नेपाली कांग्रेस बेल्जियममा कुटपिट पछि बखेडा

solidaritynews_image_large_11635नेपाली जनसम्पर्क समिती वेल्जियमको निर्वाचन आइतवार भएको थियो । मत गणनाको क्रममा दुई पक्षबिच मारापिट गरेका थिए । गंगाधर गौतम पक्षधरले कूटपिट गरेको आरोप लगाउँदै प्रेम वहादुर गुरुङ्ग समुहले मतगणना केन्द्र छोडेका थिए । धाकधम्की, डर त्रास र कूटपिट गरेर मत आफ्नो पक्षमा पारेको भन्दै गुरुङ पक्षले त्यो मत गणना नमान्ने बताएर बहिष्कार गरेका थिए । नेपाली जन संपर्क समिती नेपाली कांग्रेसको भात्री संगठन हो ।

उता प्रेम गुरुङ्ग समृहवाट एक विज्ञप्ती पनि जारी गरिएको छ । समूहले मत गणना बहिस्कार गरेपछि जारी गरेको बिज्ञप्ती हेर्नुस् । यसको भित्रि खबर नेपालप्लसले छिट्टै सार्वजनिक गर्ने प्रयास गर्ने छ

नेपाली जनसम्पर्क समिति बेल्जियमको मिति ०२ जून २०१३ का दिन हुनगैरहेको तेश्रो महाधिवेशन मा प्रवेश गर्दै गर्दा देखिएका केहि असभ्य अराजक दृश्यहरुले हामीलाई पूर्व अनुमान गर्न बाध्य बनेको थियो । निर्वाचन स्थलमा निर्वाचन संयोजक द्वारा मतपत्रको नमुना हामीलाई नक्कली र अर्को पक्षलाई सक्कली नमुना मतपत्र वितरण गरिएको अवस्था थियो र यस सम्वन्धमा पटक पटक सच्चाउनका निमित्त आग्रह पनि गरिएको थियो । त्यस्तै हाम्रो पक्ष बाट निर्वाचन निस्पक्ष रुपमा सम्पन्न गराउन जीम्मेवार साथीहरु बाट अथक प्रयास गर्दागर्दै पनि त्यहाँ भित्र देखिएका फर्जी मत हाल्ने त्यसलाई मुचुल्का उठाउदा खेरी खसेको मत भन्दा १० मत सम्म माथि हुन सक्छ भनि मुचुल्का उठाउन लगाउने, महाधिवेशमा बन्दसत्रमा प्रवेश नै नगरीकन देखावटी रुपमा सजीसजावट मंच मा केहि आसन र भाषण का कार्यक्रम भै रहदा सभापतित्व गरेको सभापतिनै मंच छोडेर चुनाव कब्जा गर्ने नियतले निर्वाचन समितिलाई घेरामा हाली एक पक्षीय मतदान गराउन लाग्नु आफैमा लज्जास्पद र निन्दनीय पक्ष थियो । यसरी हुदै गईरहेको तेश्रो महाधिवेशनका ईमान्दार कांगेसका सीपाहिहरुले सोचेका थिए ।

अव बेल्जियममा हिजोको तिक्तता सबै मेटीई पार्टी सुद्रिढ र एकताको लागी योमहाधिवेशनलाई ऐतिहासिक पर्व हुने बिश्वास गरिएको थियो । लोकतन्त्रका पक्षधर हामी बिधि र बिधान नीति र नियम अनुसार चल्नु पर्छ भन्ने सिद्धान्त लाई अनुशरण गरीअगाडी बढ्दै गर्दा त्यहा देखिएको परि दृश्यले लाग्थ्यो यो महाधिवेशन २०३६ सालमा सुर्य बाहादुर थापाले गरेको निर्वाचनको पुनरावृति हो । यति हुदै गर्दा पनि लोकतान्त्रिक मूल्य र मान्यतामा बिश्वाश गर्ने तमाम बेल्जियम काग्रेसका सच्चा सिपाहीहरु आत्मघाती बिष पिउदै संगठन लाई बचाउन जस्तो परिणाम आएपनि स्वीकार्ने गरि मतदान प्रक्रियालाई अन्तिम टुंगो मा पुर्र्यायौ ।

