी अरबको सकृयतामा उद्धार कार्य सफल भएको हो । उद्धार कार्य अब्बा खमिसमै कार्यरत शम्भुराज भट्टको सकृय सहभागिता, जैबि राईको समन्वय र नेपाली राजदुतावासको कानुनी सहयोगमा सम्पन गरिएको हो । शम्भुराज भट्टले कम्पनीबाट छुट्टि लिएर कम्पनीकै गाडि प्रयोग गरी १२ घन्टाको निरन्तर यात्रा पछि नेपाली राजदुतावास समक्ष पीडित महिलालाई बुझाउनु भएको थियो । उनी पनि १ बर्ष अगाडि भारतको नयाँ दिल्ली हुँदै साउदी अरब आइ पुगेकी हुन ।
उनलाई आफ्नै दाजुले साथी मार्फत दलाललाई संपर्क गराइ बिदेस गए पछी पैसा धेरै कमाइ हुन्छ भन्ने लोभ देखाएका थिए । त्यहि लोभमा लालयित भएर बिदेस हिंडेको बताउछिन । उनले साउदीको घरमा ७ महिना काम गरेको जम्मा २४ सय साउदी रियाल तलब पाएकि थिईन् । त्यस पछी तलब नपाएको र बिमारी हुँदा पनि उपचार नगराएको उनको गुनासो थियो । घर जान्छु भन्दा “तँ घर जान पाउँदिनस्, यही मर्नु पर्छ” भन्दै साहुले धम्काउने गरेको थियो । समयमा खाना नदिएकोले नै आफु बिरामी परेको, साउदीले मनसिक यातना अझै बढी दिन थाले पछी त्यसै घरमा काम गर्ने घरको ड्राइभरलाई सहयोग गर्न अनुरोध गरेपछी अर्कै नचिनेको ड्राइभरलाई संपर्क गराइ उक्त घरबाट उनी भाग्न सफल भएको बाताइन् । उनी भागे पछी तिनै ड्राइभरको सहयोगमा अर्को कुनै साउदीकै घरमा खान बस्न दिएको आंफुले उक्त घरमा पनि काम गरेको तर कुनै तलब नदिएको बताइन् । नेपालमा आफन्तलाई पहिले नै जानकारी गराइसकेकोले आफन्तले साउदीमा चिने जानेको ब्यक्तिलाई आफ्नो संपर्क नं. दिएर यहाँ सम्म आउन सफल भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् । उनले अड्डि कसिन् ‘अब नेपाल गएर आफुलाई बिचल्लिमा पार्ने दलाललाई खोजि गर्छु ।” तर आफ्नु दाजु मोटरबाइकमा दुर्घटना परी मरीसकेको हुँदा कठिन हुने उनले बातएकी छिन । उनी अब नेपाल गएर बिदेस भन्ने नामै नलिने बताउँछिन ।
उपरोक्त जानकारीहरू लिन एनआरएनए साउदी अरबका उपाध्यक्ष डोर बहादुर कार्की र महासचिव जैबी राइ सुस्तरी नेपाली दूतावास रियादस्थित पीडित महिलाहरूको आश्रयस्थलमै पुग्नुभएको थियो । तिनैजना पीडित महिलाहरूसंग एनआरएनए साउदीकी महिला प्रतिनिधी (सदस्य) उषा के.सी.ले पनि टेलि सम्वाद गर्नुभएको थियो । यसरी नव निर्बाचित एनआरएनए एनसिसी साउदी अरबले यी ३ जना नेपाली महिलाहरूको उद्धारबाट आफ्नो सामाजिक कार्यको शुभारम्भ गरेको छ ।
यस अघि पनि एनआरएनए साउदी अरबले २५ जना पीडित महिलाहरूको स्वदेश फिर्तीका लागि हवार्इ टिकट उपलब्ध गराइसकेको छ । साउदीमा हाल आममाफीको बेला छ । तर यहां रहेको हजारौं घरेलु महिला कामदारहरू यो आममाफीबारे बेखबर छन । त्यसैले प्राप्त अवसरबाट बञ्चित रहने देखिएको छ । फाट्टफुट आइरहने यस्ता पीडित महिलाहरू यतिखेर करीब ६० जना दूतावासको सेल्टरमा छन भने जेद्धाबाट अन्य १९ जना महिलाहरूले स्वदेश फर्किनका लागि आउटपास फारम भरेका छन् । ति पीडित महिलाहरूको नामावली सहितको जानकारी एनआरएनए एनसिसीका पुर्ब सदस्य कृष्ण पोखरेलले दिनुभएको छ । जेद्धा र रियाद बिचको भौगोलिक दूरी करीब १२ सय कि.मी.को रहेकाले यी १९ जनालार्इ जेद्धाबाटै स्वदेश फर्काउने कोशिसमा छ दूतावास । यदी त्यसो सम्भव नभए रियाद ल्याएरै भए पनि नेपाल फर्काइने दूतावासले जनाएको छ ।
(यस अघि यस्तै यातना भोगेर नेपाल फर्किँदै गरेका तिन चेलीको फोटो द काठमाण्डु पोष्टबाट लिईएको हो)