मतदान पश्चात मतगणना को लागी नेपाली काग्रेसका क्रियाशील सदस्य बिनोद धितालको रेस्टुरेन्ट लान्गेत्रापेनमा मतगणना सुरुगर्ने क्रममा आचार संहिता बनाउने क्रममा निर्वाचन संयोजकले खसेको कुल मत भन्दा १० मत बढी लाई मान्यता दिने प्रस्ताव ल्याउनु कतिसम्म धाधली रहित चुनाव सम्मपन्न भए होला भन्ने आफैमा सहज अनुमान लगाउन सकिन्छ । तथापी हामीले मतगणना लाई अगाडी बढाई २१५ मत गणना हुने बेलासम्म अध्यक्षमा प्रेम गुरुङ ले ११ मत ले अग्रता लिएपछि सुनियोजित रुपमा सस्थाका अध्यक्ष गंगाधर गौतमले मादक पदार्थ सेवन गरेको बहानामा मतगणना स्थलमा प्रवेश गरी ईतर पक्षका प्रतिनिधिहरु लाई जथाभावी अपशब्द प्रयोग गर्दै हातपात सुरु गरेपछि त्यहा रहेका जेम्मेवार साथीहरुले सम्झाई बुझाई बाहिर निकाल्न खोज्दा उल्टै भौतिक आक्रमण गरेपछि बातावरण अनियन्त्रित हुन पुग्यो । हाम्रा मतगणनामा रहेका प्रतिनिधिहरुलाई ज्यान जोगाउन मुश्कील देखिए पछी त्यहा रहेका प्रतिनिधि हरु भाग्न बाध्य भएका थिए मतगणना स्थल युद्ध भुमिमा परिणत भई मतपत्रहरु यत्रतत्र छरिएका थिए ।

अध्यक्ष गंगाधर गौतम सहित उनको समुहले आफ्नो निच हर्कत प्रस्तुत गर्दै आफ्नो ताण्डव नृत्य प्रस्तुत गरेपछि स्थिति नियन्त्रणमा लिन बेल्जियम प्रहरीको सहायता लिनु परेको थियो । त्यस अवस्था सम्म मतगणना स्थगनको लागी कुनै पनि प्रक्रिया नअपनाई बिना मुचुल्का हामि बाहिरिनु परेको थियो । तत्पश्चात निबर्तमान अध्यक्ष तथा महासमिति सदस्य ईन्द्र क्षेत्री ले हार र जीतको जीम्मेवारी म लिन्छु मत गनौ भन्दा मतगणना स्थगित भयो भनेर उहा त्यहा बाट हिडे पछी गरिएको मतगणना मान्न सक्ने आधार छैन ।

यसरी मतगणना स्थल छाडेर हाम्रा प्रतिनिधिहरु बाहिरिएपछी सुनियोजित तरिका बाट बुथ कब्जा गरि एकलौटी ढंग बाट गरिएको गणना आम बेल्जियम कांगेसका लागी मान्य हुन् सक्दैन । लोकतान्त्रिक पार्टी मा भित्रिएको यो तानासाही प्रबृति कथापित क्षमा योग्य छैन । यो अन्यायको बिरुद्धमा हामी बिना सम्झौता आम कांग्रेसजानका हितका लागी सदैव लडिरहने छौ । र यो प्रवृतिको खलनायक गंगाधर गौतमलाई यथाशिघ्र पार्टी ले अनुशासनको कारवाही नगरे सम्म बेल्जियम कांग्रेस कहिल्यै स्वच्छ बन्न नसक्ने हाम्रो ठहर छ । अन्तमा हाम्रा होनाहार नेपाली कांग्रेस का क्रियासिल सदस्य बिनोद धिताल ज्यूको रेष्टुरेन्ट मा गुन्डागर्दी मार्फत हुन पुगेको भौतिक क्षती प्रति हामी गहिरो दुख व्यक गर्न चाहन्छौ । जय नेपाल ।

नेपाली जनसम्पर्क समिति बेल्जियम सस्थापक अध्यक्ष:- श्री ध्रुव राज पौडेल

नेपाली जनसम्पर्क समिति बेल्जियम भू पू अध्यक्ष :- ईन्द्र क्षेत्री ‘पकवान’

नेपाल तरुण दल पूर्व केन्द्रिय उप-प्रमुख:- सीता सापकोटा

नेपाल तरुदल पूर्व केन्द्रिय सदस्य:- उल्का घिमिरे

संरक्षक नेपाली जनसम्पर्क समिति बेल्जियम:- जानकी गुरुङ

ओम शर्मा
प्रेम ब. गुरुङ
माधव सापकोटा
रमेश सापकोटा
विजय मल्ल
पूर्ण तिमल्सेना
बिष्णु सापकोटा
नरहरी सापकोटा
राम प्र ढुंगाना
रबिन्द्र घले
दिलमाया शर्मा
हेमराज सापकोटा
सन्तोष न्यौपाने
रबिन पण्डित

०३ जून २०१३ ।

 

तपाइँको प्रतिक्रिया